परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

एउटा सार्थक लडाईँको सुरूवात

एउटा विधाको साँघुरो घेराभित्र रहेर अध्ययन अघि बढाउने क्रममा म दुनियाँमा विकसित अरू धेरै ज्ञानका श्रोतहरूबाट वञ्चित भएको छु । इतिहास, राजनीतिशास्त्र, मनोविज्ञान, तर्कशास्त्र, दर्शनशास्त्र, समाजशास्त्र, मानवशास्त्रजस्ता गहन क्षेत्रहरूभित्रको ज्ञान भण्डारबाट कहिले लाभ लिने हो थाहा छैन । व्यवस्थापन विधा अन्तर्गतका मानव संसाधन, व्यवस्थापन संचार, संस्थागत व्यवहारजस्ता मानविकी नजिकका विषयहरूबाट सिक्नै पर्ने झन धेरै ज्ञान छन् । अब बाँकी जीवनमा के कति पढ्न, बुझ्न वा बुझाउन सकिन्छ भन्न गाह्रो छ । तर आफ्नो साँघुरो विशिष्टताबाट उठेर पहुँच भएसम्मका क्षेत्रहरूबाट सिक्नै पर्छ भन्ने सोचको हुटहुटीका कारण अरू विधाका मानिसहरूले प्रयोग गरिसकेका बिचार वा सिद्धान्तहरू सिकेर आफ्नो परिवेशलाई पुनरावोलकन गर्ने र समाजको अध्ययनलाई फराकिलो पार्ने सुर चढेको छ ।

यस क्रममा, आम संस्थाहरूमा कार्यरत मानव संसाधनको वर्गीकरण र मूल्याङ्कन गरी हार्वार्ड बिजिनेस रिभ्यूमा प्रकाशित एउटा अनुसन्धानमूलक लेखबाट मैले सिकेको विषय शुरूमा यहाँ गरिहालौँ । टिजियाना क्यासिआरो र मिगुएल लोबोको संयुक्त प्रस्तुतिको उक्त लेखका अनुसार आम संस्थाहरूमा चार किसिमका मानिसहरू पाउन सकिन्छ । पहिलो समूहमा सक्षम सन्काहाहरू हुन्छन् । समान्यतया यस्ता मानिसहरू तेजिलो दिमाग भएका, आफ्नो विषयमा खप्पीस, उत्पादनशील तर छिटै रिसाउने, गनगन वा आलोचना नसहने, एक्लै काम गर्न चाहने खालका हुन्छन् । यिनीहरू अन्वेषण वा आविस्कारका कामहरू गर्ने, व्यक्तिभन्दा काम र सफलताबाट प्रेरित हुने, आफ्नो जिम्मेवारीमा एकोहोरो लाग्ने, र हमेशा परिणाममुखी जिम्मेवारीमा विश्वास गर्ने गर्छन् । तर सामाजिक र अन्तरव्यक्ति सञ्चारकला कमजोर भएका कारण यिनीहरूमा नेतृत्वमा रहने क्षमता र कौशल भने हुँदैन ।

सो लेखका अनुसार दोस्रो खालका मानिसहरूमा सुयोग्य नायकहरू पर्छन् । यस्ता मानिसहरूमा कुनै एक वा एकभन्दा बढी विधामा विशिष्टता हुनुका साथै एक सक्षम मानिसमा भएका अधिकांश व्यक्तिगत गुणहरू हुन्छन् । यिनीहरू समुदायमा रमाउने गर्छन्, र अन्तरव्यक्ति सञ्चारकला बलियो भएको, आफ्नो विशिष्टताभन्दा बाहिर गएर समन्वय गर्न सक्ने हुनाले नेतृत्व लिन सक्ने खालका हुन्छन् । यसका साथै, कामप्रति प्रतिवद्ध, आकर्षक व्यक्तित्व र आनीबानी भएका हुन्छन् । अर्को शब्दमा भन्दा, सुयोग्य नायकहरूमा अरूलाई आफ्नो उपस्थिति र अनुपस्थिति दुइटै महसुस गराउन सक्ने नैसर्गिक गुण हुन्छ । तेश्रो समूहमा प्रेमयोग्य मूर्खहरू पर्ने उल्लेख गरिएको छ । यस्ता मानिसहरू शील–स्वाभाव राम्रो भए पनि परिणाममुखी जिम्मेवारी लिन नसक्ने, अनि नेतृत्व क्षमता नभए पनि प्रष्ट मार्गदर्शन पाएको खण्डमा आफूलाई दिइएको काम पूरा गर्ने आचरणका हुन्छन् । यिनी राम्रो तालिम पाएमा कुनै विशेष विधाको अगुवाइ गर्नसक्ने सम्भावना भएका हुन्छन् । साथै आचरणले ज्ञानी, जिज्ञासु तथा अगाडि बढ्ने चाहना भएका र नेतृत्वलाई विश्वास गर्ने स्वाभाव भएकाले संस्थाको विकासमा उपयोगी नै रहने मानिन्छन् ।

