परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

एउटा विलक्षण सिर्जनाः नाटक मितिनी

विशिष्ट कृतिको संयोग पनि अभूतपूर्व हुँदोरहेछ । यस्तै एउटा विशिष्ट संयोगको कृति हो– मितिनी । मितिनीको पहिलो अवतार रेडियो नाटकका रुपमा देखा प¥यो । सन् २०१६ देखि करिव अढाई वर्षसम्म देशका झण्डै ६० वटा सामुदायिक रेडियोबाट हरेक हप्ता प्रशारित भयो । सामुदायिक रेडियो सहयोग केन्द्र÷नेपाल वातावरण पत्रकार समूहको पहल र सिविन, रेष्टलेस नेपाल, फ्रि प्रेस अनलिमिटेड, दि नेदरल्याण्ड तथा डान्स फर लाईफको सहयोगमा उत्पादित÷प्रशारित यो नाटक नेपालमा बालबिवाह विरुद्धको जागरण अभियानको सशक्त हिस्सा थियो ।

करिब पाँच वर्ष अघि सेयर काष्ट नामक संस्थाले नेपालमा गरेको एक श्रोता सर्वेक्षणको नतिजा रेडियोकर्मी तथा रेडियो अभियन्ताका लागि अशुभ सन्देश थियो । सो सर्वेक्षणको एउटा नतिजा थियो– “नेपालमा रेडियो नाटक डेढ प्रतिसतले मात्र सुन्न रुचाएको पाइयो” । प्रशारण माध्यमको अत्यन्त लोकप्रिय स्वरुप नाटकप्रति श्रोताको यस्तो प्रतिक्रिया साँच्चै अपत्यारिलो र अनपेक्षित थियो । यो नतिजामाथि रेडियोकर्मीका नाताले घोत्लिँदा विकासे संस्थाहरुले आफ्ना सन्देश दिन अत्यधिक मात्रामा कार्यक्रमको यही स्वरुप प्रयोग गरेको अवस्था फेला प¥यो । तर उनीहरुका कार्यक्रममा नाटक भन्न मिल्ने केही अंश थियो भने त्यो थियो– केवल संवाद, बाँकी न कथानक थियो, न चरित्र निर्माण, न त निर्देशकीय पक्ष थियो न त सौन्दर्य चेतना नै । बस् थियो– संवाद र सन्देशका नाममा एकोहोरो अर्ति–उपदेश । जसले गर्दा रेडियो नाटकलाई नै अप्रिय बनाएको हुुनपर्छ भन्ने महसुस भयो । नेपालीमा एउटा उक्ति छ– भागेर गन्तव्यमा पुग्न सकिँदैन । यो यर्थाथलाई स्वीकार गरी चुनौतिको सामना गर्नु नै एकमात्र विकल्प नेपाली रेडियोकर्मीका सामुन्नेमा थियो । त्यसैले सामाजिक जागरणको अभियानमा सामेल हुँदा अर्ति–उपदेश दिने होइन प्रभाव छोड्ने कार्यक्रम बनाउन सकिन्छ भन्ने अठोटलाई व्यवहारबाटै सिद्ध गर्न मितिनी रेडियो नाटकको परिकल्पना शुरु भयो ।

मितिनी कल्पनाका अनन्त श्रृङ्खलाहरुलाई पटकपटक केरमेट गर्दै लामो कालखण्ड लगाएर लेखिएको नाटक होइन । डेड–लाईनको साप्ताहिक दवाव र असम्भवप्राय लाग्ने परिस्थितिमा लेखिएका यी नाटक श्रृङ्खलाहरु नाटककार श्रवण मुकारुङका चुनौतिसंग रमाउन सक्ने अजिव लेखकीय विलक्षणताका सगबगाउँदा उदाहरण हुन ।

