परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

सिङ्गो गाविसभन्दा नगरको वडाले कैयौँ गुणा बढी विकास गर्ने सामर्थ्य राख्छ

-सुन्दर बहादुर केसी, वडाध्यक्ष, नागार्जुन नपा-१०

कलंकी–स्यूचाटार आवतजावत गर्ने क्रममा पर्ने जुनसुकै बाटोबाट हिँड्दा पनि विकास निर्माण भइरहेका ठाउँमा खटिरहेको अवस्थामा नागार्जुन नगरपालिका वडा नंबर १० का वडा अध्यक्ष सुन्दर बहादुर केसी भेटिइरहन्छन् । बाटो बनाउँदै गरेको होस् वा  ढल खन्दै गरेको स्थान्, खानेपानीका पाइप ओछ्याउँदै गरको ठाउँमा होस् या स्थानीय वासिन्दाको सहभागितामा हुने विकास निर्माणका काममा, बिहान, बेलुका जुनै पनि बेला यी वडा अध्यक्ष फिल्डमै व्यस्ततापूर्वक खटिइरहेको देखेपछि केही वर्षअघि मात्रै राज्यले काठमाडौं उपत्यकाभित्र गाउँ विकास समिति गाभेर  नगर बनाएको र तीनै तहका चुनाव भई सङ्घीयता कार्यान्वयनमा गएको सन्दर्भमा सिंहदरबारको साना रूप वडाहरू कति प्रभावकारी बनेका छन् त भन्ने जिज्ञासाको उत्तर खोज्न परिसंवाद् डट कमले एउटा उदाहरणका रूपमा काठमाडौँ उपत्यकाको पश्चिमी भेगमा पर्ने नागार्जुन नगरपालिकाको वडा नंबर १० का यिनै वडा अध्यक्ष सुन्दर लामिछाने केसीलाई रोज्यो । संयोग, उनले हिजोको  एकल राज्य व्यवस्थावाला प्रणालीमा पनि अहिले नागार्जुन नगरपालिकामा गाभिएको स्यूचाटार गाविसको दलीय संयन्त्रमा प्रतिनिधि भएर काम गरेका थिए ।  परिसंवाद् डट कम दिउँसो वडा कार्यालयमा पुग्दा उनी सेवाग्राहीका काममा व्यस्त भेटिए ।  प्रस्तुत छ, नेपाली कांग्रेसबाट चुनावमा निर्वाचित वडाध्यक्ष केसीसँग गाउँ विकास समिति र नगरको वडाको बजेट, स्थानीय विकास, योजना र सङ्घीयता कार्यान्वयनको सन्दर्भमा घमराज लुइँटेलले गर्नुभएको कुराकानीको सम्पादित अंशः  

अधिकांश समय फिल्डमै भेटिनुहुन्छ । कति समय छुट्याउनुभएको छ वडाको कामका लागि ?

मलाई स्थानीय जनताले राम्रा काम गर्न चुनेर पठाउनुभएको छ । मेरो निजी जीवन पनि नभएको होइन । मेरो परिवार नभएको होइन । तर म जनताको काम गर्न निर्वाचित प्रतिनिधि भएकाले मैले परिवार र आफ्नो समय कटाएर वडा र वडावासीका काम र सेवामा समय लगाउने गरेको छु । मेरो चिन्ता भनेको विकास निर्माणका योजना र परियोजनाका काम पूर्व योजना र बजेट अनुसार भइरहेका छन् कि छैनन्, काम गुणस्तरयुक्त छ कि छैन र त्यसमा लाग्ने सरसामानको परिमाण हुनुपर्ने वा लाग्नुपर्ने जति भइरहेको वा लागिरहेको छ कि छैन भन्ने हो । म रहुन्जेलसम्म नेपाल सरकारबाट आएको बजेट दुरुपयोग नहोस्, सदुपयोग होस् भन्ने मेरो चाहना हो । हिजोको दिनमा यहाँ गुण्स्तरयुक्त काम हुन्न, विकास निर्माणका काम नटिक्ने बन्छन् भन्ने सुनेको थिएँ । आज म त्यो नहोस् भनेर आफैँ खट्छु । मैले ठेकदारलाई पनि सरकारको योगदान ८० प्रतिशत र स्थानीय जनताको योगदान २० प्रतिशत हुनुपर्नेमा मैले ठेकदारलाई प्रष्ट निर्देशन दिने गरेको छु — ८० प्रतिशत सरकारको बजेटबाट तिमीले शत प्रतिशत काम गर्नुपर्छ । जनतालाई रकम हाल्न लगाउन पाइँदैन । तर कामको अवधि, मात्रा र गुणस्तरमा शुन्य सहनशीलता अपनाइनेछ । यो सुनेर कति ठेकदारले सकिँदैन भन्छन् तर मैले उनीहरूलाई हिसाब नै निकालेर देखाइदिन्छु । त्यसपछि उनीहरू काम गर्न राजी हुन्छन् । तिनले काम बिगार्लान् कि, कमसल काम गर्लान् कि भनेर निगरानी राख्न र जाँच गर्न म आफैँ फिल्डमा पुगिहाल्छु ।