टिजियाना क्यासिआरो र मिगुएल लोबोको संयुक्त प्रस्तुतिको उक्त लेखका अनुसार आम संस्थाहरूमा चार किसिमका मानिसहरू पाउन सकिन्छ । पहिलो समूहमा सक्षम सन्काहाहरू हुन्छन् । समान्यतया यस्ता मानिसहरू तेजिलो दिमाग भएका, आफ्नो विषयमा खप्पीस, उत्पादनशील तर छिटै रिसाउने, गनगन वा आलोचना नसहने, एक्लै काम गर्न चाहने खालका हुन्छन् । यिनीहरू अन्वेषण वा आविस्कारका कामहरू गर्ने, व्यक्तिभन्दा काम र सफलताबाट प्रेरित हुने, आफ्नो जिम्मेवारीमा एकोहोरो लाग्ने, र हमेशा परिणाममुखी जिम्मेवारीमा विश्वास गर्ने गर्छन् । तर सामाजिक र अन्तरव्यक्ति सञ्चारकला कमजोर भएका कारण यिनीहरूमा नेतृत्वमा रहने क्षमता र कौशल भने हुँदैन ।

लेखका अनुसार अक्षम सन्काहाहरू चौथो खालका मानिसहरू हुन् । यिनमा उल्लेखित सबै नराम्रा बानीहरू हुन्छन् वा राम्रा विशेषताहरू हुँदैनन् । यी कामचोर, भँडुवा साथै संस्थाको भलाइका लागि सिन्कोसम्म नभाँच्ने मति भएका डुकुलण्ठकहरू हुन्छन् । खासगरी यस्ता मानिसहरू छनौट र नियुक्तिका औपचारिक उपायहरूबाट छिर्न नसक्ने भएता पनि वाध्यता वा भूलका कारणले छिरेका अनि त्यस्तै कारण संस्थामा अल्झिरहेका हुन्छन् ।

अमेरिकी संस्थाहरूको सन्दर्भमा भएको मानव संसाधनको यो वर्गीकरण नेपालका लागि अझ बढी सान्दर्भिक लाग्छ । हाम्रा हरेक सार्वजनिक निकाय, सामाजिक संस्था, राजनीतिक दल, व्यवसायिक सञ्जालहरूमा यी चारै प्रकारका मानिसहरूको धेरथोर उपस्थिति छ । र जुनसुकै भाषा र शैलीमा व्यक्त गरे पनि समग्रमा हामी पहिलो र दोस्रो खेमाका मान्छेहरूको कमी, अनुपस्थिति वा पलायनको कुरा गरिरहेका छौँ । अनि तेस्रो खेमाको अपुग प्रयासमा चौथो खेमाको बिगबिगीको अनुभव गरिरहेका हुन्छौँ ।

