परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

दर्शन शास्त्र उपनिषद्को रचना प्रयोजन

भारतीय उपमहाद्वीपमा वैदिक धर्म र सभ्यताका साथ उत्तर पश्चिमबाट पूर्ब र दक्षिणतिर फैलदैँ गएका आर्यजातिले प्रारम्भमा शहरी सभ्यतालाई ध्वस्त बनाएर लूटपाट मच्चाएको प्रमाण मोहनजोदडो र हडप्पाको उत्खनन्बाट फेला परेका नगरका अवशेषले मात्र बताएका छैनन्, प्राचीन ग्रन्थ वेद, पुराणहरुमा आर्यका देवता इन्द्र र शिवलाई बडो सम्मान र गर्वका साथ पुरन्दर अथवा त्रिपुरारि भन्ने नाम दिएर आर्यहरु शहर विरोधी शहर ध्वस्त पार्ने परम्पराका अनुयायी थिए भन्ने पुष्टि गरिएको छ । तर यो शहर ध्वस्त पार्ने उनीहरुको प्रारम्भिक सभ्यता गङ्गाको मैदानसम्म आईपुग्दा परिवर्तन भयो र अयोध्या, मथुरा, माया, काशी, कान्ची, अवन्तिका, पुरी र द्वारावतीश्चैव अष्टैते मोक्षदायका भनेर शहरलाई मुक्ति दिने ठाउँ भनेर पाठ गर्न थालेका थिए ।

यी आठ शहरसम्म पुग्दा यज्ञ सभ्यताका देवगणहरु आर्यजातिमा परिणत भैसकेका थिए । अर्थात् जातिका रुपमा विकसित भएकाले यिनमा सामाजिक सम्बन्धको व्यापकता पाइसकेको थियो । राज्यसत्ता विकसित भैसकेको थियो । खेती, व्यापार जस्ता पेशाको विकासले समाजमा स्थिरता त भयो नै वर्गहरुको नयाँ संरचना र नयाँ सम्बन्ध पनि देखा परे । त्यसबेलाको सभ्यतामा विजातीय मानव समूह (गण) बाट आत्मसुरक्षा र धनसम्पत्तिको अभिबृद्धिका लागि तिनलाई परास्त गरेर तिनको जनशक्तिलाई छिन्न भिन्न पारी वशमा राख्नु र गाई वस्तु, चौपाया, दास दासी, आभूषण र कपडा घरवार लुटेर आफ्नो अधीन पार्नु जातीय पुरुषर्थ थियो । त्यस क्रममा समय–समयमा युद्ध भइरहन्थे । यस्ता युद्धमा कुनै गण या जातिले जितेमा आफू पनि दास बन्नैपर्दथ्यो । विजातीय गणसँगको युद्धमा ऊ आफूभन्दा बलियो छ भने उसलाई यज्ञ भाग अर्थात् कर तिरेर उसलाई देवताका रुपमा स्वीकार गरेर पनि आर्यगणले आफ्नो सभ्यता र स्वतन्त्रता जोगाउन सम्झौता गर्दथे । रुद्र गण, पणि र खसहरु यसका प्रमाण हुन् । तर जसले आर्यबाट युद्ध हाथ्र्यो त्यो दस्यु या दास नै हुन्थ्यो । भारतीय उपमहाद्वीपको जातीय समावेशीकरण प्रकृया यसरी नै सञ्चालन हुँदै आएको हो ।

तर काञ्ची, कामकोटी, अवन्तिका, पुरी, द्वारावतीको विकास हुँदासम्म नयाँ गणहरुलाई बसमा पार्ने र धनसम्पत्ति हात पार्ने पुरानो पद्धतिले काम गर्न छोडेको थियो किनभने अङ्ग, बङ्ग कलिङ्गसम्म विस्तार भए पछि विस्तार रोकिएको थियो भने भारतभर फैलेका वैदिक सभ्यताका अनुयायीहरुका अनेक राज्य राजा रजौटा देखापरिसकेका थिए । यता समाजको आदिम स्वामी वर्ग पुरोहित ब्राम्हण र तिनको हित रक्षाका लागि खडा भएको राज्यसत्तासीन राजाहरुको वर्गीय सोच पुरानै थियो । अर्थात् उनीहरुको आवश्यकता र्पूिर्तको माध्यम अर्को समूहबाट जवर्जस्ती छिनेर ल्याएका दास दासी, गाई, घोडा, आभूषण हात पार्ने नै थियो । एकातिर समाजमा व्यापार र कृषिको विकासले त्यस्तो युद्ध नचाहने विश (वैश्य) वर्गको उदाए भएको मात्र थिएन, आदिम स्वामी वर्गलाई यज्ञ भागको रुपमा सम्पत्ति दान गर्दा गर्दा विद्रोही समेत बन्न लागेको थियो । समाजमा आदिम स्वामी वर्गभन्दा धनी र शक्तिशाली विश वर्ग पनि उदाइसकेको थियो ।