वडामा कर्मचारी छन्, सदस्य छन् तर तपाईको मात्रै सक्रियता किन यति धेरै?

हैन, सदस्यहरूले पनि मलाई काममा साथ दिनुभएको छ र कर्मचारीहरूले पनि । विकासको काममा मैले यो सक्रियता देखाउनुका पछाडि मैले कुनै फलको आशा राखेर गरेको पनि हैन । म व्यवसाय क्षेत्रबाट आएको मान्छे भएकाले कुनै पनि काम भनेको जस्तो गरी, भनेको समयमा र भनिएको गुणस्तरमा सम्पन्न हुनुपर्छ भन्ने मलाई लाग्छ र सक्रिय भइहाल्छु । मेरो बानी नै काममा खट्ने छ ।

 

वास्तवमा नगरपालिका घोषणा हुँदा हामी दलीय प्रतिनिधिका रूपमा गाविसमा बस्थ्यौँ । सिंगो गाविसका लागि बजेट आउँदा त्यो २५ लाख रूपैयाँ आउँथ्यो । त्यो २५ लाखले गाविसभरि बजेट पु¥याउनु पर्थ्यो । नगरपालिका मात्रै हैन, अहिलेको नयाँ सङ्घीय व्यवस्था आएपछि स्थानीय सरकारमा सिँधै केन्द्रबाट बजेट आउने हुँदा अहिले मैले नेतृत्व गरेको यो वडामा चार–पाँच करोड रूपैयाँसम्म आउने गरेको छ । यसले गर्दा यहाँका जनताको विकासको इच्छा र आकांक्षा अनुरूप बजेट विनियोजन गर्न सजिलो भएको छ ।

काम गर्ने समयतालिका के हो तपाईको ?

वास्तवमा अहिले योजनाको अन्तिम चरण भएकाले म बिहान ६ बजेदेखि राती १० बजेसम्म खट्ने गर्छु । बिहान म फिल्डमा स्थानीय जनतासँग हुन्छु । १० बजेदेखि ४ बजेसम्म वडा कार्यालयमा बसेर जनताका काम गर्छु । ४ बजेदेखि फेरि फिल्डमा कहाँकहाँ के के काम भइरहेको छ र कसरी भइरहेको छ अनुगमन गर्छु । त्यो मात्रै हैन, कतिपय अवस्थामा विकास निर्माणका काममा विवाद आइरहेका हुन्छन्, त्यस्ता विवादलाई राम्रो कामका लागि बेलुका सबैलाई राखेर छलफल गर्नुपर्यो । त्यत्तिकै राती भइसक्छ ।

सिंहदरबारको अधिकारलाई गाउँ-टोलसम्म लैजाने नारा अनुसार अहिले तपाई अन्तिम तहको गाउँ–टोलको सिंहदरबार मानिने नगरको वडास्तरीय जनप्रतिनिधि/ सरकार प्रमुखका रूपमा काम गरिरहनुभएको छ । तपाईले काम गर्दाको अनुभवमा भन्नुहोस् त, के साँच्चै सिंहदरबार गाउँ–टोलसम्म आयो ?

