परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

देश विकास र परिवर्तनको पथमा समय सान्दर्भिक शिक्षा

शिक्षा वहस

जनतामा गुणस्तरीय शैक्षिक पहुँच हुनु भनेकै देश द्रुततर गतिमा अगाडि बढ्न दह्रो मद्दत पुग्नु हो । विद्यार्थीहरुको शिक्षामा समग्र विकासका लागि योजनाबद्ध शिक्षा प्रणाली, विद्यार्थी, अभिभावक लगायत सम्बन्धित पक्षहरुको तीब्र इच्छाशक्ति, स्थानीय सरकारसङ्गको सहकार्य र शिक्षकहरुको इमान्दारी जरुरी छ । नेपालको संविधान २०७२ को मौलिक हकको धारा ३१ मा प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुनेछ” भनी व्यवस्था गरिएको छ । त्यसको अर्थ विद्यालय तहको गुणस्तरीय तथा समय सान्दर्भिक शिक्षा सरकारको जिम्मेवारी हो भनेर बुझ्नुपर्छ । यसभित्र उपयुक्त विद्यालय तथा विद्यार्थी व्यवस्थापन, योग्य शिक्षकको नियुक्ति, शिक्षक तयारी, प्रेरणा र नियमित अनुगमन समेतको आबश्यकता पर्न जान्छ ।

जसरी  हामीले कमीजमा टाँक लगाउँदा एउटा टाँक गलत ठाउँमा छिर्यो भने अरु टाँक ठीक ठाउँमा मिल्ने कुरो आउँदैनशिक्षा पनि त्यस्तै हो । यसले सही बाटो समात्नै पर्छ । शिक्षाले नै विभिन्न पेशाहरुको बाटो खोल्ने हो । त्यसैले, शिक्षामा गुणस्तर हुनुपर्छ । यसका लागि विद्यालयमा शैक्षिक वातावरण, योग्य शिक्षकको नियुक्ति, पदस्थापन र शिक्षक तयारी आदि कुराको अर्थपूर्ण भूमिका हुन्छ । विद्यालय भनेको शिक्षकले मेहनत गर्ने ठाउँ हो । आफूले पढाउने बिषयबस्तुको उत्तम दख्खल राख्नुका साथसाथै आफ्ना विद्यार्थीहरुलाई हर तरहले सक्षम र सबल बनाउनु नै शिक्षकको पहिलो प्राथमिकतामा  पर्छ । हरेक शिक्षक मेहनती हुनैपर्छ ।

भनिन्छ, शहरमा अबेरसम्म कतै बत्ती बल्यो भने त्यो कुनै शिक्षकको बासस्थान हुनसक्छ । शिक्षकहरुले आराम गर्ने भनेको आफ्नो अध्ययनअनुसन्धान, कक्षा तयारी, विद्यार्थीको कार्य मुल्यांकन लगायतका काम सिद्ध्याएपछि मात्र हो । शिक्षण जस्तो कहिल्यै कतै चुक्नै नमिल्ने पेशा अङ्गालेपछि समाज, अविभावक र विद्यार्थीका सामु हरेक शिक्षकले आफूलाई रोल मोडलको रुपमा देख्नु पर्छ । शिक्षक भएपछि पाइला पाइलामा सचेत रहनु पर्छ ।

हिले हामी एक्काइसौँशताब्दीको पहिलो चौथाईको अन्त्यतिर आइपुग्दा हाम्रा विद्यार्थीहरुलाई आफ्नो क्षमता देखाउन सक्ने शिक्षाको आवश्यकता छ । त्यसका लागि समग्र विद्यालयको भौतिक सुविधा, शैक्षिक सामग्री, शिक्षण विधि, पाठ्यक्रम, पाठ्यपुस्तक, मूल्यांकन लगायतमा परिवर्तनको आवश्यकता हुन्छ ।विद्यार्थीलाई किताब मात्र नपढाएर विज्ञान र प्रविधिसँग पनि जोड्दै वास्तविक जीवनका समस्याहरुसँग जुध्नसक्ने किसिमको सक्षम व्यक्तित्व बनाउन आवश्यक छ ।

अन्य आकर्षणहरू

सरकार ‘थाहा’ चाहियो?

खुशी

सम्झनामा दशैँ 

समसामयिक सेन्’र्यू

अहिले हाम्रो देशको शिक्षा प्रणालीमा समय सान्दर्भिक परिवर्तन हुनुपर्ने सामाजिक बहस छ । समय सान्दर्भिक शिक्षाको बहस गर्दा समाजको आवश्यकता अनुरूपको शैक्षिक प्रणालीलाई बुभ्नुपर्छ । सिद्धान्तमा मात्र आधारित ’बोलीखाने’ शिक्षा व्यवहारिक हुन सक्दैन । देशमा भएका अधिकांस शिक्षालयहरुबाट उत्पादित जनशक्तिमा पेशागत ज्ञान र सीपको अभाव भएकाले नेपालमा शिक्षित बेरोजगारको ठूलो समस्या छ ।  धेरैजसो शिक्षण संस्थाहरू बेरोजगार जनशक्ति उत्पादन गर्ने उद्योगका रूपमा देखिएका छन् भने देशमा युवाहरु आफ्नो शैक्षिक प्रमाणपत्र बोकेर “काम खोज्ने काम” मै ब्यस्त देखिन्छन् । तर उनीहरु आफ्नो गाउँघरमा जस्तो पायो उस्तो काम गर्न तयार देखिँदैनन् ।

