परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

भूकम्पका बेला मिडियाको भूमिका सम्बन्धी अनुसन्धान-प्रतिवेदन सार्वजनिक

काठमाडाैँ । सेन्टर फर मिडिया रिसर्च नेपाल (सिएमआर, नेपाल) ले २०७२ सालको भूकम्पमा बेला मिडियाको भूमिका सम्बन्धी अनुसन्धानमूलक प्रतिवेदन सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएको प्रतिवेदनमा भूकम्पपछि पत्रकारहरुले जोखिम मोलेर काम गरेको, जनतामाझ समाचार तथा सूचना प्रवाह गर्नमा नेपाली मिडिया र पत्रकारहरुको भूमिका ‘प्रशंसनीय रहेको उल्लेख गरिएको छ ।

मिडियाले ठूलो विपद्को सामना गर्नका लागि तयारी नगरेको, त्यसकैकारण पूर्वाधारमा क्षति पुग्नुका साथै केही समय अवरुद्ध तथा बन्द गर्नुपरेको, पत्रकारहरुले टेन्टमा रहेर कार्यक्रम सञ्चालन तथा समाचार तयार गरेको पनि रिपोर्टमा उल्लेख छ ।

विपद्पछिको आवश्यता आँकलन (पिडिएनए) ले भूकम्पबाट सञ्चारगृहमा करि ४६ करोड रुपैयाँको क्षति पुगेको आँकलन गरेको थियो । यस्तै रिपोर्टले रिपोर्टिङका बेला पत्रकारलाई आवश्यक पर्ने सुरक्षाबारे तयारी नगरिएको र पर्याप्त ध्यान नदिइएको देखाएको छ । ‘निरन्तर जसो परकम्पहरु आरहे पनि पत्रकारले उद्दार र राहत सम्बन्धी रिपोर्टिङ गरेका थिए, कहिले कहीँ मात्र सुरक्षाका लागि हेल्मेट लगाएका थिए’– रिपोर्टमा उल्लेख गरिएको छ ।

रिपोर्टका अनुसार तयारीको अभावको प्रभाव सामग्रीहरुमा परेको थियो । मानवीय पक्षहरू र अभिरुचिका विभिन्न सामग्रीहरु प्रस्तुत गर्नु प्रशंसनीय भए पनि आचारसंहिता पालना नगर्दा मिडियाको आलोचना भएको रिपोर्टमा उल्लेख गरिएको छ ।

यो अनुसन्धान सीएमआरका अनुसन्धानकर्ता उज्ज्वल प्रजापतिले सन् २०१५ को अगष्टदेखि डिसेम्बरसम्ममा गर्नुभएको हो । त्यसका लागि सामग्रीको विश्लेषण, मिडिया सञ्चालक र पत्रकारसँग अन्तर्वार्ता गर्नुका साथै जनताबीच सर्वेक्षण गरिएको थियो ।

‘विपदमा मिडियाको भूमिकाबारे नीति बनाउन आवश्यक छ, प्रजापतिले भन्नुभयो–‘ विपदबाट प्रभावित मिडियालाई उपलब्ध गराइने सरकारी सहयोग, मिडियाको तयारी, आपत्कालीन अवस्थामा मिडिया सञ्चालन, मिडियाको प्रयोग, सरोकारवालाको भूमिका, मिडियाको सामग्री नीति लगायतबारे प्रष्ट हुन आवश्यक छ ।’

Facebook Comments