सिंहदरबारको अधिकार गाउँगाउँमा भन्ने नारा अनुसार नै संविधानले परिकल्पना गने नारा अनुसार नै संविधानले परिकल्पना ग¥यो पनि । तर, व्यवहारमा चाहिँ यो नारा नारामै सीमित रह्यो भन्ने मेरो धारणा छ । किन भन्नुहुन्छ भने यहाँ वडा कार्यालयको एउटा खातासम्म खोल्न नसकिएको अवस्था छ । गाउँ–टोलमा कहिले कुनै भवितव्य पर्छ जस्तै ढल फुट्यो भने लौ वडाले २० हजार, ३० हजार रकम हालिदिनु¥यो भनेर स्थानीय जनता माग गर्न आउँछन् तर आकस्मिक रूपमा निर्णय गरेर रकम दिन सकिने अवस्था छैन । तपाईलाई अचम्म लाग्ला, हामीलाई १० रूपैयाँ पनि सिँधै निर्णय गरेर निकासा गर्ने अधिकार छैन ।

कसरी त?

हैन, मैले बुझेसम्म वडा कार्यालयमा  खाता खोल्ने व्यवस्था भए सहज हुन्छ । सङ्घको नियमले रोकेको हो कि, प्रदेशको नियमले हो, जे जहाँबाट भए पनि परेको गाँठो खोलिदिएर वडाको खाता खुल्ने व्यवस्था गरिदिए समस्या समाधान हुने थियो । तर त्यसो भएको छैन ।

अहिले चाहिँ आर्थिक कार्य प्रणाली कसरी सञ्चालन हुने गरेको छ त?

अन्य आकर्षणहरू

धर्म परिवर्तन

बुढ्याइँ दुखेको छ मेरो !

च्यातिएको रुपियाँ

मिलेन दक्ष सारथी

कार्यालय सञ्चालनलाई आएको सामान्य बजेट त्यही कामका लागि नियममा रहेर खर्च गर्ने अधिकार त छ, योजनामा स्वीकृत भएर आएको बजेट योजनामा खर्च गर्न सकिने नै भयो तर वडामा हुने कुनै आकस्मिक विपत्ति वा समस्याको समाधानका लागि तुरुन्तै चेक काटेर कोष परिचालन गर्ने सन्दर्भमा भने कुनै निर्णय नै गर्न नसकिने भयो ।

समाधानको बाटो के त ?

अहिले सचिव र अन्य कर्मचारी त छन् । वडाको आफ्नै खाता नहुँदा समस्या आइहेको छ । अब  वडाको खाता खुल्ने व्यवस्था  गरिदिदिनुप¥यो । त्यसो हुन सकेकाे खण्डमा मात्रै त्यसरी आकस्मिक भैपरि हुँदा वडा र वडावासीको समस्या समाधानमा वडाले खर्च गर्न सकिने रहेछ ।

गाउँ विकास समिति हुँदा तपाईले पनि दलीय प्रतिनिधिको रूपमा सहभागिता जनाउनुभएको थियो । पहिलको गाउँपालिकाकै केही वडा मिलाएर अहिलेको नगरपालिकाका वडा बनाइएको छ । संयोग, तपाई अहिले त्यही पहिलेको गाविस भवनमा रहेको नागार्जुन नगरपालिका वडा नंबर १० को कार्यालयमा निर्वाचित वडा अध्यक्षको रूपमा कार्य गरिरहनुभएको छ । गाविस हुँदा सिंगो गाविसको बजेट कति हुन्थ्यो? अहिले नगरपालिकाको तपाईले नेतृत्व गरेको वडाको बजेट कति छ? पहिलेको ठीक कि अहिलेको ठीक?

