परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

झार्लाङ्गे काठमाडौं

फुटानी

काठमाडौं जाउँ कि जस्तो लागेको थियो भिरघरेको कुरा सुनेपछि हसरङ्गै भएँ । पहिला गोविन्द केसी अनशन बसेका बेलाँ पनि काठमाडौं जाउँ जाउँ लागेको थियोे । त्यस बेला जुरेन । अब त केसीजीलाई पनि पछुवाहरूले पत्याउन छाडे जस्तो छ । अनशनको कुरै अाउन छाड्यो । अस्ति मात्र हाम्रो भतिज भिरघरे काठमाडौंमा एक महिना बसेर अायो । भिरघरे भन्दै थ्यो काठमाडौंमा बग्रेल्ती मान्छे र गाडी छन् भनेर । बडेमानका घरमा बस्नेहरू अोल्लो कोठा र पल्लो कोठामै चिनजान हुदैन अरे । भिरघरे पनि शहराँ बस्ने हो उतै काम गर्ने हो भन्दै गाउँ नै नफर्किने जस्तो गरि गाथ्यो । एक महिनामै सिक्टा भ`र अाए छ । भन्दै थ्यो — शहराँ घुम्न निस्को पिसाब फेर्ने ठाम पनि नपाम्ने । रुनु मन लागेर एकान्त खोजेको, हौ काका काहीं खाली ठाउँ भन्ने छैन । कता बसेर रुनु ! अाचाचाचा के भाँडी मान्छे हौ ! म त हे-या हेरै । अनि मान्छे त सलह भन्दा खतर्नाक र`छ नि । सलहले रुख विरुवाको बोक्रा समेत खान्थ्यो मान्छेले त त्यति मात्र होइन जग्गा जमिन, खोला नाला सब खाए छ । “धारा त घरको कोठा कोठामा, पानी चाहिँ मेलम्चीमा” पो भन्छ काठमाडौं बस्नेहरू ।

बिचरा ! भिरघरे ! प्रतिपक्ष काङ्ग्रेस जस्तो भ`र अाई पुगे छ । अावाज चाहिँ ठूलै निकाल्ने जिउ चाहिँ खिइएर सक्की त गए छ । मेलम्चीको पानीले काठमाडौं पोखाल्ने कुरो गर्थ्यो, नेताहरू अाफैं पो पोखालिदै छ अरे । होइन नेताहरूको बुद्धि पनि कस्तो ! बजेट खर्च भएन अरे, प्रार्थमिकताका अाधारमा योजना किटान गरेर पैसो लगानी गरे खर्च भै हाल्छ नि ! कस्तो कुरो नबुझेको ! काठमाडौंमा बस्नेका लागि पहिलो अावश्यक्ता मेलम्ची हो ।

पानी समेत खान नपाएर भिरघरेले जस्तै अरुले पनि काठमाडौंबाट भाग्न नपरोस् । चेतना भया । म त हाकाहाकी भन्छु एक नम्बरमा मेलम्ची, दुई नम्बरमा माथिल्लो तामा कोशी, तीन नम्बरमा गौतम बुद्ध विमानस्थल राख । यो तीनवटा अायोजना सम्पन्न भएपछि द्रुत मार्ग लगायतका अायोजनाहरू क्रमश बनाउदै लाने दृढता व्यक्त गर । रकम विनियोजन पनि सोही अनुरुप गर्न मनासिब हुन्छ । होइन भने “लाजको पसारो, दिउँसै अँध्यारो” हुनेछ ।

भिरघरे त भन्दै थ्यो काठमाडौंका जनता विकास पनि चाहिने काम गर्न पनि नदिने खालको र`छ भनेर । पत्रकारहरू पनि के लेख्छ हँ समाचार ! विकासका, विनाशका, योजनाहरू रोकिनुका कारण, अाइलागेका समस्या, निराकरणका उपाय बारेमा लेख्नु नि ! काँट नगद अाउँछ, कुन ब्यक्तिको चरित्र हत्या गर्दा मालिक र अर्को पक्षलाई फाइदा हुन्छ भनेर पो खोजी हिंडछ अरे ।

