परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

भोलि जेठ २२ गते सार्वजनिक विदा

काठमाडौं । नेपाल सरकारले भोलि बुधबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ । मुस्लिम धर्मावलम्बीहरूको पर्व ‘इद उल फित्र’ को अवसरमा सरकारले भोलि विदा दिने निर्णय गरेको हो ।

यसअघि मन्त्रिपरिषद्को बैठकले बिहीबार इदुल फित्रको सार्वजनिक बिदा बिहीबार दिने निर्णय गरेको थियो ।

तर, मुस्लिम आयोगको सिफारिसमा भोलि नै बिदा दिने भएको गृह मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

चन्द्रमाको अवलोकनका आधारमा इद मनाइने भएकाले बुधबार नै बिदा दिन सरकारलाई अनुरोध गरिएको मुस्लिम आयोगले जनाएको छ ।

Facebook Comments