परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

नुनमा प्लाष्टिक

विज्ञान कथा

विहान आइतबारको दिन १०ः३० बजे । दरवार हाई स्कुल, रानीपोखरी ।

गुड मर्निङ्ग सर, कक्षामा शिक्षक छिर्ने बित्तिकै कक्षा आठका विद्याथीहरू ठूलो श्वरमा भन्दैछन् । गत हप्ता विद्यालयमा घरभित्रको प्रदूषण र असुरक्षित बसाईको सत्र लिएपछि विद्याथीहरूमा उत्सुक्ता बढेको छ । वातावरण विषय पढाउने हरि सर जवाफ दिन्छन्, गुड मर्निङ्ग । तिमीहरूलाई अगिल्लो हप्ता पढाएको पाठको बारेमा केही प्रश्न सोध्नु छ ? हरि सर विद्याथीहरूलाई हरेक हप्ताको शुरुको दिन अगिल्लो हप्ता पढाएको पाठको छलफल र समीक्षा गर्न लगाउँछन् र नबुझेका छन् भने प्रष्ट पार्ने गर्छन् ।

सर मलाई एउटा कुरा सोध्न मन लागेको छ । यो कुरा हामीले गत हप्ता पढेको विषय चाहिं होइन तर विज्ञान सम्वन्धी नै हो । ठीकै छ राम तिमी प्रश्न सोध्न सक्छौ । सर, हिजो मैले बुवासँग एउटा छलफल कार्यक्रममा जाने मौका पाएको थिएँ । त्यहाँ भएका धेरै कुरा त बुझिनँ तर हामीले नुनमा प्लाष्टिक खाइराखेका छौ भन्ने सुने । के यो कुरा साँचो हो सर ? प्लाष्टिक खाएर कस्तो असर हुन्छ हामीलाई ?

 

Photo source: https://www.youtube.com/watch?v=3SdfdkF6imA

ओहो ! राम तिमीले राम्रो कुरा सोध्यौ । मैले यस बिषयमा केही ज्ञान आर्जन गरेको छु, जानेको कुरा तिमीहरूसँग बाँड्ने छु । तिमीहरू भन्न सक्छौ हामीले खाने नुन कहाँबाट आउने गर्छ ? पछाडिबाट योगेन्द्र उत्तर दिन्छन्ः पहिला पहिला भोटबाट ल्याइन्थ्यो तर अहिले धेरै ठाँउबाट आँउछ । त्यो त ठीक हो तर के बाट बनाईन्छ ? शिक्षक सोध्छन् । हिजोआज हामीले खाने नुन समुद्रको पानी सुकाएर तयार गरिन्छ भनेर सुनेको थिए, अर्का विद्यार्थी थप्छन् । नुन बाहेक समुद्रमा के पाइन्छ ? उत्सुकताका साथ योगेन्द्र भन्छन्, समुद्री जनावर र बोट बिरुवा । अरु के के पाईन्छ ? एक विद्यार्थीले जिस्कँदै भने प्लाष्टिकै प्लाष्टिक सर । कक्षाका सबै विद्यार्थी गल्ल हाँस्छन् । हो ठीक भन्यौ, प्लाष्टिक नै हो । हिजोआज विश्वभरका समाचारमा समुद्रको पानीमा प्लाष्टिक प्रदूषण भएको हामीले पटक पटक सुनेको छौं हैन त ? हो सर मैले पनि यस्ता समाचार धेरै नै पढेको छ,ु राम भन्छन् तर नुनमा प्लाष्टिक चाहिँ कसरी हुन्छ नि सर ?
हामीले प्रयोग गरी फालेका प्लाष्टिकहरू पानीको माध्यमबाट समुद्रको सतहमा वा पिधंमा पुग्छन् । धेरै समय पानीमा रहँदा वा समुद्रमा पुग्ने क्रममा सानोसानो टुक्रामा पनि परिणत हुन्छन्् । पाँच मिलिमिटर वा सोभन्दा सानो टुक्रालाई माइक्रोप्लाष्टिक भनिन्छ । यी स—साना प्लाष्टिकका टुक्राहरू पछि गएर आँखाले नदेख्ने अझ साना टुक्रामा परिणत हँुदै जान्छ र समुद्रको पानीमा घुलिएर बस्छ । नुन बनाउने क्रममा समुद्रको पानी संकलन गरी बाष्पीकरण गराई नुन संकलन गरी बजारमा बेचिन्छ । त्यही नुन किनेर हामी हाम्रो भन्छामा ल्याउछौ र तरकारीमा र दालमा हाल्छौं । यी तरकारी र दाल खाँदा नुन सहित माइक्रोप्लाष्टिक हाम्रो पेटमा पुग्छ र अत्यन्त सानो कण भएको नुन जस्तै हाम्रो रगतमा मिसिन जान्छ ।

