परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

अब कथा सुन्ने पालो हाम्रो

प्यारो छोरा,
म अहिले धुलिखेलस्थित काठमाडौँ बिश्वविद्यालयको एउटा कोठामा बसेर यो पत्र लेख्दैछु । तिमी अर्को कोठामा आफ्नै धुनमा छौ । म आफू तिमीजत्रो हुँदा र उच्चशिक्षाका लागि विश्वविद्यालय प्रवेश गर्न लाग्ने ताकाका अनुभुतिहरू स्मरण गर्ने कोशिस गरिरहेको छु । कल्पिरहेको छु, जतिबेला म आफ्नो गन्तव्य खोज्दैथिएँ, त्यतिबेला यो विश्वविद्यालय स्थापित हुँदै थियो । म तिमीजत्रो हुँदा यसका संस्थापकहरू मजस्ता युवाहरूलाई आकर्षण गर्न यही परिसरमा दिनरात पसिना बगाउँदै थिए ।

त्यसबेलाको मेरो पुस्ताका लागि खुलेको यो संस्थामा पढ्ने मैले कल्पना पनि गरेको थिइनँ । जतिबेला गुणस्तरीय शिक्षाका लागि विदेशिन खोज्ने युवाहरूलाई स्वदेशमै शिक्षा दिन यो विश्वविद्यालय बामे सर्दै थियो, म आफ्ना पेवा अदुवा र कुखुरा बेचेर जम्मा भएको पैसा लिएर नजिकको शहरमा स्थित सामुदायिक क्याम्पसमा आईए पढ्न गाउँ छोड्दैथिएँ ।

स्नातकोत्तर सकेपछि कर्मथलो खोज्दै काठमाडौँबाट बाहिर निस्किँदा ३०–३५ किलोमीटर पूर्व उसबेलाको उम्दा यो विश्वविद्यालमै अल्झिएँ । त्यो तिमी जन्मनुभन्दा एकवर्ष अघि थियो । त्यसपछि म यही ठाउँमा छु । हरेक वर्ष १८–१९ वर्षका किशोर–किशोरीहरूलाई स्वागत गर्दै पूरा उन्नाइस वर्ष बिताइसक्दा मलाई कहिल्यै महसुस भएको थिएन कि यस संस्थामा भर्ना गर्न चाहने हजारौँको भिडमा एकदिन तिमी पनि हुनेछौ । त्यो यही साल परेको छ । अरू बेला खासै महत्व नदिई म हेर्ने गर्थें त्यो युवाहरूको भिडलाई । यसपालि मेरो दृष्टिकोण फेरिएको छ, अनुभव अलग भएको छ । सधैंभरी पराइहरूको ठानिएको हूलमा मेरो आफ्नो सन्तान अरूका सन्तानसँगै उभिएको, घस्रिएको, चेपिएको अनि उत्रिएको पाउँदा म सबै आमाबुबाको भावनालाई महसुस गर्न थालेको छु । हजारौंको भिड अचानक आफ्नाहरूको नै लागिरहेको छ ।

अहिले लाग्दैछ, मेरो सोचाइ ठीक थिएन वा अपूर्ण थियो । मेरो विद्यार्थी मेरो घर र छिमेकमा हुर्किएको छ, हुर्कंदै छ वा हुर्किंदो रहेछ । म आफूले पूर्ण जिम्मेवार भएको दावी गर्ने क्रममा अरूलाई कम जिम्मेवार ठानिरहेको रहेंछु । तर अहिले सोच्दैछु, के मैले मेरो छोरालाई मेरै कक्षाका लागि तयार गरेको छु ? के उसले खोजेको असल शिक्षकहरूको चरित्रको कसीमा म आफैँ खरो उत्रिनेछु ? के मेरा सहकार्मीहरु उत्रिनेछन ?