यस्तो अवस्थामा आफ्नै आर्य जातीय सभ्यताका राज्यहरु परस्परमा अर्कोलाई अनार्य, दस्यु, असुर भनेर राज्यसत्तामा हावी रहेको स्वामी वर्ग युद्धका लागि लालायित भए । जसको कारण महाभारत युद्ध भयो । महाभारतका पात्र र बर्णन परवर्ती लेखकको समयको भए पनि भारतीय उपमहाद्वीपका राजाहरुले युद्ध गरेको इतिहास सत्य हो । कुरु क्षेत्रमा होस् वा जहाँ होस् त्यो युद्धमा आदि स्वामी वर्ग ब्राम्हण पुरोहितहरुले आफूलाई देवताको प्रतिनिधि, शक्तिको उपाशक, प्राकृतिक शक्तिको विज्ञ भन्ने दावी गरेर आफ्नो राज्यका राजालाई युद्धमा सफलता निश्चित हुने विश्वास दिलाउँदै अनेक यज्ञ अनुष्ठान र वैदिक कर्मकाण्ड पनि गराएर उकास्ने र उराल्ने गरेका थिए । त्यो युद्धको समय वैदिक कर्मकाण्डको स्वर्ण युग थियो । यस अवधिमा पुरोहितहरु मलामाल भए, आधुनिक युगका सिनेमाका मालिक, कलाकारहरु र धनी समाजका खेलाडीजस्तै ।

जब युद्धको अन्त्य भयो सबैको सपना भताभुङ्ग भयो । ब्राम्हण पुरोहितका कुश पानीसहितको मन्त्रको विश्वासमा परेर युद्ध लडेका राजा महाराजाहरुका गरगहना जडित मुकुट भिरेका लास रणभूमिमा स्याल गिद्ध र कुकुरले लुछ्न थाले पछि मानिसमा वैदिक देवताहरुप्रतिको विश्वास स्वत नै हराउँदै गयो । पुरोहितहरुले जताततै यज्ञका नाममा नरवलि पशुवलि यसरी दिएका थिए कि विजया दशमीताका पूर्वी तराईको गढी माईमा दिइने वलिले के भेट््यो होला र ? त्यसपछि पुरोहित वर्गले समाजलाई उल्लु बनाएको र नोक्सान पु¥याएको हुँदा तिनीहरुप्रति वितृष्णा जाग्नु स्वाभाविक थियो ।

अन्य आकर्षणहरू

धर्म परिवर्तन

बुढ्याइँ दुखेको छ मेरो !

च्यातिएको रुपियाँ

मिलेन दक्ष सारथी

यस्तो अवस्थामा आफ्नै आर्य जातीय सभ्यताका राज्यहरु परस्परमा अर्कोलाई अनार्य, दस्यु, असुर भनेर राज्यसत्तामा हावी रहेको स्वामी वर्ग युद्धका लागि लालायित भए । जसको कारण महाभारत युद्ध भयो । महाभारतका पात्र र बर्णन परवर्ती लेखकको समयको भए पनि भारतीय उपमहाद्वीपका राजाहरुले युद्ध गरेको इतिहास सत्य हो ।

इन्द्र महाराज, अश्विनी कुमार, वसुगण जस्ता सबै वैदिक देवता अब शक्तिका श्रोत मानिन छोडे । यज्ञ नामकोे होम गरेर धर्म हुदैन, शक्ति प्राप्त हुदैन भन्ने मतहरु समाजमा देखा पर्न थाले । आदि स्वामीवर्गले यज्ञ नामको जुन उत्पादन र वितरण पद्धति थियो त्यसलाई कर्मकाण्डी बनाएर उपद्रो मच्चाएपछि त्यसप्रति वितृष्णा हुनु स्वाभाविक थियो । जसको फलस्वरप केही वर्ष पछि नै एकातिर समाज कल्याणकारी धर्मका लागि आचरण नियममा जोड दिँदै जैन र बुद्ध धर्मको प्रचार प्रसार हुन थाल्यो भने अर्कातिर त्यही आदिम स्वामी वर्ग ब्राम्हणहरुमा पनि शक्तिको श्रोतबारे वैदिक अवधारणाभन्दा भिन्न नयाँ नयाँ चिन्तन देखापर्न थाले । स्वाभाविक रुपमा समाजको आदिमकाल देखि नै आर्थिक र साँस्कृतिक रुपले उन्नत रहेको स्वमी वर्ग ब्राम्हणको सोच गहिरो हुनु स्वाभाविक थियो । यस वर्गको पुरोहितसम्बन्धी व्यवसायमा ह्रास आयो । यसका साथै उनीहरुको सोच र चिन्तनमा पनि परिवर्तन आउन थाल्यो । वैदिक कालका देवताको स्वभाव र प्रकृति मानिसको जस्तो तर अद्भूत शक्तिको थियो । त्यसबेलासम्म सृष्टिका कथा बेग्लै थिए ।

