परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

हजुरआमाको घर

लघुकथा

मीत–बाको अस्ट्रेलिया यात्रा… आहा, नयाँ ठाउँ अनि नौलो अनुभूति ।

अस्ट्रेलिया भन्ने ठाउँ नै यस्तो छ, जहाँ जसलाई भेट्न हामी यताबाट गएका हौं, उनीहरु काममा ब्यस्त भइरहेका देखिन्छन् । बरु, घर नजिकैको पार्क वरिपरि भने जतिखेर पनि सित्तैमा हल्लिन पाइने । त्यहाँ सार्बजनिक पार्क भनेको सबैलाई भेला हुन पायक पर्ने एउटा गज्जबको ठाउँ हो । धनी–गरीब, कामदार–दिल्दार, जम्दार्नी–हल्दार्नी, बुढाबूढी–केट्केटी, सबैजना संगै बसेर रमाउँन मिल्ने ।

आफ्नो अलिअलि अंग्रेजी बुझ्ने क्षमताकै कारणले तीन महिनाको भिसा लिएर छोरी भेट्न त्यता पुगेका मीतबाको अस्ट्रेलिया बसाइ अरुको भन्दा धेरै नै सहज देखिन्थ्यो । हरेक दिन यस्सो घरमा कोही भएन कि उनी बाहिर निस्किहाल्थे । त्यसैले, हाम्रा मीतबाका दिनहरु पनि सार्बजनिक पार्कको वरिपरी घुमेरै बित्थे । धेरैजसो अस्ट्रेलियनहरु पनि खुल्ला ठाउँमा भेला भएर खेल्न र खानपिन गर्न खुब रमाउँछन् । हो नि, त्यसैले त विदाको दिन पारेर उनीहरु घरबाट बाहिर निस्कन्छन् । नत्र यो गर्मीमा कसलाई पो एअर कन्डिशन् छाड्न मन हुन्छ र ?

घाम ओरालो लागेको महसुस् हुँदैथियो । कसैकसैको घर फर्कने बेला पनि भैसकेछ । उसैबेला एक्कासी मीतबाको आँखा एउटा अस्ट्रेलियन परिवारको जमघटमा पर्यो, जहाँ सानो बच्चाले आफ्नो बा–आमासंग खुसुखुसु गन्थन् गर्दैरहेछः

“बाबा, आज हजुरआमालाई हाम्रै घरमा लैजाउँ न, हुन्न ? “
“हुन्न बाबू, कहाँ मिल्छ र त्यसो गर्न” ।

त्यसै बखत बच्चाकी अधबैँसे आमाले पनि आफ्ना शब्दहरु प्वाक्क थपिछनः
“हजुरआमा बुढीमान्छे हो अनि उहाँको आफ्नै घर छ नि त, बेबी”
“त्यसो भए म पनि हजुरआमासंगै उहाँको घरमा जान्छु, है त?”
“ओहो डार्लिङ्ग, भोलि तिमी आफ्नै घरबाट स्कूल जान पर्छ नि ! यसरी हजुरआमाको पछि लागेर बाबु कहाँ खेल्ने ? कहाँ सुत्ने?”
“म हजुरआमासंगै खेल्छु.. अनि त्यहीं सुत्छु नि, हुन्न?”

अन्य आकर्षणहरू

विध्वंसेको धमास !

आफैं न्यास्रिएको विचरा दशैं

माओवादीको कन्तविजोग!

बडा दशैं र नर्सिङ पेशा

प्रलाप भित्रका प्रचण्ड !

(मीतबाले एकोहोरो हेर्दाहेर्दै ती बुढीआमैको मन निक्कै नै भारी भएछ । बालकको ढिपी देखेर मीतबाका आँखाहरू पनि नरसाउनु पर्ने कुनै कारण भएनछ ।)

पर्खाल, साँध, सिमाना, घर, कोठा, के के – के के?

(मनमनै नाना तर्कना सोच्दासोच्दै बुढामान्छेले आफ्नो बुझाइ आफैमा पोखेछन्)ः

“यसरी मानिसहरु आर्थिक रुपले सम्पन्न हुँदै जाँदा केट्केटीले सोचेजस्तो परिवारका सबैजना एकै ठाउँमा मिलेर बस्न मिल्ने भए भर्खरै आफैंले सुख-दु:ख गरेर बनाएको घरमा समेत छुट्टाछुट्टै कोठाहरू किन हुन्थे होलान् ?
हरि… शरणम् !”

Facebook Comments