परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

अन्जान आइन्सटाइन

जर्मनीमा जन्मेर अमेरिकामा जीवन बिताएका महान वैज्ञानिक अल्वर्ट आइन्सटाइनले संसारलाई आणविक शक्तीका बारेमा ज्ञान दिए । हिटलर युगमा उनी जर्मनीबाट पलायन भएका थिए । संसारले चिन्ने र पढनै पर्ने आइन्साटाइनका यी कुराबाट भने हामी धेरै अनभिज्ञ नै छौ ।

नौका बिहार

पोलिटेक्निक इन्सटिच्युट अफ ज्युरिक, स्विटजरल्याण्डमा पढ्दा ताका आइन्सटाइन नौका बिहारका सौकीन भएका थिए । उनी फुर्सद हुने बितिक्कै नौका बिहारमा निस्कन्थे । बिहारमा उनी आफ्नो नोटबुक लिन्थे र आनन्द लिदै सोच्ने काम गर्थे । उनले पौडी खेल्न कहिल्यै सिकेनन तर पनि जीवनभर नौका बिहारको शोक पालिरहे ।

आइन्सटाइनको मस्तिष्क
सन् १९५५ मा आइन्साटाइनको प्रिन्सटन अस्पतालमा मृत्यु भयो । दाहसंस्कार गर्नु अघि डा. थोमस हार्वेले उनको मृत शरीरको चिरफार गरे । त्यसक्रममा उनले आइन्सटाइनको गिदीको भागलाई निकालेर अर्कै सुरक्षित ठाउँमा राखे । हार्वेले त्यसलाई फर्काएनन बरु गहन अध्ययनको उद्देश्य देखाएर राखे । उनले आइन्सटाइनका छोरालाई वैज्ञानिक खोजका लागि त्यसको महत्व छ भनेर सम्झाए । आइन्सटाइनको मस्तिष्क फर्काउन नमानेपछि उनलाई अस्पताल व्यवस्थापनले निलम्वन ग¥यो ।

त्यसको चार दशकसम्म थोमस हार्वेले आईन्सटाइनको मस्तिष्क आफैंसित राखे । त्यसलाई २ सय ४० टुक्रा पारे । अनुसन्धानका लागि देशभर पुर्याए । अन्तत हार्वेले आइन्सटाइनको मस्तिष्कलाई पुन प्रिन्सटन अस्पताललाई फर्काए ।

भायलिनको सोख
उनकी आमा पाउलिन पियानो वाधनमा पोख्त थिइन । छोरालाई संगीत सिकाउन चाहन्थिन । त्यसैले छ वर्षकै उमेरमा भायलिनको आधारभूत प्रशिक्षण शुरु भयो । तर उनी त्यसमा रमाउन सकेनन् । बरु तासका घर बनाउन उनीलाई रामाइलो लाग्थ्यो । एकपटक त उनले १४ तल्ले तासको घर बनाएका थिए ।
जब उनी १३ वर्षका पुगे उनले विख्यात संगीतकार मोजार्टलाई सुने । आइन्सटाइनमा भायलिनका बारेमा तुरुन्त सोच परिवर्तन भयो । यसरी शुरु भएको भायलिन यात्रा जीवनको अन्तिम क्षणसम्म आइन्साटाइनसँगै थियो । सात दशकसम्म आइन्सटाइन आफूलाई मानसिक तन्दरुस्त राख्न भायलिनकै प्रयोग गर्थे । चाडपर्वमा पनि उनी भायलिन बजाउन अघि सरिहाल्थे ।

इजरायलका राष्ट्रपति
सन् १९५२ मा इजरायलका पहिलो राष्ट्रपति चायम विजमानको मृत्यु पश्चात् आइन्सटाइनसमक्ष राष्ट्रपतिका लागि प्रस्ताव लगिएको थियो । उनी यहुदी भएकाले सो प्रस्ताव गरिएको हो ।

तर ७३ बर्षीय आफ्नो उमेर र आम मानिससित गर्नु पर्ने व्यावहारबारे आफू अनभिज्ञ भएको कारण देखाउदै सो प्रस्ताव उनले अस्विकार गरेका थिए ।

मोजा लाएनन
कहिल्यै कपाल नकोर्ने उनी जुत लगाउँदा मोजा लगाउँदैन थिए । अमेरिकाको राष्ट्रपति भवन (व्हाइट हाउन) जादाँ होस या नौका बिहार, उनी मौजा नलगाइकनै जान्थे । मोजाका बारेमा उनको धारणा थियो जुता लाएपछि, मेजा किन ? दुई दुईवटा चित व्यर्थमा ।

सामन्य कम्पास
अल्वर्ट आइन्सटाइन पाँच बर्षका थिए । उनी विरामी भएर ओछ्यान परेका थिए । उनका बुवाले सामान्य पकेट कम्पास देखाएर भुलाउन खोजे । तर त्यही कम्पासले उनलाई मन्त्रमुग्ध बनायो । कुन शक्तिले कम्पासको सुइलाई एकै दिशातिर लैजान्छ ? यो प्रश्नले उनलाई कयौ वर्षसम्म लखेटिरह्यो । अल्वर्टको विज्ञानप्रतिको तृष्णा पनि यसैले शुरु ग¥यो ।

रेफ्रिजेरेटर नमुना निमार्ण
स्पेसल थेअरी अफ रिलेटिभिटी लेखेको एक्काइस वर्षपछि आइन्सटाइनले रेफ्रिजेरेटरको नमुना निमार्ण गरे । जुन एक प्रकारको अल्कोहलिक ग्यासबाट संचालनमा आयो । सन् १९२६ मा यसको प्रतिलिपी अधिकारको प्रमाण उनले पाएपनि । नयाँ सुलभ प्रविधिमा रेफ्रिजेरेटर प्रचलनमा आइसकेकोले उनको प्रविधि आम निमार्ण र वितरणमा आएन ।

चुरोटवाज
आइन्सटाइन अत्यधिक चुरोट खान्थे । एउटा सिद्धिएको छैन अर्को सल्काउनु पर्ने । उनी आफ्नो घरबाट कार्यलयसम्म जाँदा धुवाँको लर्को देखिन्थ्यो । उनी हिडेको बाटोमा रेलले धुवाँ छोडे झै गरि धुवाँको लर्को हुन्थ्यो । उनी चुरोट प्रेमी थिए । त्यसैले पनि उनका तस्विरहरुमा प्रायः पाइप च्यापेको पाइन्छ ।

नातेदारसित बिहे
पहिलो बिहेबाट सम्बन्ध विच्छेद भएपछि आइन्सटाइनले आफ्नै नजिकका नातेदार इल्सा लोइवेनथाल (नि आइनस्टाइन) सित बिहे गरे । इल्सा उनको आमा र बुवा दुवैपट्टीबाट नजिकका नातेदार थिइन । आइनस्टाइनकी आमा र इल्साकी आमा दिदी बहिनी थिए । त्यस्तै इल्साको बुवा र आइनस्टाइनका बुवा पनि चिनजानका थिए । उनीहरु वालसखा भएता पनि सम्बन्ध भने आइनस्टाइनको सम्बन्ध विच्छेद पछि मात्रै गाँसिएको थियो ।

स्रोत: विभिन्न सामग्री

Facebook Comments