परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

मिडिया काउन्सिल विधेयक विरुद्ध भिरघरेको बेजोड भासन

फुटानी

एकाविहानै गाम भरि उर्दी भयो “अाज दिनको एक बजे फिर्के बजार लाग्ने चौरमा भेला हुनु होला ।” किन, केको लागि भन्ने बुझ्न पनि पाइएन । उर्दी लगाउने मान्छे माथिबाटै कराम्दै गयो । ठूला बडानेताहरू अाएर भासन गर्ने ठामै बोलाएपछि नजाने भन्ने कुरै छैन । गइयो १०/१५ जनाको हुल भएर । हामी पुग्दा सय- डेढ सय मान्छे भेला भै सकेका रान ।

ब्यानरमा यमानको अक्षरमा “मिडिया काउन्सिल विधेयक विरुद्धको महा भेला” लेखिएको थियो । त्यसको अलि तल भने “वक्ता — युवा नेता भिरघरे” लेखेको देखिन्थ्यो । कत्रोन ठूलो नेता अाम्छ र बेजोड भाषन गर्छ भनेर सुन्न अाएकाहरू मेरै भतिज भिरघरेको भाषन सुनेर जाने भए । उद्घोषक र`छ हाम्रै रछ्याने माइलो । सानो हाते माइक समातेर नजिकका मान्छे तर्सिने गरि रछ्याने बोल्न थालिगो त !अादरनिय जनसमुदाय ! अाज हामीले यो सरकारका विरुद्ध, यो सरकारले गरेका कामको विरुद्ध अनि यसले हालै राष्ट्रिय सभामा पेस  गरेको मिडिया काउन्सिल विधेयक विरुद्धमा घनघोर अान्दोलनको विजारोपण गर्न गइरहेका छौं । हाम्रो यही फिर्के चौरको महा भेलाले वर्तमान सरकार पूर्ण असफल भएको र यो सरकारले राम्रो काम गरे पनि त्यो हाम्रो लागि मान्ने नहुने घोषनासमेत गर्ने छ ।

यस्तो ठाम्काठाम खुत्रुक्कै पार्ने विधेयक पनि ल्याम्न मिल्छ ? हरे शिव ! यो सरकार के हेरेर बस्छ हँ ! त्यो विधेयक ल्याम्नेलाई ठाम्काठाम समात्नद पर्दैन ? यो मुलुकमा शान्ति सुरक्षा छैन भन्ने पुरै प्रमाणित भयो । राष्ट्रिय सभाबाट फिर्ता लानुपर्छ । पहिला त त्यसमा जेल हाल्ने बुँदापनि छ भन्दै थ्यो पत्रकारहरू । छ भनेपछि नभए पनि छ भन्नुपर्छ । किन लत्रिने योसरकारसँ? अब एक दुईटा बुँदा फेरेर त्यो केजाति छनि जरिवाना त्यो हटाएर पास गर्न सक्छ । त्यसो गर्न दिनै हुदैन ।

रछ्याने माइक फोर्छ कि जस्तो गरेरजोडले कुर्लियो । एकछिन पछि चरनेको सभापतित्वमा भाषन सुरु भयो। अनि हाम्रो भतिज भिरघरे बडो गम्भीर मुद्रामा, अत्यन्तै पीडाबोध भएको भावभङ्गिमा देखाउदै बोल्न थाल्यो है ।–यो सरकारले खत्तम पारो । युवालाई विदेश जानबाट रोक्ने र यहीं काम दिने भन्दै छ । हामी ठोकेर दाह्रा किटेर भन्छौ, यसो गर्न पाइँदैन, हामी दिदैनौ । जेसुकै मनपरि गर्ने ? हेर्नुस् त त्यो उ गरेर । हामी त्यो उ गर्न दिदैनौ । देशमा काम नपार युवा जमात विदेश पलायन भै´रा छ, रोक्नु पर्दैन ? अार्कोतिर जनसमुदायको ध्यान मिडिया काउन्सिल विधेयकतिर गै`राको छैन । यो झन डरलाग्दो भामरी अाउदै छ । यो अायो भने बाँच्न पाउने सम्भावना नै छैन । ठाउँको ठाउँ मार्छ भने जस्तो गरि पत्रकारले नैभनी सकेको छ ।

