परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

“मध्यावधिको दिउँसे सपना”

फुटानी

म ओल्लो कोठाँ बसेर मकै छोडाउँदै थिएँ हस्याङ र फस्याङ गर्दै भिरघरे आइपुग्यो । आउँदा आउँदै सोधिहाल्यो – मकै छोडाउदै छस् ।”होइन घाँस काट्दै छु” भनौ कि जस्तो लागेको थियो तर उहीँ बोली हाल्यो “अनि बोजु खै त ?” पल्लो कोठातिर देखाए पछि भिरघरे सरासरी उतै गयो र बोजुसँग बात गर्नु थाल्यो । भिरघरेको गफन हो बोजु त्यसै मख्ख । बोजु पनि कहाँ कम छ र, कुरोले त कोधो चुटे जस्तो चुट्छनी हौ । भिरघरे भट्याउन थाली गो “अनि बोजु था पायौ ?”

के कुरो ! नभनीकन कसरी था हुन्छ ?

“आचाचाचा बोजु पनि – होइन भुक्कै पो रछ !मध्यावधि हुने कुरो था पाइनौ ?”

होर भिरघरे ! मध्यावधि चाहिँ कस्ले गर्ने भएछ हँ ? गर्छनी अबो । हाम्रो पार्टीले गर्छ ।

हेर भिरघरे ! पूर्व नेविसंघको वर्तमान नेताले दिएको भाषण जस्तो कुरो नगर । हाम्रो गिर्जाउ भैदेकोभा बहुमत हुँदाहुँदै मध्यावधि ठोक्दिनु हुन्थ्यो । अहिले गिर्जाउ छैनन् । काङ्ग्रेस पनि छैन । सरकार प्रमुख ओली छन् ओली !

हाम्रो काङ्ग्रेस त सरकार, सदन, सडक कतै पनि छैन । अस्ति काठमाडौंमा गुथी कि केको अान्दोलनको नेतृत्व पनिपूर्व एमालेको स्थानीय नेताहरूले नै गरेछ । अलिअलि सदनमा उफ्रिदै थ्यो त्यो पनि जनताले पत्याएन । हाम्रो नेताहरू फतक्क गले जस्तो छ । गलेको छैन । अबो अान्दोलन हाँक्छ । त्यो उजाति … केरे अँ … मिडिया काउन्सिल विधेयक छ नि हो त्यसलाई उरालेर टुङ्गोमा पुराउनु पर्छ । तिमी कुरा बुझ्दिनौ क्या बोजु ।खै ! हौ, भिरघरे झिङ्गाको सरापले डिङ्गा मर्लार ! ठूलो रुख ढल्दा पनि साना पोथ्राको बिजोग जस्तो पो हुन्छ होला हाम्रो पार्टीको हालत । हाम्रो नेताहरू भन्छ सरकार सर्वसत्तावादी, निरंकुश भो भनेर, कसरी त्यस्तो भयो भनेर सोध्यो भने सपना बाँड्यो भन्छन् । हाम्रोहरु त त्यही सपना देख्न पनि जान्दैन । अापसमा मिल्दैन पनि ।होइन बोजुयो सरकारको विरोध जसरी पनि गर्नुपर्छ । अबो हाम्रो नेताहरू पनि मिल्छ । हाम्रो पहिलाको नेविसंघको नेताले मध्यावधि हुन्छ हुन्छ भनेर मलाई त तयार रहन भनेका छन् ।

हेर भिरघरे ! मध्यावधि सध्यावधिको सपना नदेखे हुन्छ । सरकार चलाउने पार्टीमा भने केही कुरा नमिले जस्तो देखिदै छ । पहिला चुनाव ताका जस्तो अाफूलाई कता फाइदा हुन्छ प्रचण्ड उतै दौडन्छन् कि भन्ने दुब्लो अाशा काङ्ग्रेसी जनमा पलाए जस्तो देखिन्छ । तर, यो बेकार हो ।