फ्रि प्रेस अनलिमिटेड र डान्स फर लाईफको सहयोगले अत्यावश्यक स्रोत पनि जुट्यो । परियोजनाको नाम अंग्रेजीमा दिइयो “सेभ द डेट” । आफैं संलग्न भएर पहल गरेको यो परियोजना अन्तरगत रेडियो नाटक उत्पादन कार्यको संयोजन र कार्यकारी निर्माताको जिम्मेवारी पनि मेरै थियो । सन् २०१५ मा मैले यो अवधारणाका बारेमा नाटक निर्देशनमा पारङ्गत अनुप बरालसंग छलफल गरें । उहाँ पनि यो चुनौति स्वीकार गर्न तयार हुनुभयो । नाटकको नाम मितिनी राख्ने निचोडमा हामी पुग्यौं । नाटकको अर्को चुनौतिपूर्ण कार्य थियो– लेखन । यसमा दुइवटा चुनौति थिए– पहिलो यो नाटक रेडियोका लागि लेख्नु थियो, थोरै पात्र र कम दृश्यहरु भएको । दोस्रो थियो– नाटकका यावत तत्वहरु– घतलाल्दा संवाद, स्वभाविक चरित्र निर्माण, प्रभावकारी कथानक, प्रतिनिधि पात्र, चोटिला नाटकीय द्वन्द्व, सटिक विम्व, ध्वनी, सङ्गीत र मौनताहरुको सुन्दर प्रयोग, भावावेग पैदा गर्ने परिवेश अनि शौन्दर्य चेतना आदि इत्यादि । यसका बारेमा अनुपजीको सहमतिमा मैले सिद्धहस्त साहित्यकार र खारिएका कवि प्राज्ञ श्रवण मुकारुङलाई प्रस्ताव राखेँ । उहाँले पनि यो चुनौति स्वीकार गर्ने वचन दिनु भयो । हामीले रेडियो नाटक कार्यक्रम उत्पादनका सिलसिलामा सामूहिक अभ्यासको रणनीति अनुसार अघि बढ्ने कार्यसंहिता तय ग¥यौं । त्यसपछि सुरु भयो, मितिनी रेडियो नाटक श्रृङ्खलाको लम्बे यात्रा । यो नाटकमा हामीले तेस्रो चुनौति आफैंलाई थप्यौं– श्रृङ्खलाबद्ध नाटक भएकाले अन्तिम सन्देश रेडियो श्रोताले कुर्न समय लाग्ने हुँदा हरेक अंकमा श्रृङ्खलाको निरन्तरता दिने सन्देश र प्रत्येक अंक विशेषको सन्देश दिने । यो चुनौतिले नाटक लेखनलाई झनै पेचिलो बनायो । सफल स्रष्टा श्रवण मुकारुङ यी चुनौतिसंग पौठेजोरी खेल्न जोसिनुभयो । पारङ्गत निर्देशक, खप्पिस तथा उर्वर लेखक, कुशल कलाकार, सिर्जनशील कार्यवातावरण र उत्कृष्टताको अभिष्ट मितिनी रेडियो नाटक सफलताको वास्तविक रहस्य बन्यो । रेडियो नाटक प्रशारणका क्रममा श्रोता, समकक्षी रेडियोकर्मी तथा नाट्यकर्मीहरुबाट नाटक सफलताका उत्साहजनक कथ्य प्रमाणहरु हामीलाई प्राप्त भएका थिए । जसले नाटकको सफलता मापनका लागि कसीको काम गरेको थियो । यी प्रमाणहरुलाई आधार लिएर भन्नुपर्दा मितिनी नाटक नेपाली समकालीन प्रशारण इतिहासमै उत्कृष्ट रेडियो नाटक थियो भन्न सकिन्छ ।

नेपाली समाजमा विगत झण्डै बिष वर्षको अवधिमा आएका सङ्गीन राजनीतिक उथलपुथल नै नाटकका पात्र, घटना र संघर्षहरुको स्थान, समय र समाज हुन् । अर्थात नाटकमा कथावस्तुको विश्वासनीता, पात्रहरुको रहनसहन र घटनाका श्रृङ्खलाहरुलाई सजीव ढंगले झल्काउन स्थापित गरिएको परिवेश माओवादी सशस्त्र द्वन्द्वकाल हुँदै २०६२÷६३ सालको परिवर्तन, संविधानसभाको चुनाव र संविधान निर्माणसम्मको कालवेला समेटिएको छ । जसले गर्दा समकालीन राजनीतिक–सामाजिक मनोदशा र प्रतिनिधि प्रसङ्गहरु बुझ्न पनि यो नाटक उक्तिकै उपयोगी छ ।

मितिनी कल्पनाका अनन्त श्रृङ्खलाहरुलाई पटकपटक केरमेट गर्दै लामो कालखण्ड लगाएर लेखिएको नाटक होइन । डेड–लाईनको साप्ताहिक दवाव र असम्भवप्राय लाग्ने परिस्थितिमा लेखिएका यी नाटक श्रृङ्खलाहरु नाटककार श्रवण मुकारुङका चुनौतिसंग रमाउन सक्ने अजिव लेखकीय विलक्षणताका सगबगाउँदा उदाहरण हुन ।

मितिनी रेडियो श्रृङ्खलाको दोस्रो अवतार मितिनी मोवाइल एप हो । मोवाइलमा यो एप डाउनलोड गरी मितिनीका सम्पूर्ण अंक सुन्न सकिने सुविधा थियो । अहिले तपाईको हातमा मितिनी नाटकको तेस्रो अवतार पुस्तक–स्वरुपमा आइपुगेको छ । बिरलै सिर्जनाहरु मात्र यसरी प्रशारणपछि पुस्तकका रुपमा प्रकाशित हुने गरेका छन् । मितिनी नाटकले बोकेको ओजपूर्ण सन्देश र शिल्पी माधुर्यले यो पुस्तक स्वरुपलाई सम्भव बनाएको हो । रेडियोमा नाटक उत्पादन गर्नेहरुका लागि यो पुस्तक पानी जहाजको दिशासूचक कम्पास झैं बन्नेछ । बाल बिवाह विरुद्धका अभियन्ताहरुका लागि अचुक अभियान सामग्री बन्नेछ । र, लेखक श्रवण मुकारुङको यो विलक्षण सिर्जनाले नेपाली साहित्य र समाजमा परैबाट छर्लङ्ग देखिने गरी आफ्नो विशिष्ट स्थान बनाउने छ ।

Facebook Comments