मेरो बुझाइमा एउटा सक्षम सन्काहाको सनकबाट हुने स्वाभाविक क्षतिहरूलाई व्यवस्थापन गरी उसमा रहेको सिर्जनशीलता र परिणाममुखी लगावबाट फाइदा लिन सक्नु पर्छ । प्रेमयोग्य मूर्खमा रहेको राम्रो आचरण, कामप्रतिको लगनशीलता, नेतृत्वप्रतिको विश्वासजस्ता पक्षलाई आदर गरी उसलाई निरन्तरको तालिम र उत्प्रेरणाले निखारी काम लाग्ने व्यक्ति बनाउन सकिन्छ । अक्षम सन्काहालाई सके विशेष प्रकारको तालिम दिएर सुधार्ने, नसके कमसेकम पहिलो र तेस्रो वर्गका मानिसहरूबाट टाढा राखेर व्यवस्थापन गर्ने उपाय निकाल्न सकिन्छ । यी तीनै वर्गका मानिसहरूको व्यवस्थापन गर्न सक्ने योग्यता चाहिँ एक सुयोग्य नायकमा हुनसक्छ । सरसर्ती हेर्दा, पहिलो वर्गका मानिसहरूलाई जतन गरेर राख्नु पर्ने, तेस्रो खालेलाई माया गरेर र चौथालाई व्यवस्थापन गरेर राख्नु पर्ने हुन्छ भने यी तीनवटै कार्यका लागि दोस्रो वर्गलाई प्रयोग गर्नु पर्ने हुन्छ । समग्रमा, समाज पहिलो र दोस्रो खेमाको सक्रियता र तेस्रोको उत्थानले अग्रगतिमा जान्छ भने चौथोको वहुमत र बिगबिगीले समाज र देशले अधोगति लिन्छ ।

मानिसको योग्यता वा क्षमताको दृष्टिकोणबाट भएको यस्तो वर्गीकरणको ज्ञानले मलाई चाहिँ फाइदा भएको छ । खास त म आफैँ कुन वर्गको मानिस हुँ भनेर आत्मसमीक्षा गरिरहन मलाई मापदण्ड मिलेको छ । आफ्ना वरपरका मानिस तथा सहकर्मीहरूको मूल्याङ्कन गर्ने आधार पनि यसले दिएको छ । कुनै समय संस्थागत नेतृत्वमा पुगेको खण्डमा कस्तो व्यक्तिको चयन, संरक्षण र उत्थानमा कस्तो प्राथमिकता दिने र कुन वर्गको व्यक्तिसँग कसरी व्यवहार गर्ने भन्ने हेक्का मलाई भएको छ ।

मेरो बुझाइमा एउटा सक्षम सन्काहाको सनकबाट हुने स्वाभाविक क्षतिहरूलाई व्यवस्थापन गरी उसमा रहेको सिर्जनशीलता र परिणाममुखी लगावबाट फाइदा लिन सक्नु पर्छ । प्रेमयोग्य मूर्खमा रहेको राम्रो आचरण, कामप्रतिको लगनशीलता, नेतृत्वप्रतिको विश्वासजस्ता पक्षलाई आदर गरी उसलाई निरन्तरको तालिम र उत्प्रेरणाले निखारी काम लाग्ने व्यक्ति बनाउन सकिन्छ । अक्षम सन्काहालाई सके विशेष प्रकारको तालिम दिएर सुधार्ने, नसके कमसेकम पहिलो र तेस्रो वर्गका मानिसहरूबाट टाढा राखेर व्यवस्थापन गर्ने उपाय निकाल्न सकिन्छ । यी तीनै वर्गका मानिसहरूको व्यवस्थापन गर्न सक्ने योग्यता चाहिँ एक सुयोग्य नायकमा हुनसक्छ ।

अन्य आकर्षणहरू

जागीर वयष्क भएपछि

फैलिएको धर्ती देऊ

हेमराज काफ्लेका दुई कविता

फलको आशा पनि गर

हाम्रो आगत

माथिको वर्गीकरणले मानिसको आचरण, सोच तथा व्यक्तिगत तथा सामाजिक क्षमता समेत दर्शाउने भएकोले यो मेरो विधा मानविकी नजिकको विषय हो । यसमा नाट्यशास्त्रमा निहित नायकी र खलनायकीका विविध पक्षहरूको चर्चा गर्ने आधार छ । यो कुनै संस्थासितमात्र सम्बन्धित नभएर समग्र मानव समाजको व्यवहारिक पक्षको वर्गीकरण गर्ने एउटा आधार पनि हो । यसमा सामाजिक व्यवहारमा कमजोरी भए पनि सिर्जना र आविश्कारमा पोख्त समूह, व्याप्त अज्ञानता र कमजोरीका वावजुद काममा लगनशील रहने समूह, समाजमा कुनै न कुनै हिसाबले वितण्डा मच्चाइरहने समूह र यी सबैको व्यवस्थापनमा दिनरात लाग्ने समूहको पहिचानको मापदण्ड समाविष्ट छ ।

