परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

के माहुरी मान्छेलाई टोकेपछि मर्छ ?

फरक नजर

पौराणीक कथन छ– माहुरीले आफ्नो जीवनकालमा एकचोटी मात्रै मान्छेलाई टोक्न सक्छ । मान्छेलाई टोकेपछि उ आफैं मर्छ ।

के यो सत्य हो ?

धेरै माहुरी वर्गका कीटपतङ्गले एकचोटीभन्दा बढी टोक्न सक्छन ।

माहुरीको टोकाई सामान्य र दुखाई दिने दुवै खाले हुन्छन् । तर, ज्यानै लिने खालको भने कमै हुन्छ ।

तथ्याकंहरुले देखाए अनुसार १० लाख मनिसमा शुन्य दशमलब शुन्य तीनदेखि शुन्य दशमलब अडचालिस टोकाइ मात्र मानव क्षति गर्ने खालको हुने गर्छ ।

विश्वभर तुलना गर्दा चट्याङ पर्दा हुने र माहुरीको टोकाइबाट हुने मानव क्षति उतिकै ठानिन्छ । तर, नेपालमा भने वर्षेनी चट्याङका कारण मनिसको मृत्यु संख्या बढी हुने गर्छ । यसको कारण माहुरीको टोकाइबाट हुने क्षतिको लगत नभएर पनि हुनसक्छ ।

मानिसलाई माहुरीको टोकाइले सामान्य असर गरेता के माहुरी चाँहि साँच्चै मर्छ त ?

मह दिने माहुरी हामीलाई टोकेपछि पक्कै मर्छ । यो कुरा वैज्ञानिक ढंगले पनि प्रमाणित भइसकेको छ । तर माहुरी वर्गका अन्य कीटपतङ्गहरु जस्तो कि बारुलाले एकचोटी टोकेपछि अर्को दिन फेरि टोक्न सक्छ । उ मर्दैन ।

माहुरीमा हुने विषको उद्देश्य भने कसैलाई हानी नोक्सान गर्नु होइन । उसले आफ्नो सुरक्षाका लागि मात्रै अरुलाई टोक्दा विष झार्छ । खासमा माहुरीले नवजातलाई जोगाउन आफ्नो विष बच्चा माहुरीको शरीरमा लेपन गर्छ । माहुरीमा रानी माहुरीले मात्रै फुल पार्न सक्छ । अरु पोथी माहुरीले अन्य किराबाट अण्डा जोगाउन सुरक्षा दिने काम गर्छ ।

माहुरीको टोकाई
पोथी माहुरीले हाम्रो छालाको माथिल्लो भागमा टोक्छ र आफूसित भएको विष हाम्रो शरीरमा सार्छ । माहुरीको मुखमा पातलो सुइरो जस्तो चुच्चो हुन्छ । यसैबाट माहुरीले मानिसलाई टोकेर आफ्नो विष सार्ने गर्छ । यसरी क्षणभरमै ‘आइया, आथा’ भन्न पनि नपाइ माहुरी हामीलाई टोकेर वेपता भइसक्छ । मह दिने माहुरी भने हामीलाई टोकेपछि आफैं मर्छ ।

किन मर्छ माहुरी
एउटै चाकामा हजारौको संख्यामा माहुरी हुन्छ । उनीहरु चाकाका कामदार हुन । उनीहरुको काम मह उत्पादन गर्नु हो । तर सन्तान जन्माउने काम अर्थात अण्डा पार्ने काम रानी माहुरीले मात्रै गर्छ । जब माहुरीले हामीलाई टोक्छ,, उ आफ्नो चुच्चो टोकेको ठाँउबाट निकाल्न सक्दैन । टोकेर उडेपछि, उसको चुच्चोसँगै शरीरको आधा भाग टोकेकै ठाउँमा अडकिन्छ । त्यसपछि उस्को मृत्यु हुन्छ ।

माहुरीले टोके के गर्ने
माहुरीले टोक्नासाथ, खिललाई सक्दो छिटो बाहिर निकाल्नुपर्छ । खिल बसिराखे अझ धेरै विष मान्छेको शरीरमा सर्न सक्छ । धेरै विष सर्दा पिडा पनि धेरै हुन्छ । त्यसैले टोकेको थाह पाउना साथ टोकेको ठाउँबाट खिल निचारेर फालिहाल्नुपर्छ ।

माहुरीको टोकाईबाट बच्ने उपाय
माहुरी नजिक नजानु माहुरीबाट जोगिने उत्तम उपाय । यो कसैलाई भन्नुपर्ने कुरा होइन । माहुरी धेरै हुने ठाउँमा जाँदा धेरै वास्ना आउने क्रिम, साबुन, तेल, “बडी स्प्रे” लगाउनु हुुदैन । धेरै चम्किलो लुगा लगाउनु हुदैन । तपाईसित भएको गुलियो पेय पदार्थले माहुरीलाई आर्कषित गर्छ । टाउकोमा टोपी लगाउनुहोस् । सेतो लुगा लगाउनु होस् । तपाई नजिक माहुरी आए नचाहिदो प्रतिकार गर्ने, हातले चलाउने नगर्नुहोस् । उसलाई आफ्नै हिसाबले उड्न र बस्न दिनुहोस् । माहुरीले उड्नका लागि मात्रै पखेटा चलाउँदैन । आफू असुरक्षित ठान्दा पनि उ बेस्सरी पखेटा हल्लाउँछ । धेरैजसो माहुरी उडान युद्धमा उडिरहेका हुन्छन ।

Facebook Comments