जब जब यिनै युवाहरूले आफ्नो गन्तब्य विदेश बनाउँन बाध्य हुन्छन्, उनीहरुले त्यता गएर जे काम पहिले भेट्यो उही काम समातेको देखिन्छ ।विस्तारै आफूले शुरु गरेका नयाँ काममा दख्खल हुँदै जाँदा यी मध्ये धेरै जसो उतै रमाएका पनि छन् । त्यसैले, पहिलो कुरो त हाम्रो मनास्थितीमै परिवर्तन गर्न जरुरी छ । कृषी, पर्यटननिर्माण, सेवा, सम्भार लगायतका “गरिखाने काम” गर्न हामीलाई लाज लाग्नु हुँदैन र यस्तै पेशालाई हामीले शिक्षासंग जोड्न सक्नुपर्छ । आजको चेतनाको युगमा हामीलाई यस्तो जनशक्तिको आवश्यकता छ, जसले कत्तिपनि लाज नमानी सानातिना कामलाई समेत घरैदेखी स–सम्मान स्वीकार्न सकोस् । जसको फलस्वरुप हाम्रा बालबालिकाहरुले खेतबारीमा गर्ने काम होस् अथवा घर मर्मत र भान्छामा गरेको कामदेखि आफूले समाजिक रुपमा देखाएको सहभागिता समेतलाई शिक्षाको रुपमा बुझ्न सकून् ।

परम्परागत रुपमा आफ्नो नाम लेखेर सही गर्न सक्नु समेतलाई शिक्षा भनिन्थ्यो । उन्नाइसौं शताब्दीमा पश्चिमी राष्ट्रहरुमा भएको औद्योगिक क्रान्ती पछि कलकारखानामा काम गर्न चाहिने कौशलले शिक्षाको स्तर मापन गर्दथ्यो । विसौं शताब्दीको अन्त्यतिर आएको प्राविधिक विकासले शिक्षामा कम्प्युटर लगायत डिजिटल कौशलको आवश्यकता ठान्यो । अहिले हामी एक्काइसौँ शताब्दीको पहिलो चौथाईको अन्त्यतिर आइपुग्दा हाम्रा विद्यार्थीहरुलाई आफ्नो क्षमता देखाउन सक्ने शिक्षाको आवश्यकता छ । त्यसका लागि समग्र विद्यालयको भौतिक सुविधा, शैक्षिक सामग्री, शिक्षणविधि, पाठ्यक्रम, पाठ्यपुस्तक, मूल्यांकन लगायतका पक्षहरुमा परिवर्तनको आवश्यकता हुन्छ । विद्यार्थीलाई किताब मात्र नपढाएर विज्ञान र प्रविधिसँग पनि जोड्दै वास्तविक जीवनका समस्याहरुसँग जुध्नसक्ने किसिमको सक्षम व्यक्तित्व बनाउन आवश्यक छ । यसका लागी हाम्रो पाठ्यसामाग्रीमा विषयबस्तु (subject matter) को सटिक ज्ञानको साथसाथै डिजिटल ज्ञानभाषा (language), सञ्जाल (networking), लेखन तथा प्रस्तुती, ब्यापार (marketing), सामूहिक सौदाबाजी (collective bargaining/negotiation) जस्ता संवाद (communication) ज्ञान, ध्यान, उत्प्रेरणा, प्रश्न गर्ने क्षमता, तर्कशक्ति, योजना जस्ता समालोचनात्मक (critical thinking) ज्ञान र नाचगान, कला, सजावट, खेलकूद जस्ता सृजनात्मक (creative) ज्ञानलाई समेट्न सक्नुपर्छ । कानूनी रुपमा पनि हामीलाई स्थानीय सरकार संचालन ऐन, २०७४ (परिच्छेद ३ को११ः ज– आधारभूत र माध्यमिक शिक्षा) ले आ–आफ्नो भूगोल र आवश्यकता अनुरुप पाठ्यक्रम निर्माण गर्ने जिम्मेवारी दिएको छ । यस अवस्थामा शिक्षालाई गुणस्तरीय तथा रोजगरमूलक बनाउन अवको केही समयपछिको बजारको अवस्था समेत आँकलन गरेर सोही अनुसारको पाठ्यक्रम निर्माण गर्न हामीले ढिला गर्नु हुँदैन । यसर्थहाम्रो पाठ्यक्रमले बिद्यालयस्तरदेखि नै स्थानीय रुपमा सान्दर्भिक कृषी, स्वास्थ्य, उद्योग, पर्यटन, निर्माण अथवा अन्य व्यवसायसंग सम्बन्धित ब्यबहारिक पाठ्यसामाग्रीको समायोजन गर्न सक्नुपर्छ जसले  नेपाली समाजको समग्र मौलिक, भौगोलिक, सांस्कृतिक तथा सामाजिक आबश्यक्ताहरुलाई समेत समेट्न सकोस् । जग बलियो भएपछि घर बलियो हुन्छ–हुन्छ ।

Facebook Comments