केही संस्थाहरूमा काम गरिसकेको अनुभवमा म आफैँ पनि संस्थागत मानिसहरूलाई आचारणको आधारमा चार समूहमा वर्गीकरण गर्न सकिने देख्छु । यसमा, वलिदान दिने र वलिदान खोज्ने, सम्झौता गर्ने, सहमत वा समाहित हुने र विग्रह गरिरहने समूहहरू लिन सकिन्छ । पहिलो समूहमा पर्ने प्रायः आफैँ संस्थापक हुन अथवा स्थापति संस्थालाई न्यायोचितरूपले विकास गर्न वा संस्थाको साख जोगाउन एकोहोरो पाराले जीवनका व्यक्तिगत खुसी र अवसरहरू त्यागेर लाग्ने मानिसहरू हुन् । संस्थाहरूमा यस्ता वलिदान दिने र खोज्नेहरूको संख्या अत्यन्त कम हुन्छ । यो स्वाभाविक हो । सबैले वलिदान रोज्दैनन र शायद रोज्नु पनि आवश्यक हुँदैन होला । तर सम्झौता गर्नेहरू पनि पहिलो वर्गकै छायाँका रूपमा बाँचेका हुन्छन् । आफ्नो व्यक्तिगत रूची, जीविकाका चुनौती र पारिवारिक आवश्यकताका वावजुद संस्थागत जिम्मेवारीमा बढी ध्यान दिएर हिँड्ने यो समूह पहिलोकै हाराहारीको संख्यामा हुन्छ । पहिलो समूहले लगभग आफ्नो उत्तराधिकारीका रूपमा लिँदै भावी नेतृत्वका लागि तयार गरेको यो समूहका पात्रहरू पनि संस्थाका विविध सीमाहरूबाट उम्कन नपाई नै सेवा निवृत्त हुन्छन् । यो समूहले खासै विद्रोह गर्दैन, कसैसँग बढी आशा पनि राख्दैन ।

चाहिने ज्ञान चाहिने मानिस खोजेर आफैँले दिने हो । यसरी ज्ञान विस्तारमा पनि हस्तक्षेपकारी शैली विकास गर्नै पर्ने देखिएको छ । मानविकीजस्तो समाजले महत्व बिर्सिँदै गएको तर उच्च सान्दर्भिकता भएको विषयका हिमायतीहरूले त झन एक प्रकारको युद्ध नै छेड्नु पर्ने समय आएको छ । यस अभियानमा सुयोग्य नायकको पगरी नमिलोस् । कुनै गुनासो छैन । सक्षम सन्काहाको पगरी नमिलोस्, केही छैन । कम्तीमा प्रेमयोग्य मूर्खको हैसियतमै भए पनि कर्मलाई निरन्तरता दिनै पर्छ । आशा गरौँ, यो लडाईँ कमसेकम अक्षम सन्काहाहरूको विरूद्धमा लड्नु पर्नेछैन ।

सहमत वा समाहित हुने समूह पनि आफूलाई दिइएको औपचारिक जिम्मेवारीमा प्रतिवद्ध हुन्छ । नियम संगत निर्देशनहरू पालना गर्छ । संस्थागत लक्ष्यहरूको सम्मान गर्छ । संस्था वा समाजप्रति नैतिकरूपले जिम्मेवार रहन्छ । अनौपचारिक वा असान्दर्भिक हस्तक्षेपप्रति आपत्ति जनाउँछ । गैरजिम्मेवार मानिसहरूको संगतमा सकभर रहँदैन । यो समूह सबैभन्दा ठूलो संख्यामा हुन्छ । यही समूहका कारण नीति नियमको पालना हुन्छ, जिम्मेवारीको निरन्तरता हुन्छ र संस्थाहरू टिकिरहन्छन् । विग्रह वा विरोध गरिरहने मानिसहरूको समूह भने सामान्यतः सानो हुन्छ । कसै न कसैलाई केही न केही गुनासो गर्ने निहुँ परिरहने हुनाले यस्तो समूह अस्तित्वमा रहन्छ । साथै नकारात्मक पक्षहरूमा संस्थापनलाई सचेत गराइराख्ने हुनाले एक हिसाबले यस्को अस्तित्वलाई अस्वीकार्य पनि ठानिँदैन । तर यो समूहको आकार ठूलो भएमा संस्थाभित्र कार्यगत स्थिरता भने कम हुन जान्छ ।

