परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

नविन विचारक मदन भण्डारीलाई सम्झदा

स्मृतिमा मदन–आश्रित

डा. ढाकाराम सापकोटा

आज भन्दा २६ वर्षअघि नेपाल कम्युनिस्ट आन्दोलन सामु अत्यारिलो, कहालीलाग्दो र त्रासदीपूर्ण दिन लाइलाग्यो । तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित २०५० जेठ ३ गते दाशढुङ्गामा भएको एउटा रहस्यमय दुर्घटनामा परेर निधन भयो । उहाँहरुको निधनले नेपाली कम्युनिष्ठ आन्दोलनका लागि अभूतपूर्व क्षति थियो । नेपालको कम्युनिस्ट आन्दोलनमा पुगेको यो अपूणीय क्षतिले नेपालीनजलाई सदा दुःखी तुल्याई रहेको छ र रहने छ । हुन पनि विश्वमा कम्युनिस्ट आन्दोलनको छवि धमिलो हँुदै गइरहेको अवस्थामा नेपालमा भने कम्युनिस्ट पार्टी उदाउँदो सूर्यका रुपमा रहेको थियो । कम्युनिस्ट पार्टीलाई उदाउँदो सूर्य बनाउने नायक मदन भण्डारी हुनुहुन्थ्यो । उँहाले कम्युनिस्ट पार्टीमा नविनतम विचार प्रतिपादन गर्नुभयो । अनि नेपालको सन्दर्भमा पार्टीले लिनु पर्ने नीति र अप्नाउनु पर्ने जीवनशैलीका बारेमा राख्नु भएको दृष्टिकोणले विश्व जगतको ध्यान आकर्षित ग¥यो । त्यसैले त नेपालमा नयाँ माक्र्सको जन्म भएको भनी पश्चिमा मिडियाहरुले लेख लेखे । नेपाली माक्र्सले विश्व हल्लाउने देखेपछि त्यसलाई नियन्त्रण गर्न कम्युनिस्टको नाम सुन्न नचाहने शक्तिको नजर मदन भण्डारी माथि प¥यो, शायद त्यसैको परिणाम थियो जेठ ३ गते । मदन भण्डारीले यो संसार छाडेको पनि आज २६ वर्ष भएको छ । यो समयावधिमा देशमा ठूलठूला राजनीतिक परिवर्तन भए । तर पनि जनताले मदन भण्डारी विर्सन सकेका छैनन । बरु हरेक वर्ष जेठ ३ गते उँहाको सम्झना विभिन्न खालका कार्यक्रम गर्ने गरिएको पनि छ ।

जीवराज आश्रित

कुनै बेला मदन भण्डारीले राजालाई महाराज आँखा नचम्काइ बक्सियोस हात नलम्काई बक्सियोस् भनी वानेश्वरको चोकमा भाषण गर्दा त्यहाँ उपस्थित जनसमुदायले गडगडाहट तालीको फोहरा छुटेको हिजै हो झैं लाग्छ । २०४७ सालको संविधानले राजालाई निश्चित अधिकार मात्र दिएको थियो । त्यसैले मदन भण्डारीले राजालाई चाहिनेभन्दा बढी कुरामा चासो राख्ने र अधिकार लिन खोज्दा भोग्नु पर्ने परिणामका बारेमा सचेत गराउनु भएको थियो । राजाले जनतालाई साथ दिन नसक्ने हो भने राजतन्त्रको औचित्य छैन भनेर सबैले आ–आफ्ना सीमाभन्दा बाहिर जान खोज्नु कसैका हितमा पनि हँुदैन बरु सीमा नाग्न खोजीयो भने त्यसबाट आउने परिणाम भोग्न तयार हुनु पर्ने र त्यो परिणाम जस्तो पनि हुन सक्नेतर्फ संकेत गरिएको थियो । मदन भण्डारीले दरवारीया व्यवहार र शैलीप्रति जसरी संकेत गर्दै धारण राख्नु भएको थियो त्यसैगरी पार्टीका नेता र कार्यकताप्रति पनि खरो भनाई राख्नु भएको थियो । राजतन्त्र फालेर गणतन्त्र ल्याइसकेपछि जनताले शासन सत्तामा तात्विक भिन्नता पाउन सकेनन् भने त्यो झनै घातक हुन्छ भन्ने उहाँको स्पष्ट दृष्टिकोण थियो ।
आजका दिनमा नेपाली राजनीति मूलत यी दुई कुराको वरिपरी घुमेको छ । देशमा गणतन्त्र आएको पनि एक दशक पुरा भएको छ । जनताको जीवन शैलीमा यी दुई व्यवस्थामा कति भिन्नता आयो भनी खोज्नु मदन भण्डारीलाई उच्च सम्मान गरेको ठहर्छ । हुन पनि राजा फाल्न लागेका नेताहरू आफैंलाई राजा सम्झने, त्यही खालको व्यवहार जीवनशैली र सोच राखेर हिड्ने हो भने जनताका लागि राजतन्त्र र गणतन्त्रमा के फरक भयो त ? त्यसैले मदन भण्डारीले गणतन्त्र ल्याएपछि आउने राजनीतिक शुन्यतामा नेताहरूले पु¥याउनु पर्ने विवेकलाई अत्यन्त महत्वका साथ उठाउनु भएको थियो । नेपालमा राजतन्त्र कायम रहँदासम्म मदन भण्डारीका भनाईलाई वादका (बहुदलीय जनवाद) रुपमा पढाइएको थियो जुन स्वभाविक थियो । अहिले राजतन्त्रको अन्त्य भएर देशमा गणतन्त्रको स्थापना भइसकेको अवस्था छ । जनताले मदन भण्डारीद्धारा प्रतिवादन भएको जनताको बहुदलीय जनावादलाई व्यवहारमा उतार्ने ठाउँमा नेताहरुलाई पु¥याएका छन् । राष्ट्रपतिदेखि राज्य सञ्चालनका प्रमुख अङ्गहरूमा नेपाल कम्युनिस्ट पार्टीको बाहुल्यता रहेको छ । त्यसैले अबका दिनमा मदन भण्डारीले यसो भन्नुहुन्थ्यो भन्नु भन्दा पनि उँहाले देखाउनु भएको बाटोलाई व्यवहारिक रुपमा नै यसरी अनुशरण गरेको छौ भनी देखाउने कुराले मात्र उँहाप्रति सच्चा सम्मान गरेको ठहर्ने हुँदा व्यवहारमा उतार्न आवश्यक छ ।

