परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

प्रधानमन्त्रीको उपचार बुधबार सम्पन्न हुने

प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पाँचौ चरणको प्लाजा फेरेसिस प्रक्रियाबाट मृगौलासम्बन्धी एन्टिबडीलाई निराकरण गर्ने उपचार सम्पन्न भएको छ । सिंगापुरको न्यासनल युनिभर्सिटी अस्पतालमा उपचार गराइरहनु भएका प्रम ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । दोस्रो पटकको उपचारका लागि प्रधानमन्त्री ओली यही भदौ ५ गते स्वास्थ्य उपचारका लागि सिंगापुर जानु भएको हो ।

प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिलिप शर्मालाई उधृत गर्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले दिनु भएको जानकारी अनुसार भोलि सोमबार छैटौं र बुधबार सातौं चरणको प्रक्रिया सम्पन्न हुने छ । यससंगै अहिलेका लागि उपचारको कार्यविधि पुरा हुनेछ ।

Facebook Comments