यस्ता मानविकी बाहिरका विषयहरूमा गन्थन गरिरहँदा मेरो मस्तिष्कमा एउटा विचार भने खेलिरहेकै हुन्छ । म अहिले यदाकदा साहित्यमा कलम चलाउने प्रयास गरिरहे पनि खासै योगदान दिन नसकेको, आफ्नो विधा छोडेर अन्यत्र विचरण गर्न गएको, आफ्नो विषयप्रति प्रतिवद्धता नभएको र स्वकेन्द्रित विभाग खडा गरी विधाको विकासमा रुची नदेखाएको, बजारमुखी हुन लागेको आदि आरोपहरू खपिरहेको छु । म आफैँलाई पनि आफ्नैं विरासतले निरन्तरता नपाउने सम्भावनाको चिन्ता छ र विरासतको सम्वद्र्धनमै लागिरहेको छु । जसले मलाई आफ्नो विधाबाट विमुख भएको आरोप लगाइरहेछन्, उनीहरुले त विरासत नथामेको चिन्तासम्म नलिएको पनि देखेको छु ।

म आफ्नो विधाको पक्षपोषण कि विधामार्फत् गरिने समाजसेवा ठूलो भन्ने विषयको अन्तर–द्वन्द्वमा पनि फसिरहन्छु । विधा उत्थानको प्रयास साधनमात्र बनोस्, तर साध्यचाहिँ समाजसेवा नै होस् जस्तो लाग्छ । जसरी एक चिकित्सकले आफ्नो विधागत ज्ञानमा निखार तथा विस्तार ल्याउन बढीभन्दा बढी बिरामीहरूको उपचार गर्नुपर्छ, त्यसरी नै मैले एक शिक्षक वा लेखकको रूपमा बढीभन्दा बढी मानिसहरूको जीवनमा परिवर्तन ल्याउन सक्ने शिक्षण वा लेखन दिन सक्नु पर्छ । त्यसका लागि विधाकै इमारत खडा गरिराख्नु नपर्ला । अंग्रेजी साहित्यको ठूलो प्राज्ञिक विभाग खडा गरेर दिनहुँ विश्वसाहित्यका गहनतम् कृति तथा लेखन परम्परामा वहस गर्दै समय बिताउनुको आनन्द अनुपम होला । तर यो महंगो प्रयासभन्दा पर मानिसहरू साझ पुग्ने अरू विविध माध्यमहरू छन् । म त वहु–वा अन्तर–विधात्मक प्राज्ञिक अभ्यासबाट पनि आफ्नो विधाको विस्तारमा योगदान र्पुयाउन सकिन्छ भन्ने अडानमा छु ।

चाहिने ज्ञान चाहिने मानिस खोजेर आफैँले दिने हो । यसरी ज्ञान विस्तारमा पनि हस्तक्षेपकारी शैली विकास गर्नै पर्ने देखिएको छ । मानविकीजस्तो समाजले महत्व बिर्सिँदै गएको तर उच्च सान्दर्भिकता भएको विषयका हिमायतीहरूले त झन एक प्रकारको युद्ध नै छेड्नु पर्ने समय आएको छ । यस अभियानमा सुयोग्य नायकको पगरी नमिलोस् । कुनै गुनासो छैन । सक्षम सन्काहाको पगरी नमिलोस्, केही छैन । कम्तीमा प्रेमयोग्य मूर्खको हैसियतमै भए पनि कर्मलाई निरन्तरता दिनै पर्छ । आशा गरौँ, यो लडाईँ कमसेकम अक्षम सन्काहाहरूको विरूद्धमा लड्नु पर्नेछैन ।

Facebook Comments