यस्तो ठाम्काठाम खुत्रुक्कै पार्ने विधेयक पनि ल्याम्न मिल्छ ? हरे शिव ! यो सरकार के हेरेर बस्छ हँ ! त्यो विधेयक ल्याम्नेलाई ठाम्काठाम समात्नद पर्दैन ? यो मुलुकमा शान्ति सुरक्षा छैन भन्ने पुरै प्रमाणित भयो । राष्ट्रिय सभाबाट फिर्ता लानुपर्छ । पहिला त त्यसमा जेल हाल्ने बुँदापनि छ भन्दै थ्यो पत्रकारहरू । छ भनेपछि नभए पनि छ भन्नुपर्छ । किन लत्रिने योसरकारसँ? अब एक दुईटा बुँदा फेरेर त्यो केजाति छनि जरिवाना त्यो हटाएर पास गर्न सक्छ । त्यसो गर्न दिनै हुदैन । तर, हाम्रा पत्रकारहरूप्रति मेरो र मेरो पार्टीको पूर्ण विश्वास छ । बुँदा संशोधन, परिवर्तन वा बुँदा हटाउने होइन विधेयक नै खारेज गर्ने अान्दोलन गर्नुपर्छ । मालिक संपादकहरू त झन जोडतोडलेे लाग्नेनै छन्त्यो नमालिक संपादकहरूलाई पनि नैतिकता कुल्चदै अगाडि बढ भन्नुपर्छ । त्यो न्यूनतम पारिश्रमिकको कुरो जो छ त्यो लागू गर्ने कुरै अाउदैन । किन लागू गर्ने ? किन लागू गर्ने ? कसले भनेर लागू गर्ने ? सरकारले जेजे भन्यो त्यही मान्नुपर्छ भन्ने छ ? अहिलेसम्म सरकारी मिडियामा बाहेक अरु कुन मिडिया हाउसले न्यूनतम पारिश्रमिक दे`को छ देखाअोस त यो सरकारले ? उहिले देखिनको घोषणा गरेको न्यूनतम पारिश्रमिकको विषयलाई चिलिमच्वाँट बनाउन सक्ने तपाईं संपादकहरू धन्यवादका पात्र हुनुहुन्छ । विषेश गरि ठूला मिडियाका बड्के संपादक ज्यूहरूलाईफेरि पनि अनुरोधगर्दछु कि यो विधेयक तपाईंहरू अाफैले लेखेको भए पनि त्यो कुरो गोप्य राखेर “फिर्ता हुनैपर्छ” भनेर चर्को स्वरले कराउनु होस् । अनि तपाईंहरूले अर्को मुद्दा पनि उछाल्नुपर्छ त्यो के भने ऐन मौकामा “न्यूनतम पारिश्रमिक लागू गर्न पाइँदैन” भनेर पनि परक्क बटारिनुपर्छ ।

न्यूनतम पारिश्रमिक दिनुपर्छ भनेर सरकारले भन्न मिल्छ ? जब कि ठूला मिडिया हाउसका पत्रकार चुइँक्क बोलेका छैनन् । किन बोल्ने ? बोलेपछि सरकारको समर्थन गरेकोठहरछ भन्ने कुरा सबै पत्रकारले बुझेको छ । अरु जे सुकै होस् विधेयक फिर्ता हुनुपर्छ,  होइन भने फर्लङ्गै पारेर सरकार ढालिन्छ । त्यो न्यूनतम भन्ने जो छ यही बेला त्यो पनि फिर्ता हुनुपर्छ । अन्यथा पत्रकार मित्रहरू “हात्ती लम्किदै गर्छ, कुकुर भुक्तै गर्छ” । हाम्रो के नापिन्छ । यति भन्दै मेरो सारगर्वित र ऐतिहासिक भाषन यहीँ टुङ्याउँछु । जय नेपाल ।

हैट हेर्दाहेर्दै मेरो भतिज भिरघरे पनि गजब भाषन गर्ने भो । मैले त केही बुझ्दै बुझिन अरुले के बुझो होला खै ! एकजनाले “भिरघरेले बडो बौद्धिक भाषन गर्नु भो” भनेपछि पो मैले नबुझेको ठिकै र`छ भनेर थाहा पाएँ । हैट हाम्रो नेपालमा अान्दोलन कस्ताकस्ता र भाषनवाज कस्ताकस्ता ! लौ सबैको जय होस् ।

Facebook Comments