Photo source: http://animalia-life.club/other/tiger-food-chain.html

फेरि नूनबाट मात्रै हैन् । तिमीहरूले खाद्यचक्र भनेको त पढेको छौ नि हैन ? हो सर, खाद्यचक्रबाट एक प्राणीबाट अर्को प्राणीमा पोषण तत्व स्थानान्तरण हुन्छ । घाँस बाख्राले खान्छ, बाख्रालाई ब्वाँसोले खान्छ । ब्वासोलाई बाघले खान्छ र यी सबै मरेपछि यिनको शरीरमा भएको पोषण तत्त्व ब्याक्टेरियाको मद्दतले फेरि माटोमा पुग्छ र बोट बिरुवाले सोसेर लिन्छ । यसरी पोषण तत्त्व एक जीवबाट अर्कोमा जाने प्रकृयालाई खाद्यचक्र भनिन्छ हैन सर ? ठीक हो । हामीले गरेका प्लास्टिक प्रदूषणले माटोमा यी माइक्रोप्लास्टिकको मात्रा बढाएको छ र यो बोट बिरुवाले सोसेर माइक्रोप्लास्टिकलाई खाद्यचक्रमा पुर्याउँछ र यी बोट बिरुवाको फल वा तरकारी खाँदा माइक्रोप्लास्टिक हाम्रो शरीरभित्र पुग्छ । कतिपय अध्ययनले त माटोमा रहेका यी माइक्रोप्लास्टिक जमिनमूनिको पानीमा पनि मिसिएको बताएका छन् । यी जमिनमुनिको पानी हामीले पिउन प्रयोग गर्छौँ । क्लोरीन भन्ने एक प्रकारको रसायनसँग मिसिएको प्लाष्टिकका टुक्राहरू माटोभित्र छिरेर जमिनमूनिको पानी प्रदूषित गर्छ । हामीले नाइलन र प्लाष्टिकले बनेको लुगा धुँदा वा पखाल्दा पनि यस्तो सानो प्लाष्टिकका कण हाम्रो पानीको श्रोतमा मिसिन पुगेको छ र यही पानीको माध्यमबाट हाम्रो खाद्यचक्रमा मिसिन पुगेको छ । 

यो त भयो प्लाष्टिकका कण हाम्रो शरीरमा कसरी पुग्यो भन्ने कुरा तर मानिसलाई माईक्रोप्लाष्टिकले कसरी हानी गर्छ त सर ? एक विद्यार्थी प्रश्न गर्छन् ।