त्यो भिड देशलाई र देशभित्रकै एउटा विश्वविद्यालयलाई विश्वास गरी भर्नानिहित संघर्ष पूरा गरेर आएका किशोर–किशोरीहरूको भिड हो । उनीहरूको सपनाका साझेदार हामी अध्यापक तथा कर्मचारीहरूलाई फेरि एक पटक आत्मविश्वास बढेको छ । लागिरहेको छ, नेपाल र नेपालीको मिहेनतप्रति आस्था अझै बाँकी छ यो देशमा । गुणस्तरीय गन्तव्यको खोजी देशभित्रै पनि भइरहेको छ ।

म हमेशा सोच्ने गर्छु, हाम्रो समाजले मिहेनती, जिम्मेवार र बुद्धिमान् युवाहरुको तयारीमा ध्यान र्पुयाएकै छैन । अध्ययनमा लापरबाही गर्ने र आफूप्रति जिम्मेवार नरहने एक–दुई बच्चाहरू भेटेको आधारमा भन्ने गरेको छु, आजका घरपरिवार नै सन्तानहरुप्रति जिम्मेवार छैनन् । अझ आजकलका बच्चाहरू विश्वविद्यालय स्तरको शिक्षाका लागि पूर्ण तयार पनि छैनन् ।

अहिले लाग्दैछ, मेरो सोचाइ ठीक थिएन वा अपूर्ण थियो । मेरो विद्यार्थी मेरो घर र छिमेकमा हुर्किएको छ, हुर्कंदै छ वा हुर्किंदो रहेछ । म आफूले पूर्ण जिम्मेवार भएको दावी गर्ने क्रममा अरूलाई कम जिम्मेवार ठानिरहेको रहेंछु । तर अहिले सोच्दैछु, के मैले मेरो छोरालाई मेरै कक्षाका लागि तयार गरेको छु ? के उसले खोजेको असल शिक्षकहरूको चरित्रको कसीमा म आफैँ खरो उत्रिनेछु ? के मेरा सहकार्मीहरु उत्रिनेछन ?

लगभग दुई दशकको अवधिमा कतिले प्रशंसा गरे, कतिले गाली, कतिले माया । थाहा छैन कसको खातामा के र्पयो, कसले के नाम राख्यो, कसरी कुरा काटियो । मेरो यतिञ्जेलको सुखद अनुभव यत्ति हो कि छुटपुट व्यंग्यबाहेक आफूप्रति लक्ष्यित कुनै दुखित बनाइहाल्ने टिप्पणीहरू सुन्न पाइनँ। सुन्नै नपाएकोले सुध्रिन पनि पाइनँ होला । तर आफूसँग संगत नगरेकाहरूको व्यंग्य र टिप्पणीलाई त मैले वेवास्ता नै गरिदिएको छु । जीवनमा अनावश्यक तनावबाट बच्ने एउटा उपाय यो पनि रहेछ ।

तिमी प्रवेश गरेको विश्वविद्यालय धेरै रंगहरू, धेरै संवेगहरू, अनि धेरै आवेगहरूको संगम हो । वास्तवमा विश्वविद्यालय भनेको यस्तै ठाउँ हो । अध्ययन र अनुशासनबाट थिचिएर, किचिएर, अनि मेरो उपस्थितिको आंशिक दबाबमा परेर उमेरजन्य स्वतन्त्रता नगुमाउनू । आफ्ना स्वाभाविक पाइला र पखेटाहरूलाई कुण्ठित नगर्नू । राम्रो–नराम्रो, ठिक–वेठिकको ज्ञान त तिमीलाई छोडिसकेका विद्यालयहरूले नै दिइसकेका छन् । परिवारले नै सिकाइसकेको छ । खाल्टोमा नपरी खाल्टाभित्रको दुःख थाहा हुँदैन । तर निरन्तर खाल्टोतिर पाइला लम्काउनु तिम्रै लागि राम्रो हुनेवाला छैन । यो कुरा तिमीलाई राम्रो थाहा छ ।

