परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

एसईई परीक्षाको परीक्षाफल प्रकाशित

राष्ट्रिय परीक्षा बोर्डले २०७५ सालको एसईई परीक्षाको नतीजा बिहीबार प्रकाशित गरेको छ । परीक्षा सार्वजनिक हुनासाथै नतीजा हेर्ने र बधाइ साटासाट गर्ने क्रम सुरु भएको छ । उत्तीर्ण विद्यार्थीहरू आफ्ना अग्रजहरूबाट आशीर्वाद लिन व्यस्त रहेका छन् ।

राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक  विष्णुप्रसाद अधिकारीका अनुसार, नियमिततर्फ १६ हजार ८८२ विद्यार्थीले जीपीए ३.६० देखि ४, ४८ हजार ९६० ले जीपीए ३.२० देखि ३.६०,  ६० हजार ७०६ जनाले २.८० देखि ३.२०, ९४ हजार ११० ले जीपीए २.४० देखि २.८०, ९७ हजार २९९ ले जीपीए २.०० देखि २.४०, ९५ हजार २०९ विद्यार्थीले १.६० देखि २.०० हासिल गरेका छन् ।

अधिकारीका अनुसार,  ४३ हजार ८४० विद्यार्थीले १.२० देखि १.६०,  ४ हजार ४२९ ले ०.८० देखि १.२० हासिल गरेका छन् । ८ हजार २०७ विद्यार्थीको नतिजा विविध कारणले सार्वजनिक भएन ।

गत चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परिक्षामा ४ लाख ७५ हजार ३ नियमित  परीक्षार्थी सहभागी थिए ।

छन्।

Facebook Comments