वास्तवमा नगरपालिका घोषणा हुँदा हामी दलीय प्रतिनिधिका रूपमा गाविसमा बस्थ्यौँ । सिंगो गाविसका लागि बजेट आउँदा त्यो २५ लाख रूपैयाँ आउँथ्यो । त्यो २५ लाखले गाविसभरि बजेट पु¥याउनु पर्थ्यो । नगरपालिका मात्रै हैन, अहिलेको नयाँ सङ्घीय व्यवस्था आएपछि स्थानीय सरकारमा सिँधै केन्द्रबाट बजेट आउने हुँदा अहिले मैले नेतृत्व गरेको यो वडामा चार–पाँच करोड रूपैयाँसम्म आउने गरेको छ । यसले गर्दा यहाँका जनताको विकासको इच्छा र आकांक्षा अनुरूप बजेट विनियोजन गर्न सजिलो भएको छ । त्यसले गर्दा विकास गर्न पनि पहिलेभन्दा धेरै सजिलो भएको छ । र, अहिलेको अवस्थामा बाटोघाटो, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा समेत बजेट छ्ट्याउन र विकास गर्न समेत हामीलाई सहज भएको छ । त्यसरी हेर्दा निश्चित रूपमा अहिलेको प्रणाली विकासमुखी छ ।

तपाईको अनुभवमा, अहिलेका नगरपालिका वडा कार्यालयले के कस्ता अधिकार र जिम्मेवारी कार्यान्वयन गरिरहेको छ त?

वडालाई जिम्मेवारी पनि अहिले बढी नै छन् । कुनै वडालाई अहिले नागरिकता लगायत सिँधै सिफारिश गर्न सकिने अधिकार छ । यसका साथै, वडाभित्र रहेका विद्यालय, सहकारी, गैरसरकारी संघ–संस्थालाई वार्षिक प्रगति प्रतिवेदन पेश गर्न लगाउने, त्यसको छानबिन गर्ने, जाँच गर्ने, निरीक्षण गर्ने, व्यवस्थित गर्ने अधिकार छ भने विकास निर्माण, सरसफाइ, स्वास्थ्य लगायतका क्षेत्रमा अधिकार र दायित्व वडाको रहेको छ ।

अहिलेको तपाईको वडा विकासको प्राथमिकता के हो त?

यो क्षेत्रमा खानेपानीको ठूलो समस्या भएकाले खानेपानीलाई मैले प्राथमिकतामा राखेको छु । घरघरमा खानेपानी पुगोस् भनेर काम भइरहेको छ । साँघुरा बाटालाई जनताको सहमतिमा विस्तार गर्ने, ढल र पक्की बाटो बनाउनुका साथै प्रदेश र संघीय सांसद्हरूको सहयोगमा स्थानीय सेरा खोल्सीबाट करिडोरको रूप दिँदैछौँ । स्थानीय तहमा यातयात सञ्चालन गर्ने, सार्वजनिक स्थानको संरक्षण र उपयोगमूलक बनाउने का मगर्दैछौँ । हाम्रो वडामा नेपाली कांग्रेस, नेकपा, लगायतका मूल राजनीतिक दलहरूका तर्फबाट हामी निर्वाचित भएका छौँ । विकासका काममा हामी विवाद गर्दैनौँ र एक भएर लागेका छौँ । अब हाम्रो यो कार्यकाल सकिन्जेलसम्ममा बाटो किनारमा हरियाली, शिक्षामा गुणस्तर, मानसिक, शारीरिक स्वास्थ्यशाला, पार्क, सडकबत्ती, सरसफाइ, जनचेतना लगायतका विषयमा काम गरिरहेका छौँ । अन्यभन्दा भिन्न वडा बनाउने हाम्रो सोचाइ छ । तर हामीलाई वडावासी र राज्य दुबैको सहयोग चाहिन्छ ।

के कस्ता अप्ठ्यारा र समस्या भोग्नु परेको छ ?

अप्ठ्यारा र समस्या त पाइला पाइलामा आउँदा रहेछन् । तर समस्या भनेका समाधान गर्न नसकिने हुँदा रहेनछन् । जहाँ समस्या, त्यहीँ समाधान । खालि इच्छाशक्ति हुनुपर्दो रहेछ र लागिरहनु चाहिँ पर्दो रहेछ । स्थानीय सबै जनप्रतिनिधि, कर्मचारी, उपभोक्ता समिति तथा  विकासप्रेमी वडावासीको अहिलेसम्म सहयोग पाइरहेकै छु । यसले पनि हाम्रो वडाको छिटै विकास हुन्छ भन्ने लागेको छ ।

 

 

 

 

 

 

Facebook Comments