तर छोरा, आजसम्म मैले नसुनेको नराम्रो टिप्पणी तिमीले भिडबाट सुन्नेछौ होला । तिमीलाई नमज्जा लाग्दो हो । अनि लाग्दो हो, मेरो बाबा अध्यापक नै नभइदिएको भए नि हुन्थ्यो नि । अथवा, बाबाले काम गर्ने ठाउँमा पढ्न नआएकै भए नि हुन्थ्यो होला । तर त्यसलाई एउटा बाबुको बारेमा गरिएको नराम्रो कुरा छोराले सुनेको रूपमा नलिनू । त्यसलाई एउटा भिडको पात्रको बारेमा त्यही भिडको अर्को पात्रले सुनेको रूपमा लिनू । मैले त तिम्रा बारेमा गरिएका राम्रा–नराम्रा औपचारिक टिप्पणीहरू तिमी स्कूल जान थालेदेखि सुनेको छु । अब पनि सुन्नेछु । नयाँ कुरा, हामीले एक अर्काका कुरा सुनेर एक अर्कालाई सुनाउनु पर्नेछ ।

म शिक्षक भएर तिम्रो कक्षामा आएँ भने तिमीले मेरो कहिल्यै नदेखेको रूप देख्नेछौ । मेरा सहकर्मीहरूलाई पनि नयाँ रूपमा हेर्नेछौ । यत्तिका वर्ष अंकल र आन्टी भनिएका मानिसहरू अचानक सर र म्याम बन्नेछन् । तिमीले उनीहरूलाई दिएको श्रद्धा कि त घट्ने छ कि झन् प्रगाढ भएर जानेछ । आवासगृहमा हुर्किने क्रममा यत्तिका वर्ष खेलेका–हिँडेका खुड्किला र बाटाहरूबाट तिमी आफ्ना कक्षाकोठा, पुस्तकालय र प्रयोगशाला जान थाल्नेछौ । समग्र वातावरण अचानक नौलो र औपचारिक लाग्नेछ ।

सहपाठीहरूले तिमीलाई सोध्लान, आफ्नो बाबाको विषय किन नपढेको त ? तिमीलाई बाबाको विषय काम नलाग्ने वा कम काम लाग्ने पनि भन्न मिल्ने छैन किनभने मैले आफ्नो काममा देखाएको प्रतिवद्धता र आफ्नो विधाप्रतिको तन्मयता तिमीले झन् नजिकबाट देख्नेछौ । सोध्नेहरूलाई तिमीले भनिदिए हुन्छ, परिवारमा हरेक पुस्ता र सदस्यले अलग–अलग विधा समात्दा परिवारको सोच, वौद्धिकता र भविष्यको दिशामा विविधता आउँछ । कसैले पनि आफू जे हो आफ्नो सन्तानलाई त्यही बनाउने जवरजस्ती नगरोस् । विविधताले परिवारमा सम्भावनाहरू पनि बढाउँछ । यस्तै विविधता भएका परिवारहरूले बनेको समाज झन् बढी ऊर्जाशील हुनसक्छ । तिमी भनिदेऊ, मेरो परिवार अलग–अलग धारका मानिसहरुको संगम स्थल बनोस् । अलग–अलग अनुभवहरूले धनी बनोस् । मैले मन नपराएर होइन, अलग पहिचान र अलग सम्भावनाहरु खोजी गर्न बाबाको भन्दा अलग विधा रोजेको हुँ ।

एउटा कुरा बुझिराख, मैले आजसम्म तिमी र तिम्रो भाइसँग देश छोडेर पलायन हुने कुरा एकपटक पनि उठाएको छैन । बरू मैले जोड दिएको छु कि तिमीहरूको आधारभूत शिक्षा–दीक्षामा माटोको स्पर्श होस्, र आफूजस्ता साधारण नेपालीहरूसँगको संसर्ग अधिक रहोस् । मैले भनेको छु, तिमी जे पढ नेपाली समाजसँग जोडिएर पढ ।

