परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

प्रधानमन्त्री ओली विद्यावारिधिबाट सम्मानित

मान–सम्मान

काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण कोरियाली विश्वविद्यालयले प्रदान गरेको ‘मानार्थ विद्यावारिधि’ उपाधि ग्रहण गर्नुभएको छ । सानो भ¥याङस्थित नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा आयोजना गरिएको भव्य समारोहबीच दक्षिण कोरियाको “काङनाम विश्वविद्यालय” ले प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति ओलीलाई मानार्थ विद्यावारिधि उपाधि प्रदान गरेको   हो ।

“काङनाम विश्वविद्यालय” दक्षिण कोरियाको आयोजना र त्रिभुवन विश्वविद्यालयको सहआयोजनामा सम्पन्न सो कार्यक्रममा प्रधानमन्त्री ओलीलाई उहाँले आफ्नो जीवनको लामो कालखण्ड राजनीतिमा समर्पण गरेको, माआवादीलाई शान्तिपूर्ण बाटोमा ल्याउन र देशमा गणतन्त्र स्थापना गर्न लगायका अनुकरणीय राजनीतिक सफता हासिल गरेको कदर स्वरुप काङनाम विश्वविद्यालयले राजनीति शास्त्रको मानर्थ विद्यावारिधिबाट सम्मानित गरेको हो ।

काङनाम युनिभर्सिटीका अध्यक्ष डा. सिनिल युनले प्रधानमन्त्रीलाई उपाधि प्रदान दिनुभयो । ओलीले ग्रहण गर्नुभएको यो तेस्रो मानार्थ विद्यावारिधिको उपाधि हो ।

उपाधि ग्रहणपछि बोल्दै प्रधानमन्त्री ओलीले आफूले पाएको मानार्थ विद्यावारिधि कोरियाले सम्पूर्ण नेपालीलाई गरेको सम्मानका रुपमा लिएको बताउनु भयो । उहाँले भन्नुभयो- यो सम्मान मेरो व्यक्तिगत होइन, सम्पूर्ण नेपालीको सम्मान हो ।

Facebook Comments