परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

हामी छिट्टै सेवा प्रदान गर्छौं : सुविसु इन्टरनेशनल

काठमाडौं । केवुल टेलिभिजन तथा इन्टरनेट सेवा प्रदायक संस्था सुविसु इन्टरनेशनलको वालुवाटार स्थित प्रधान कार्यालयमा लागेको आगो वुधवार अपरान्ह नियन्त्रणमा आएको छ । दिउँसो करिव १ बजे सुरु भएको आगलागी दमकल, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीय बासिन्दाको सहयोगमा झण्डै डेढ घण्टापछि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

सुविसुले आगलागीबाट सेवा अवरुद्ध भई ग्राहक वर्गमा पर्न गएको असुविधा प्रति क्षमा याचना गर्दै भरसक २४ घन्टा भित्रमै सेवा सुचारु गर्न लागिपरेको परिसंवाद डट कमलाई जानकारी गराएको छ । लागलागी भएको स्थलमा करोडौंका उपकरणहरु भएको तर कतिमा क्षति पुग्यो भन्ने कुरा आँकलन गर्न समय लाग्ने पनि सुविसुले जनाएको छ ।

Facebook Comments