दुःखको कुरा, समाजको एक तप्काले तिम्रो समग्र पुस्तालाई माटो टेक्न नपाउँदै जन्मेको माटो नै गलत थियो भनेको छ । पाइला सार्न नपाउँदै बाटो गलत थियो भनेको छ । भविष्यको कर्णधार भनेर एउटाले फुर्क्याएको छ भने अलिकति अघि बढ्न खोज्दा अर्कोले मेरो भाग खोस्यो भनेर घुर्क्याएको छ । एउटाले तिमी देशभक्त र इमान्दार बन्नुपर्छ भनेर हौस्याएको छ भने अर्कोले भूमण्डलीकरणका प्रतिफलहरूको उपभोगको वकालत गरेको छ । मेरो पुस्ताले नै तिमीलाई अहिलेसम्म विग्रिएको वर्तमान दिएर भविष्यको नायक बनाउने आदर्श सिकाइरहेको छ । तिमी यससबाट सजग रहनुपर्छ । यो विश्वविद्यालयले तिमीलाई यिनै विरोधाभाषहरू बीचबाट आफ्नो जीवनपथ खोज्न सक्षम बनाउनेछ ।

मेरो शिक्षणमा व्यवहारिक ज्ञानगुनका पक्षहरु जोडिएका छन् । मेरो कक्षा लिन पाएनौ भने पनि अरूबाट सुनौला, मैले प्रायः घरमा छलफल नगरेका विषयहरूको चर्चा गरिरहेको हुन्छु । अरू कुनै कक्षामा बोलिरहँदा मलाई पनि लाग्दो हो, यो कुरा मेरो छोराले पनि सुन्नुपर्छ । मैले जे ज्ञान अरूलाई दिइरहेको छु, जे अरूलाई सिकाइरहेको छु, उसले पनि पाउनुपर्छ र सिक्नुपर्छ । घरमा बाबु–छोरा हुनुको सामिप्य वा दूरीमा धेरै कुरा भनिदैनन् । सन्तान बढ्दै जाँदा आफ्नै सन्तानसँगको सम्बन्ध विद्यार्थीसँगको भन्दा औपचारिक बन्दै जाँदो रहेछ । तर म विश्वस्त छु, तिमीलाई पढाउने शिक्षकहरूमा दैनिक पाठबाहेक ज्ञान र वौद्धिकताको चेतना पनि उत्तिनै हुनेछ ।

तिमी प्रवेश गरेको विश्वविद्यालय धेरै रंगहरू, धेरै संवेगहरू, अनि धेरै आवेगहरूको संगम हो । वास्तवमा विश्वविद्यालय भनेको यस्तै ठाउँ हो । अध्ययन र अनुशासनबाट थिचिएर, किचिएर, अनि मेरो उपस्थितिको आंशिक दबाबमा परेर उमेरजन्य स्वतन्त्रता नगुमाउनू । आफ्ना स्वाभाविक पाइला र पखेटाहरूलाई कुण्ठित नगर्नू । राम्रो–नराम्रो, ठिक–वेठिकको ज्ञान त तिमीलाई छोडिसकेका विद्यालयहरूले नै दिइसकेका छन् । परिवारले नै सिकाइसकेको छ । खाल्टोमा नपरी खाल्टाभित्रको दुःख थाहा हुँदैन । तर निरन्तर खाल्टोतिर पाइला लम्काउनु तिम्रै लागि राम्रो हुनेवाला छैन । यो कुरा तिमीलाई राम्रो थाहा छ ।