हाम्रो गाम घराँ पनि कुरो अाई पुग्छ । रेल ल्याउने विषयमा पनि ठेकेदारले अबरोध गरो अरे । चाइनाले जोड्ने बाटोतिर पनि अम्रिकाले निउ खोजो अरे । बुढी गण्डकीमा विवाद, निर्माणाधीन गौतम बुद्ध विमानस्थलको ठेकेदारले पैसो नपाएपछि काम ठप्प, मेलम्ची खाने पानीको ठेकेदार टाप, हुलाकी मार्गमा “मट्टीपटनी”, भखर बनेको पुल हावाले उडायो । यस्ता समाचार छ्यपछ्याती अाउन थालेका छन् । सरकारले अायोजनाहरूमा देखिएका समस्याहरू पर्गेलेर निपटारा गर्नुपर्छ । सरकारलाई असफल बनाउन केही समूह लागेको होला, सरकारलाई सफल बनाउन पनि धेरै शक्ति जुटेका छन् । काम धमाधम भयो भने विरोधीले केही लछारपाटो लाउँदैन ।

सरकार दुई तीयाईको छ, राष्ट्रिय गौरव र नगौरवका योजनाहरू पनि बनेका छन्, पैसो पनि छ, इञ्जिनिएर र ठेकेदारहरू पनि छन् अब काम चाहिँ केले रोकियो ? रोक्ने, भाँजो हाल्ने, समस्या खडा गर्नेलाई ठोक्दे सरकार म छु । त्यो गुजेश्वरीदेखि उँभो बागमती किनारै किनार जाने बाटो पनि स्थानीयले मुवाबजा नपाएको भनेर पिच गर्न रोक्यो अरे । स्थानीय मुवाबजा माग्ने, सरकार भने पहिला नै दिसकेको भन्ने, अनि कसरी बाटो बन्ने ? यस्तो कुरा सम्झ्यो कि म अाफैं अहिल्यै काठमाडौं हिडौ जस्तो लाग्छ । त्यो उ छ नि काठमाडौंको सडक फराकिलो बनाउदा पनि क्षतिपूर्ति र मुवाबजाको कुरा अाथ्यो । भरे त २०२१ सालमै डाम्नाहर्ले लि सकेको र`छ । अनि हाउ अर्को कुरा छ नि बडो गजबको । यता बाटो फराकिलो बनाउन र पिच गर्न थाल्छ अरे, अनि उता एउटा लठकले सर्वोच्च अदालतमा रिट हालेर रोकी दिन्छ अरे । हौ अनि सर्वोच्च चाहिँ के भा`को ! पैला बुझ्नु अनि निर्णय गर्नु नि ।

भिरघरे त भन्दै थ्यो काठमाडौंका जनता विकास पनि चाहिने काम गर्न पनि नदिने खालको र`छ भनेर । पत्रकारहरू पनि के लेख्छ हँ समाचार ! विकासका, विनाशका, योजनाहरू रोकिनुका कारण, अाइलागेका समस्या, निराकरणका उपाय बारेमा लेख्नु नि ! काँट नगद अाउँछ, कुन ब्यक्तिको चरित्र हत्या गर्दा मालिक र अर्को पक्षलाई फाइदा हुन्छ भनेर पो खोजी हिंडछ अरे । अहिले सरकारले प्रस्तुत गरेको मिडिया काउन्सिल विधेयकका विरुद्ध पत्रकारहरू परक्क बटारिएर अान्दोलन गर्दैछन् रे । मन्त्री, प्रधानमन्त्रीसँग बसेर बात गरेर समस्या समाधान गर्नु नि ! समस्याको समाधान भै हाल्छ । म त हो — राख्ने धन पनि छैन, कुरा लुकाउने मन पनि छैन ।

इच्छालाई होइन अावश्यकतालाई केन्द्रविन्दुमा राखेर काम गर्दा सबैको हाइहाई, होइन भने सबैको दुरिदुवाई । विकासका काम कुनै नरोकियोस् मैले भन्देको छु । अन्यथा राम्रो हुनेछैन ख्याल गर्नहुन झार्लाङ्गे काठमाडौंलाई विनम्र अनुरोध टक्र्याउँदो भयाँ ।

Facebook Comments