परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

अंशबन्डा

कविता

(दृश्य: मालपोत कार्यालयगोरखा असर ९ गते२०७६)

उसले फाइल हेर्यो
अंशबन्डाको निबेदन रहेछ
संलग्न कागजात हेर्यो
आवस्यक सबै प्रमाण रहेछ
उसले प्रश्न गर्यो
दुवै भाइ उपस्थित छन्
अनपेक्षित उत्तर आयो
हजुर,दुवैजना छौं
उ अलि झोक्कियो
अनि घर त देखिएन नि!
घरै छैनसर।
अनि कहाँ बस्नु हुन्छ त?
डेरामा बस्छौंसर।
गाउँमा कोहीडेरामा बस्छ?
शहरमा बस्छौंसर।
घर के भयो त?
भूकम्पमा ढल्योसर।
अनि राहतमा बनेन?
छुटमा परेको छसर।
घर छैन भन्ने प्रमाण खै त?
पछाडि शिफारिस छसर।
अन्त कतै जग्गा छ
कतै छैनहजुर
उसलाई असह्या हुन्छ,
छैन भन्ने प्रमाण खै त?
त्यो पनि चाहिन्छसर?
अनि,के तरहेछ भने
अनलाइन देखिन्न रसर?
त्यो त मैले हेरी सकें
उ निराश हुन्छ,
किन यस्तो केरामेट गरेको?
मिलाएर ल्याउँछुसर।
करिब दश मिनेट बित्छ
उ सेवाग्राही तिर फर्कन्छ
फेरि किनतपाइँ?
मिलाएर ल्याएँसर।
खै प्रक्रिया नै मिलेको छैन!
के भएछसर?
कुरा बुझ्नु भएन?
खै मेसो पाइनसर।
लेखन्दासलाई बोलाउनुस्
(लेखन्दास) म यता छुसर।
अनि यति बेला आउने त?
,के भएछ रसर
खाजा खाने बेला भयो नि।
बाहिर कतै जाउँ नसर।
कर्मचारी अर्डर गर्छ
लेखन्दास काउन्टरमा पुग्छ
उ हजारको नोट छोड्छ
सर,पैसा भैसक्योहै
सुपारीसंगै चेन्ज पैसा आउँछ
कर्मचारी खुसि भएर लिन्छ
अघि कुरा बुझ्नु पर्दैन?
त्यही तसरिसर।
उ कार्यकक्षामा पुग्छ
र फुर्तिसाथ फाइल पल्टाउँछ
सबैकुरा पुर्याउनु भयो हैन
हजुर,सबै छसर ।
उ फाइल पल्टाए जस्तो गर्छ
प्रकिया पुगिसकेको देख्छ
सबैलाई चित्त बुझेको छ?
,सर। खुशी छौँ।
भोलि आउनुसपुर्जा बन्छ
लेखन्दास आँखा सन्काउँछ
कर्माचारीको मुहार खुल्छ
अनि लेखन्दास ठट्टा गर्छ
के गर्नु तहजुर
तलदेखि माथिसम्म
अंशबन्डा नगरी भएन!
प्रत्यक्ष्यदर्शी कवि
लिचिको बियाँ थुक्दै बोल्छ
थुक्क!

Facebook Comments