पहिला त यस्ता किसिमका प्रदूषणले वातावरणमा कसरी हानी गर्छ भन्ने जानौं । तिमीहरूलाई थाहा नै छ, प्लाष्टिकले जमिनमा र समुद्रमा बस्ने सबै प्रकारका जीवजन्तुको अस्तित्वमा खतराको संकेत ल्याइसकेको छ । प्लाष्टिक खाएर कतिपय जीवजन्तु भकाभक मर्न थालेका छन् । बैज्ञानिकका अनुसार यी साना प्लाष्टिकका कणले बिमारी फैलाउने रोगका किटाणुहरू ओसार्ने काम गर्दछ । माटोमा प्लाष्टिकका टुक्र आफँै पनि राम्रो होइन । यसले गड्यांैला र अरु किसिमका जीवजन्तु, जसले माटो बनाउँछ, को काममा बाधा पुर्याउँछ । तिमीहरूलाई थाहा छ महिलाहरूले राम्रो देखिन के लगाउँछन् ? राम्रो लुगा लगाँउछन् र कपाल पनि राम्रो बनाउँछन् सर । अरु पनि केही गर्छन्, कोही बताउन सक्छ ? एक विद्यार्थी जवाफ दिन्छन्ः राम्रो मेकअप गर्छन् । हो, मेकअपमा प्रयोग भएका ससाना आँखाले नदेख्ने कणले अनुहारमा चमक दिन्छ र चाउरी हटाउँछ भनिन्छ । तर यसरी मेकअपमा प्रयोग भएका प्लाष्टिकका कणहरू छालाबाट छिरेर सजिलै सँग रगतमा मिसिन्छन् । त्यस्तै नुन र खाद्यचक्रबाट शरीरमा छिरेका प्लाष्टिकका कणहरू पनि अन्तमा रगतमै पुग्छन् र रगतको अक्सिजन बोक्ने क्षमता र अरु काममा बाधा पु¥याउछन् । मानिसको शरीरमा प्लाष्टिकका कणहरूले कस्तो क्षती पुग्छ भन्ने कुरामा विश्वभरी नै धेरै अनुसन्धान भैराखेको छ । बैज्ञानिहरूले यस्ता कणले मानिस र अन्य प्राणीको शरीरमा हुने रसायनहरूमा परिर्वतन ल्याउने कुरा आंैलाएका छन् जस्ले बंशाणुमा पनि परिर्वतन ल्याउन सक्छ । माछामा गरीएको एक अध्ययनले माछाको मस्तिस्कमा हुने रगत संचारमा प्लाष्टिकका कणहरूले अवरोध ल्याइएको पाइयो । प्लाष्टिकको टुक्रा बाल्दा विषालु ग्याँसहरू निस्कन्छ भने त्यही प्लाष्टिक खाएर हाम्रो शरीरको रगतमा छिरेर कति हानि गर्दो हो, हैन त ? बिना अध्ययन यसै हो भन्न गाहे हुन्छ त्यसैले धेरै अन्तिराट्रिय संघ संस्थाहरू यसमा लागेका छन् सबुत जुटाउन ।

यस्तो जीवजन्तुलाई नै खतरामा पार्ने कस्तो चिज बनाएका रैछन् बैज्ञानिकहरूले ! एक बिद्यार्थी टिप्पणी गर्छन् । तिमीहरूलाई थाहा छ, पहिलो पटक प्लाष्टिक सन् १९०७ मा प्रयोग भएको थियो । यसका धेरै नै राम्रा गुणहरू छन् जसले गर्दा यसले लोकप्रीयता पादै गयो । बनाउन र प्रयोग गर्न कम खर्च, जस्तो आकारमा पनि बनाउन सकिने साथै हलुका (रकेट, पानी जहाज, हवाई जहाज आदि बनाउन सजिलो) पनि भएकोले दोश्रो विश्व युद्घपछि ब्यापारिक रूपमा प्रयोग हुन थाल्यो । प्लाष्टिक नहुँदा काठ, ढुङ्गा, जनावरका हाड र सिङ्ग, फलाम, सिसा र सेरामिक प्रयोग हुन्थ्यो । यसको एउटा मात्रै नकरात्मक पक्ष भनेको प्लाष्टिक आबिस्कार गर्ने बैज्ञानिकले प्लास्टिकले भविष्यमा ल्याउन सक्ने क्षतीको परिदृष्य देख्न सकेनन्, देखेका भए अरुनै केहि उपाए गर्थे होलान् । तर अब तिमीहरूले यसको उचित प्रयोग र बिकल्पको उपाए निकाल्नु पर्छ । जिम्मेवारी तिमीहरूको को छ । हो सर, हामीले यसको उपाए निकाल्नु पर्छ, एक विद्यार्थी थप्छन् । सर, खाद्यचक्रसँग मिलेर हामीले बिरुवामा हाल्ने बिषादि पनि खाइराखेका छाँै भनेर पढेको थिएँ, यसबारे पनि केही बताईदिनु हुन्छ कि !

आजको छलफलले त हाम्रो कक्षाको पूरै समय गएछ, हेर त समय पनि सकिएछ । फेरी अर्को हप्ताको कुनै दिन कुरा गराँैलां । आज नुन र पानीमा कसरी प्लाष्टिक आयो भन्ने कुरा बुझ्यौ हैन ? हो सर, सबै विद्यार्थी एक साथ उत्तर दिन्छन् । शिक्षक कक्षाकोठाबाट बाहिर निस्कन्छन् ।

Facebook Comments