प्रधानमन्त्री केपी शर्मा ओली अात्तिने र मात्तिने मान्छे हो जस्तो लाग्दैन । यस्तै मान्छेले अाफ्नो कार्यभार र कार्यकाल सजिलै पूरा गर्छ । अहिले अाएर जनताको बहुदलीय जनवाद कि जनताको जनवाद भन्नेमा विवाद भयो अरे । घच्ची परेको छ भनेर अनलाइनेहरू लेखिरहेका छन् । त्यो केही पनि होइन अब त्यही मदन भण्डारीले दिएर गएको जवज, त्यही सूर्य चिन्ह, अावधिक निर्वाचन यहीहरू त हो उनीहरूको हतियार । कुरो बुझ भिरघरे ! अन्त अलमलियो भने कम्युनिस्ट पनि हाम्रो काङ्ग्रेस जस्तै सुक्दै जान्छ ।मध्यावधि भएन भने त हाम्रो पार्टीको अवस्था … ।काङ्ग्रेस केही हुदैन भिरघरे ! यो यस्तै रही रहन्छ । भातृ संगठनहरूको महाधिवेशन पनि हुँदैन, हाम्रो टोल कमिटी पनि गठन हुँदैन, पार्टीको महाधिवेशन पनिहुँदैन । ढुक्क भए हुन्छ । अनि सुन भिरघरे – यो नेकपा भन्नेको पनि संगठनमा त्यस्तै गति हुदै छ । तल्ला घरे छैन ! अस्ति भन्दै थ्यो “लेभी पनि उठ्न छोड्यो, संगठनका मान्छे पनि आउन छाडे” भनेर । अन्त था छैन हाम्रोतिर प्रचण्डको पार्टी थिएनसबै ओलीको पार्टीका कार्यकर्ता थिए ती पनि मूर्झाउन थालेका छन ।

के गर्नु बोजु आफूले कहिल्यै चुनाव जितिएन । चुनावका वेलामा उनारू एक भएर अघि बढ्छ । कार्यकर्ता घरको भात खाएर प्रचारमा निस्कन्छ । हाम्रो त खोयाबिर्के सुइँक्यार खोल्सातिर पो लडी हिँड्छ ।हुन्दे भिरघरे ! आफ्नो आङ् कन्याएर छारो उडाउनु मात्रै हो । मध्यावधि हुने भयो भन्दै नहिन पनि लाज हुन्छ ।

राजनीति हो चल्दै जान्छ, हुदै जान्छ, बन्दै जान्छ, जम्दै जान्छ, यस्तै हो । हेरी राख यही सरकारका पालामा मेलम्ची अाम्छ, माथिल्लो तामाकोसीको बिजुली अाम्छ, बाटो पुल बन्दै छन् अबको २/३ वर्ष भित्र धेरै जसो बनिसक्छन । पाइप लाइन बिछ्याइसको, अब अमलेखगञ्जसम्म त्यही पाइपबाट डिजेल अाउने भयो । तुइनहरू भएको ठाँममा झोलुङ्गे पुल बनाई सक्यो । चिन र भारतसँग सम्बन्ध राम्रो बनायो । दीर्घकालीन योजनाहरू बनाएको छ । गरेको कामलाई गरेकै हो भन्नुपर्छ भिरघरे !अाफ्नो गाउँ अाफैं बनाउँ भनेर अगाडि सरेको थियोे त्यसैको फल अाज हामी अलैंची, अदुवा, नास्पाती , अम्रिसो ट्रकमा भरेर पठाउँदै छौं । ढाकरमा नुनको भारि हालेर ढाडको छाला खुत्याउँदै चार दिन लगाएर खुई…! गर्दै घर अाइन्थ्यो । अहिले “गुरुजीभोलि अाउँदा एक बोरा नुन ल्याइदेउन है” भन्दा भोलि अाँगनमा फुत्रुक्क झारि दिन्छन् । यस्तै हो विकास भनेको ।

 

 

Facebook Comments