परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न नर्सको आह्वान

सन्दर्भ अन्तर्राष्ट्रिय नर्सिङ दिवस

काठमाडौं । नेपाल नर्सिङ संघले सप्ताहव्यापी अन्तर्राष्ट्रिय नर्सिङ दिवस भोलि मे १२ तारिखका दिन राष्ट्रिय सभागृहमा वृहद कार्यक्रमको आयोजना गरी समापन गर्ने भएको छ । संघले यो हप्ताभरि विभिन्न कार्यक्रम गरेर अन्तर्राष्ट्रिय नर्सिङ दिवस २०१९ भव्यताका साथ मनाइरहेको छ । अन्तर्राष्ट्रिय नर्सिङ परिषद् (आईसिएन) ले तय गरेको “सर्वव्यापी स्वास्थ्य पहुँचका लागि नर्सको भूमिका” भन्ने मूल नाराका साथ यस वर्ष पनि नर्सिङ दिवस विश्वभरिका नर्सहरुले एकै साथ मनाइरहेका छन् ।

विश्वभरिका नर्सहरुले नर्सिङ पेशाकै जन्मदाता फ्लोरेन्स नाईटिङगल्सको जन्म दिनलाई नर्सिङ दिवसका रुपमा मनाउँदै आएका छन् । नेपाल नर्सिङ संघले वैशाख २३ गतेदेखि २९ गतेसम्मलाई नेपालमा नर्सिङ सप्ताहको रुपमा घोषणा गरी मनाइरहेको कुरा संघकी अध्यक्ष प्रा. तारा पोख्रेलले २०७६ वैशाख २७ गते पत्रकार सम्मेलन गरी जानकारी दिनुभयो । उहाँले नेपालमा नर्सहरु स्वयं पेशागत रुपमा शोषणमा परेका र नर्स–विरामी अनुपातमा व्यापक असन्तुलन भएकाले चाहेर पनि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न नसकेको कुरा स्वीकार गर्नुभयो । उहाँले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न चाहेर पनि असम्भव वन्दै गएको अवस्थाप्रति आम नेपालीहरुसंग माफी समेत माग्नुभयो ।

संघले नर्सिङ दिवस मनाउन वैशाख २३ गते “सर्वव्यापी स्वास्थ्य पहुँचका लागि नर्सको भूमिका” विषायक वक्तृत्वकला प्रतियोगिताको आयोजना ग¥यो जसमा १७ जना नर्सिङ अध्ययन गर्दै गरेका विद्यार्थी र ९ जना नर्सहरु सहभागी भएको कुरा संघकी महासचिव लक्ष्मी केसीले पत्रकारहरुलाई बताउनु भयो । संघकी पूर्व अध्यक्ष तथा नर्सिङ दिवस आयोजक समितिका संयोजक सानु तुलाधरले आ–आफ्ना देशका जनतालाई प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न मार्गनिर्देशन दिने उद्देश्यले हरेक वर्ष अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाउने गरिएको र नेपालमा पनि चारवटा महत्वपूर्ण कार्यक्रमको आयोजना गरी सप्ताहव्यापी रुपमा यो दिवस मनाइरहिएको जानकारी दिनु भयो । यो दिवसका अवसरमा स्वास्थ्य सेवामा आइरहेका नयाँनयाँ आवश्यकता तथा प्रविधिको उपलब्धतालाई कसरी जनस्वास्थ्यको हितमा लगाउने भन्ने कुरामा वहस भएको कुरामा पनि तुलाधरले जोड दिनु भयो । पत्रकार सम्मेलनमा नर्सिङ संघकी पूर्व अध्यक्ष तथा सल्लाकार विश्णु राई, पूर्व अध्यक्ष तथा सल्लाकार विजया केसी, संघकी पूर्व अध्यक्ष तष पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान स्कुल अफ नर्सिङकी डिन प्रा सरला केसीले पनि नर्सिङ दिवसको महत्व र प्रचलनमाथि विचार राख्नु भएको थियो ।

पत्रकार सम्मेलनमा नर्सिङ दिवसको पाँचौ दिन “सर्वव्यापी स्वास्थ्य पहुँचका लागि नर्सको भूमिका” विषयमा डाक्टर, सरकारी प्रतिनिधि, नर्स, स्वास्थ्य उभोक्ता र सञ्चार विज्ञहरु समेतको सहभागितामा गहन छलफल कार्यक्रमको आयोजना गरिएको थियो । यो प्यानल छलफल कार्यक्रममा गैरसरकारी अस्पतालका अध्यक्ष डा भरत कुमार प्रधान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान स्कुल अफ पव्लीक हेल्थका प्रा.डा. शम्भु प्रसाद उपाध्याय, नेपाल सरकार, स्वास्थ्य मन्त्रालयका पूर्व विशषे सचिव (स्वास्थ्य विज्ञ) विजया केसी, स्वास्थ्य मन्त्रालय, अस्पताल नर्सिङ प्रशासक सकुन्तला प्रजापति, स्वास्थ्य उपभोक्ताका तर्फबाट मोहीनी खनाल र सञ्चार क्षेत्रका तर्फबाट पत्रकार रघु मैनाली सहभागी हुनुहुन्थ्यो ।

नर्सिङ दिवसको अन्तिम दिन वैशाख २९ गते आइतवार दिवसको मूल समारोह श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको प्रमुख अतिथ्यमा आयोजना गरी वक्तृत्वकलामा विजयीहरुलाई पुरस्कृत गर्ने, स्वास्थ्य नीति, वुढ्यौती हेरचाह, प्यालेटिभ केयर, सामुदायिक नर्सिङ, किशोरावस्था र प्रजनन हेरचाह आदि विषयमा विज्ञहरुबाट गहन मन्तव्य तथा स्वास्थ्य सेवा सम्वन्धी प्रदर्शनीको आयोजना गरी मनाउने कार्यक्रम रहेको छ ।

नेपाल नर्सिङ संघले यस वर्ष हासिल गरेका महत्वपूर्ण उपलव्धीहरुलाई पनि दिवसका अवसरमा सगर्व स्मरण गरेको छ । जसमा विश्वमा नै नर्सिङ क्षेत्रमा पहिलो पटक विषद् न्यूनीकरणका लागि संयुक्त राष्ट्र संघीय अन्तर्राष्ट्रिय रणनीति (यूएनआइडिआर) ले प्रदान गर्ने जोखिम न्यूनीकरण अवार्ड २०१७ बाट नेपाल नेपाल नर्सिङ संघ सम्मानित भएको छ । संघकै पहलमा स्वास्थ्य मन्त्रालय अन्तरगत नर्सिङ तथा सामाजिक सुरक्षा महाशााको पुनस्र्थापना भएको छ भने स्कुल नर्सको अवधारणा अनुसार स्कुल नर्स कार्यक्रम लागु गराउन पनि संघ सफल भएको छ । यसका साथै चिकित्सा विधेयक एकल पेशालाई मात्र हित हुनेगरी संसदमा प्रस्तुत गरिएकोमा संघको निरन्तरको दवाव पछि स्वास्थ्य क्षेत्रका सबै विधालाई अनुकुल हुने गरी केही परिमार्जन गर्न सफल भएको कुरा पनि पत्रकार सम्मेलन जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Facebook Comments