परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

भानु जयन्ती सम्पन्न

काठमाडौँ । २०६ औँ भानु जयन्तीको उपलक्ष्यमा असार २९ गते देश र विदेशमा विभिन्न कार्यक्रम गरी आदिकवि भानुभक्त आचार्यको सम्झना गरियो ।

यसै क्रममा काठमाडौँको मदन भण्डारी मेमोरियल कलेजले भानु जयन्तीको अवसरमा कविता वाचन प्रतियोगिता आयोजना गर्‍यो ।

करीब दुई दर्जन विद्यार्थी कविहरूले भाग लिएको सो प्रतियोगितामा समसामयिक विकृतिलाई कविताको विषयवस्तु बनाएका प्रवीण कार्की प्रथम घोषित भए । सिर्जना ढुङ्गेल र श्रीकृष्ण घिमिरे दोस्रो र तेस्रो भए भने प्रतियोगितामा भाग लिएका अमृता खनाल र पूर्णिमा खातीले शान्त्वना पुरस्कार हात पारे ।

कार्यक्रमको अध्यक्षता गरेकी कलेजकी विश्वविद्यालय कार्यक्रमकी संयोजक निरुजा फुयालले भानुभक्त आचार्यको कृतित्व र व्यक्तित्वबारे प्रकाश पार्नुभयो ।

Facebook Comments