तर अब संसार र ब्रम्हाण्ड बारेमा बृहतरुपमा वैज्ञानिक ढंगले सोच्न थालियो । पुरानो सोच प्रारम्भिक प्रकारका थिए भने नयाँ सोचमा धेरै परिष्कार देखापर्न थाले । यतिमात्र होइन नयाँ सोचले पुराना सोचमा नयाँ बिम्बको कल्पना गरेर पुरोहित वर्गको कार्यलाई औचित्यपूर्ण पनि बनाईदिएको थियो । नयाँ सोच बौद्धिक र तर्कसंगत पनि थियो । जसरी दोस्रो विश्व युद्धपछि युरोपेलीहरुमा समयअनुरुप चल्ने नयाँ सोच विकास भयो त्यस्तै महाभारत काल पछिका आदि स्वामी वर्ग ब्राम्हण वर्गमा पनि नयाँ सोच शुरु भएको थियो । यही सोचले उपनिषद्हरुको जन्म दियो । संस्कृत भाषाका सूत्रहरुमा नै उपनिषद्हरु पनि लेखिएका छन् । त्यसबेलासम्म लिपिको अविष्कार भएको अनुमान छ तर लिपिलाई स्थायी रुप दिने विधि विकसित नभइसकेकाले त्यो नष्ट भएर जान सक्छ भनेर नै संस्कृतका यी र यस्ता पुस्तकहरु सूत्रवद्ध हुने गर्थे र घोकेर कण्ठस्थ पारी पुस्तान्तरण गर्ने चलन थियो । सबै उपनिषद्हरुमा आत्मा परमात्मा, सृष्टि, सृष्टिको सञ्चालन, सृष्टिका तत्वहरुको व्याख्या र बर्णनबाट मानिसलाई कसरी सुख र शान्ति वा भनौ जीवनको परम आनन्द प्राप्त हुन सक्छ भन्ने कुरामा बढी जोड दिएको पाइन्छ । उपनिषद्मा यज्ञ भनेको वैदिक कर्मकाण्ड मात्र होइन, यो त विराट विश्व सञ्चालनको एउटा प्रकृया हो भनेर यज्ञप्रतिको आस्थालाई पुनर्जीवित गर्न पनि खोजिएकोछ । उदाहरणका लागि उषा वा अश्वस्य मेध्यस्य शिरः (आरण्यक उपनिषद्) ।

उपनिषद्हरुमा संसारको सृष्टि स्थिति, प्रलयमा परमात्माको सचेत भूमिकालाई सबैतिर स्वीकार गरिएकोछ । तर विभिन्न उपनिषद््मा परमात्माको स्वरुपका बारेमा विभिन्न रुप छन् भन्ने अलग अलग व्याख्या गरेको पाइन्छ । कसैले परमात्मालाई सक्रिय चरित्रको भनी बर्णन गरेका छन् भने कसैले यसलाई केवल निराकार निस्कृय नै मानेका छन् । कसैले परमाणुजस्ता शक्तिलाई नै परमात्मा मानेर त्यसलाई केवल सचेतन तत्व मानेका छन् त कसैले कर्मको फल तोक्ने काम पनि परमात्माकै हो भन्ने निचोड दिएका छन् । यहाँसम्म कि द्वन्द्वात्मकतालाई पनि कतिले स्वीकारेका छन् तर सबैले अध्यात्मवादलाई नै समातेर भौतिकवादलाई नकारेका छन् । ब्रम्ह वा परमात्मालाई बुझ्नु र चिन्नु नै ठूलो कुरा हो । होम तप आदि गरेर केही फल पाइदैन । यी त लोभीले गर्ने काम हुन् बाहुनले होइन भनेर बृहद् आरण्यक उपनिषद्मा गार्गीलाई याज्ञबल्कले भनेका कुरा यसरी लेखिएको छ– यो वा एतदक्षरम्गाग्र्य विदित्वास्मिन् लोकेजुहोति यजतेतपस्तप्यतेबहुनि बर्ष सहस्राण्यन्तवदेवास्य तद्भवति योवा एतदक्षरम् गाग्र्य विदित्वास्माल्लोकात्प्रैति स कृपणोथ य एतदक्षरम् गार्गी विदित्वास्माल्लोकात्प्रैति स ब्राम्हणः ।

Facebook Comments