परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

प्रधानमन्त्री ओलीद्वारा गौरा पर्वको शुभकामना

संदेश

काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक विशेषता हाम्रो देशका अमूल्यहरु निधि भएको बताउनुभएको छ ।

गौरापर्वको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले देशका विभिन्न भूभागमा बोलिने भाषा र विभिन्न क्षेत्रका संस्कृति, भेषभूषा, रितिरिवाज र संस्कारले विविधताबीच एकता, आपसी सम्बन्ध र सामाजिक सद्भावको सम्मिलन गराएको उल्लेख गर्नुभएको छ । “ हाम्रा चाड पर्व जीवन्त अन्तर–सांस्कृतिक अन्र्तघुलनका अनुपम उदाहरण हुन ” प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ “ सद्भाव र एकताको प्रवद्र्धन गर्ने हाम्रा अनेकौं पर्व र साँस्कृतिक अवसरहरु मध्येको एक गौरा पर्वले समस्त नेपाली दिदीवहिनी दाजुभाइहरुबीचको आपसी सद्भावलाई अझ मजवूत बनाउने विश्वास गर्दछु ।”

खासगरी कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा मनाइने विशेष हर्ष र उल्लासका साथ मनाइने गौरा पर्व नेपालको एक विशिष्ट पहिचान झल्काउने पर्वको रुपमा परिचित रहेको प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ ।

Facebook Comments