मदन भण्डारी

नेपाली वाम प्रजातान्त्रिक आन्दोलनका विचारक र नेपाली जनताका प्रिय नेता मदन भण्डारीलाई नेपाली जनताले साँच्चै मनमस्तिष्कमा राखेका छन् । मदन भण्डारी र जनताको भावना एक अर्कासँग गाँसिएर रहेका छन् । त्यसैले उहाँलाई जीवन्त राख्ने काम सत्तामा पुगेका नेताले देखाउने व्यवहार तथा अप्नाउने जीवनशैलीले निर्धारण गर्नेछ । गणतन्त्रात्मक संविधान बनेर तिनै चरणको निर्वाचन सम्पन्न भई सुविधाजनक बहुमतका साथ नेकपाले तिनै तहको राज्य सञ्चालन गरेको पनि एक वर्ष पुरा भई सकेको छ । यो एक वर्षमा पार्टीले मदन भण्डारीको भावनालाई कति आत्मसात गर्न सकेको छ त्यसको बस्तुनिष्ठ ढङ्गले समीक्षा हुन आवश्यक छ । स्वयम् मदन भण्डारीकी जीवनसङ्गीनी राष्ट्रपति बन्नु भएको छ, जुन खुशीको कुरा हो । उहाँले गर्ने प्रत्येक कुराले मदन भण्डारीको इतिहासलाई प्रभाव पार्छ । जीवनसङ्गीनी हुनुका नाताले मदन भण्डारी कस्तो हुनुहुन्थ्यो भन्ने उदाहरण बनेर देखाउने पहिलो व्यक्ति उहाँ नै बन्नु पर्छ । मदन भण्डारीले साइकिल चढेको फोटो हिजोअहाज समाजिक सञ्जालमा भाइरल बनेको छ यो उँहाको जीवशैलीको प्रतिक हो । मदन भण्डारीलाई महान नेता बनाउने हो भने सबैले त्यही खालको सोच र शैली अप्नाउन आवश्यक छ । आँखा चम्काउन र हात लम्क्याउन खोज्दा राजतन्त्रको अन्त्य भयो कतै राजतन्त्र फालेर गणतन्त्र ल्याइसकेपछि नेताले विवेक पु¥याउन नसक्दा आउने अप्रिय परिणमतर्फ त देश लम्कींदै छैन ? एक पटक गम्भीर रुपमा मदन भण्डारीको भनाइलाई आजको दिन गम्भीरतापूर्वक सम्झीनु आवश्यक छ । किनकि आज मदन भण्डारीलाई सम्झने इतिहासको अविस्मरणीय दिन हो ।

अन्त्यमा, माक्र्सवादको सिर्जनात्मक प्रयोग र विकास गर्दै जनताको बहुदलीय जनवादका प्रतिपादक तथा नविन विचारक जननेता मदन भण्डारी र उहाँका अत्यन्तै घनिष्ट सहयोद्धा कमरेड जीवराज आश्रितप्रति भावपूर्ण श्रद्धान्जली !

Facebook Comments