तिमीले ठानेका छौ, आधुनिकता तिम्रो हातका औँलाहरूको वशमा छ र दुनियाँ स्मार्टफोन र कम्प्युटरको स्क्रीनमा उदाउने र अस्ताउने गर्छ । तिम्रो पुस्ताले सिकेको आधुनिकता र जानेको प्रविधिले अन्तरवैयक्तिक सम्बन्धमा नयाँपनमात्र ल्याएको छैन, एकप्रकारको भौडी पनि खनेको छ । त्यसलाई पुर्ने जिम्मेवारी पनि तिम्रै पुस्ताको हो । खाडल खन्दा निस्केको माटोले त्यही खाडल पुर्न पुग्दैन । सम्बन्धहरू जोगाउन सम्बन्ध बनाउँदाभन्दा बढी मिहेनत गर्नुपर्छ । तिमी भविश्यको कर्णधार त हौ नै, त्यसैले बनेको इतिहासको पनि हेक्का राख । तिम्रो कर्म हेरेरै तिमीले रचेको इतिहास बचाइदिने मानिस तयार हुनेछन् ।

दुःखको कुरा, समाजको एक तप्काले तिम्रो समग्र पुस्तालाई माटो टेक्न नपाउँदै जन्मेको माटो नै गलत थियो भनेको छ । पाइला सार्न नपाउँदै बाटो गलत थियो भनेको छ । भविष्यको कर्णधार भनेर एउटाले फुर्क्याएको छ भने अलिकति अघि बढ्न खोज्दा अर्कोले मेरो भाग खोस्यो भनेर घुर्क्याएको छ । एउटाले तिमी देशभक्त र इमान्दार बन्नुपर्छ भनेर हौस्याएको छ भने अर्कोले भूमण्डलीकरणका प्रतिफलहरूको उपभोगको वकालत गरेको छ । मेरो पुस्ताले नै तिमीलाई अहिलेसम्म विग्रिएको वर्तमान दिएर भविष्यको नायक बनाउने आदर्श सिकाइरहेको छ । तिमी यससबाट सजग रहनुपर्छ । यो विश्वविद्यालयले तिमीलाई यिनै विरोधाभाषहरू बीचबाट आफ्नो जीवनपथ खोज्न सक्षम बनाउनेछ ।

तिमीले ठानेका छौ, आधुनिकता तिम्रो हातका औँलाहरूको वशमा छ र दुनियाँ स्मार्टफोन र कम्प्युटरको स्क्रीनमा उदाउने र अस्ताउने गर्छ । तिम्रो पुस्ताले सिकेको आधुनिकता र जानेको प्रविधिले अन्तरवैयक्तिक सम्बन्धमा नयाँपनमात्र ल्याएको छैन, एकप्रकारको भौडी पनि खनेको छ । त्यसलाई पुर्ने जिम्मेवारी पनि तिम्रै पुस्ताको हो । खाडल खन्दा निस्केको माटोले त्यही खाडल पुर्न पुग्दैन । सम्बन्धहरू जोगाउन सम्बन्ध बनाउँदाभन्दा बढी मिहेनत गर्नुपर्छ । तिमी भविश्यको कर्णधार त हौ नै, त्यसैले बनेको इतिहासको पनि हेक्का राख । तिम्रो कर्म हेरेरै तिमीले रचेको इतिहास बचाइदिने मानिस तयार हुनेछन् ।

तिमी मैले युवा विद्यार्थीको रूपमा नछिरेको विश्वविद्यालय छिरिसकेका छौ । मैले नपढेको विधा पढ्दैछौ । मलाई लागिरहेको छ, म नै विद्यार्थी भएर आएको छु भिडमाझ । एकातिर लागिरहेको छ, मेरा सपनाहरूले नयाँ स्वरूप लिएका छन् र यसमा मैले गर्व गर्नुपर्छ । अर्कोतिर लागिरहेको छ, मेरो छोरा मेरो सहयात्री बन्दैछ, मेरो जीवनको यात्रा अझ फराकिलो हुँदैछ र मैले अझ बढी कर्म गर्नुपर्छ ।

जे होस, धेरै खुसी छु । आगामी हरेक साँझ तिमी एउटा नयाँ कथा लिएर घर फर्कनेछौ । अब कथा सुन्ने पालो तिम्री आमाको र मेरो ।

अर्थपूर्ण यात्राको शुभकामना !

Facebook Comments