परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

प्रधान सम्पादककी माता भागिरथा मैनालीको अन्त्येष्टि सम्पन्न

यस परिसंवाद् डट कम का प्रधान सम्पादक/बरिष्ठ पत्रकार रघु मैनाली, वरिष्ठ पत्रकार मोहन मैनाली र श्रब्यदृश्य पत्रकार सुशील मैनालीकी ममतामयी माता भागिरथा मैनालीको आज विधिपूर्वक पशुपति आर्यघाटमा अन्त्येष्टि सम्पन्न भएको छ ।

उहाँको हिजो साँझ ८७ वर्षको उमेरमा काठमाडौँमा निधन भएको थियो । उहाँलाई छोराहरू त्रिलोचन मैनाली, गुरु मैनाली, मोहन मैनाली, रघु मैनाली र सुशील मैनालीले आज पशुपति आर्यघाटमा दागबत्ती दिनुभएको थियो थियो । अन्तिम दर्शन र श्रद्धाञ्जलिका लागि नेकपाका नेता राधाकृष्ण मैनाली, नेकपा मालेका महासचिब सीपी मैनाली, नेपाल पत्रकार महासङ्घ, अमार्क र अकोराबका पदाधिकारीहरूका साथै ठूलो सङ्ख्यामा पत्रकारवर्ग र आफन्तजनहरू हाँडीगाउँस्घथित निवास र आर्यघाटमा पुगेका थिए ।

 

 

Facebook Comments