परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

पुरुषभन्दा महिलाको आयु धेरै किन ?

अनुसन्धानहरुले प्रमाणित गरेका छन- विश्वभर नै महिलाहरु पुरुषको तुलनामा औषत ५ देखि ७ वर्ष बढी बाँच्छन । महिलाको औसत आयु बढी हुनुमा पुरुषको जीवनशैलीले धेरै फरक पार्ने गरेका छ । महिलाका तुलनामा पुरुषहरुले बढी जोखिमपूर्ण काम गर्नु मृत्युको अर्को प्रमुख कारण हो । हुनत हाम्रो जस्तो अविकसित देशमा खासगरेर ग्रामीण भेगका महिलालाई हेर्ने हो भने महिलाको काम अझ गाह्रो र धेरै छ । तरपनि नेपालमा महिलाकै औसत आयु बढी छ ।

अनुसन्धानबाट प्राप्त तथ्याकं अनुसार महिला भन्दा पुरुषहरु आत्महत्या, हत्या र सडक दुर्घटनामा मरेको र मारिएको पाइन्छ । त्यस्तै ह्दयघातका कारण मर्नेको संख्या पनि पुरुषकै बढी छ । मानिसको औसत आयुको मुल कारण वंशानुगत गुण पनि हो । महिलाहरुमा हुने एक प्रकारको वंशानुगत इस्ट्रोजिन हर्मोनले मुटु सम्बन्धी रोगबाट बँचाउन मद्दत गर्छ । महिलाको रोग प्रतिरोधात्मक शक्ति पनि पुरुषको तुलनामा विस्तारै क्षय हुने गर्छ ।

संसारकै जीवित बुढो मानिस पनि महिला नै हुन । केन तानाका जापानी नागरिक हुन । उनी १ सय १६ बर्षकी छिन ।

छोरा मान्छे चाँडो बुढो हुन्छ 

वैज्ञानिकहरु छोरी मान्छेको औसत आयु लामो हुनुमा मुख्यत वंशाणुलाई मान्छन । डिएनए परिक्षणमा पुरुष र महिलाको माइटोक्रान्ड्रिया नै आयुको कारण देखियोे । माइटोक्रान्ड्रिया मानिसमा हुने एक खाले कोषिका हो । यही कोषिकाले मानिसको जीवनशक्ति निर्धारण गर्छ । रातो रक्त कोषिका बाहेक सबै कोषिकामा माइटोक्रान्ड्रिया हुन्छ । माइटोक्रान्ड्रियाको आफ्नै डिएनए, राइबोजोम हुन्छ । उनीहरु आफैं प्रोटीन बनाउँछन ।

उमेरसितै लोग्ने मान्छेमा माइटोक्रान्ड्रिया डिएनएको बृद्धिदर बढछ, जसले उसलाई बुढो बनाउन थाल्छ । उसको औसत आयुलाई घटाउछ । सोही कुराले स्वास्नी मान्छेको आयुलाई भने असर गर्दैन । यौन संसर्गका बेलामा अरु सबैखाले बंशानु बाबुआमाको बराबर सरिरहेको हुन्छ, तर माइटोक्रान्ड्रियल डिएनए भने आमाबाट मात्रै बच्चामा सर्छ । यसरी लाभकारी र आवश्यक पर्ने बंशानु मात्रै सर्छ । तर पुरुष माइटोक्रान्ड्रियल वंशानु भने एउटै ठाउँमा खुम्चिएर बस्छ । जसले गर्दा, महिलाभन्दा पुरुषहरु छिटो बुढो हुन्छन ।

सेक्स क्रोमोजोम 

हामीमा एक्स र वाई क्रोमोजोम हुन्छ । अर्थात महिला एक्सएक्स र पुरुष एक्सवाई क्रोमोजोम हुन्छ । यसले पनि मानिसको औसत आयु बढाउन रोगसित लडने शक्ति प्रदान गर्छ ।

मानिसको औसत आयु निर्धारण गर्ने अर्को प्रमुख तत्व सेक्स हर्मोन हो । यो कुरामा पनि महिलाहरु नै सुरक्षित देखिन्छन् । पुरुषमा हुने सेक्स हर्मोनले उनीहरु मुटु रोग, ह्दयघात, कालेष्ट्रोलको समस्याबाट चाँडो ग्रसित हुन्छन् । पुरुषको तुलनामा महिलाहरुमा यस्ता समस्या कम हुने गर्छ ।

प्रतिरोधात्मक क्षमता

रक्त कोषिकामा हुने मात्राको संतुलनमा आउने परिवर्तनले पनि महिला र पुरुषको आयु वृद्धिलाई असर पार्छ । महिलामा प्रतिरोधात्मक क्षमता घटने क्रम ढिलो हुन्छ । जसले महिलाका आयुलाई लम्व्याउन सघाउँछ ।

पुरुषबढी जोखीमपूर्ण काम गर्छन

महिलाको तुलनामा त्यसैपनि पुरुषको जीवन जोखीमयुक्त हुन्छ । उनीहरु घरबाहिर बढी समय विताउँछन् । उनीहरु बढी रिसाह र झगडालु हुन्छन् । जीवन धान्न पनि पुरुषले बढी प्रतिस्पर्धा गर्नुपर्छ । तनावमा बढी समय विताउनुपर्छ । धुम्रपान, मध्यपान, अन्य दुव्र्यसनमा सम्लग्न पनि पुरुष नै बढी पाइन्छ ।  उसको जीवन छोटयाउनमा यी पनि कारक बन्छन् ।

स्रोतः विभिन्न सन्दर्भ सामग्रीहरु

Facebook Comments