परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

बाँदर जातीका विशेषता

फरक नजर

Monkey at Batu Caves in Malaysia.

हामी मानिसलाई पनि बाँदर जातको निकट प्राणी मानिन्छ । स्तनधारी र कतिपय हाउभाउ, वानी व्यहोरा एकैजस्तो भएकोले हामीलाई बाँदरका सन्तान भनिएको हुनसक्छ । तर, अहिले आएर बाँदर प्रजातिबाट विकसित भएर आधुनिक सभ्यतामा मानिस बनेका मानव र बाँदर जातमा धेरै अन्तर भइसकेको छ ।

अंग्रेजीमा प्राइमेट नाम दिएको यो जाती आफूलाई कति सर्वश्रेष्ठ बनाउन चाहन्छ भन्ने कुरा नामैले बताउँछ । प्राइमेटको ल्याटिन अमेरिकिन अर्थ पहिलो दर्जा वा पहिलो श्रेणी हुन्छ । अर्थात उ आफूलाई स्तनधारी प्राणीहरुको कमाण्डर ठान्छ ।

उत्पतीको विकासक्रममा सबैभन्दा छिटो विकसित प्राणी भनेर यो जाती दर्ता भएको छ । तरपनि उत्पती विकासक्रमा छिटो अगाडि को बढयो, माछा, चरा वा अन्य ?

तर, लाखौ वर्ष अघि शुरु भएको उत्पतीकालको खोजमा निरन्तर वैज्ञानिक खोज अझै अन्तिम निचोडमा पुगिसकेको छैन ।

दुई प्रमुख हाँगा
प्राणी विज्ञहरु वाँदर जातीलाई दुई वर्गमा छुटयाउँछन् । एउटा प्रोसिमियन्स, अर्को सिमियन्स । मेडागास्करमा पाईने लेमुर लगायतका रुखमै बस्ने तर नेपालमा देखिने बाँदर भन्दा फरक रुप र आकार प्राणीहरु प्रोसिमियन्स वर्गमा पर्छन । नेपाल लगायतका देशमा पाइने बाँदरहरु, गोरिल्ला र मान्छे सिमियन्स वर्गमा पर्छन । तर, अहिले प्राणी विज्ञहरु यिनलाई सुख्खा र टल्कने नाक हुने भनेर फरक छुटयाउन थालेका छन ।

विकसित मगज
सबैभन्दा महत्वपूर्ण, अन्य स्तनधारीको तुलनामा यो प्रजातीमा मगज चेतनशील हुनुको साथै अकारमै पनि ठुलो छ । हुनत, अन्य स्तनधारी भन्दा बाँदर जातीका अरु पनि थुप्रै एकदम फरक चरित्रहरु छन । आफूलाई आवश्यक सूचना आदानप्रदान गर्न यो विकसित मगजले उनीहरुलाई सघाउँछ । लामो पुच्छर, तिखो नजर, बलियो पाखुरा यिनका अन्य विशेष चरित्र हुन ।

उत्पती युग
हुनत बाँदर जातीलाई आदिम युगको उत्पतीमा लिने गरिएता पनि यस्को वैज्ञानिक पुष्टिमा भने मत मताान्तर छ । तर, यस्को उत्पती क्रेटासियोस युगको मध्यदेखि अन्ततिर भएको मान्यता छ ।

सामाजीक प्राणी
बाँदर जातका प्राणीहरु अत्यन्तै समाजिक हुन्छन । यिनीहरु परिवारमा बाँच्छन । आमा, बुवा र वालवच्चा समेत परिवार हुन्छ । समुदाय बनाउँछन् । झुण्ड झुण्ड भएर हिड्डुल गर्छन । प्रतिरक्षात्मक हुन्छन । आमाले बालबच्चा स्याहार्ने काम गर्छन । मातृसतात्मक वा पितृसतात्मक दुवैखाले हुन्छन । तर, सबै वाँदर जातीमा दया र करुणा पाईदैन । कुनै प्रजातीका बाँदरले एकआपसलाई दुख दिने र मार्ने समेत गर्छन । कोही त अन्य समुदायका नवजात शिशुहरुको हत्या गर्न समेत तम्सन्छन् ।

कौशलता
हुनत, प्राणीहरुमा जीवन निर्वाह गर्ने अनेक कौशल छन् । जस्तो कि चराका प्रजातीहरु नपत्याउदो गरी आफ्ना गुँढ बनाउँछन । टोढ्कामा घर बनाउँछन् । रुखमा आहारा खोज्छन् । बाँदर जातमा त यो अझ धेरै छ । उनीहरु आफ्नो हात खुट्टाको राम्रो उपयोग गर्ने क्षमता राख्छन । झन चनखो दिमाग उनीहरुको मुख्य आधार भएको छ । त्यसमा पनि बाँदर जातका प्राणीहरु ढुगां, लठी, रुखका पातहरुलाई पनि औजारका रुपमा प्रयोग गर्छन् । त्यसमा पनि मानिसले आधुनिक सभ्यताको निर्माणका लागि गरेको कौशलको त कुनै सिमा नै छैन ।

प्रजनन् सीमा
बाँदर जातका प्राणीमा भएको विकसित मगजका कारण प्रजनन् दरमा समेत प्राकृतिक नियन्त्रणले काम गरेको छ । हामी मानिसको झैं, उनीहरुको पनि एकपटकमा एउटा मात्रै सन्तान जन्मने गर्छ । नवजात शिशुलाई आमा बुवाले पर्याप्त स्याहार सुसार गर्ने गर्छन् । जस्को कारण जनसंख्या नियन्त्रण प्राकृतिक रुपमै हुने गर्छ ।

सर्वहारी
बाँदरजातका प्राणी शाकाहारी र माङ्साहारी दुबै हुन्छन् । जस्को कारण पनि उनीहरु हरेक परिस्थितिमा बाँच्न सक्ने भएका हुन । उनीहरु फल, पात, किराफट्यांग्रा खान्छन् । कोही भने पूर्ण रुपमा शाकाहारी छन, मेडागास्करमा पाइने लेमुरका केही जाती त्यस्ता छन् । साथै, यिनीहरु आफैं पनि अन्य प्राणीको आहारा बन्न सक्छन । केही देशका मानिसहरु पनि बाँदरको मासु खाने गर्छन् ।

स्रोतः विभिन्न सामग्रीहरु

Facebook Comments