परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

बालुवाटार, त्रिताल र पत्रकार !

फुटानी

अहिले बालुवाटार जग्गा काण्ड बडो प्रख्यात भएको छ । काठमाडौंका हाम्रा पत्रकारहरू दिल खोलेर बालुवाटारको जग्गालाई कहिले खुम्च्याउने, कहिले दोबार्ने, कहिले पट्याउने, कहिले फैलाउने, कहिले भसाउने, कहिले फसाउने गर्दै हुनुहुन्छ । मलाई त लाग्छ हाम्रो नेपालाँ पत्रकारहरू नभएको भए शारदाप्रसाद त्रितालको संयोजकत्वमा जग्गा छानबिन समिति पनि बन्ने थिएन । म तपाईंलाई साँछी राखेर भन्छु बालुवाटारमा शारदाप्रसादलाई घुसाउनु नै ठूलो गल्ती हो । यो जग्गा किचलो समाप्त भएपछि हाम्रो पत्रकारहर्ले त्यो समिति कसले गठन गरेको र`छ सो समेत पत्ता लगाएरै छोड्छ ।

निकै सूक्ष्म तरिकाले पत्रकार मित्रहरूले खोजी गरे भने शारदाप्रसाद त्रितालसम्म पुग्न पनि सक्छन् । एकजना पत्रकार मित्र भन्दै थिए – हामी एकताल पुगी सकेका छौं । अब दुईताल पुगेपछि त्रितालसम्म कसो नपुगिएला । त्यसपछि सब छरपस्ट पारिन्छ । मैले भने “हरे पत्रकारजी ! त्रिताल भनेको त मान्छेको थर होइन र ?” मेरो कुरा सुनेर पत्रकार झड्याङ झड्किए “पत्रकार भन्दा जान्ने नहुनुहोस्” भन्दै आफ्नो बाटो लागे । त्यसपछि मलाई शंका लाग्यो हाम्रा पत्रकारहरू एकताल छिचोल्दै दुईतालसम्म त पुग्लान तर, त्रितालसम्म पुग्न सक्तैनन् । यिनार्ले केपी ओली र विष्णु पौडेलले बालुवाटारको जग्गा चिलिमच्वाँट पारे भनेर त लेख्लान् त्रिताल समिति गठन, त्यसको उद्देश्य, कार्यक्षेत्र र कसले किन गठन गरेको हो भनेर चाहिँ लेख्ने छैनन् ।

वास्तवमा पत्रकार भनेको पत्रकारै हो। ज्योतिषी भन्दा पनि जान्ने गाँठे पत्रकार त । कहिलेकाहीँ चाहिँ यिनारू पत्रकार पनि झुकिदो र`छ । यो बालुवाटार काण्डमा पनि पत्रकारले खासै पारा ल्याको होइन । जब प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिताल समिति गठन गरेर बालुवाटारको जग्गा खोजी गरे तब पत्रकारले फ्याट थाहा पाए । मैले पनि हाम्रो पत्रकार हर्लाई अलिलि सल्लाह चाँई देको थे । केन जिब्रो चबार बोल्नु ! होइन हाम्रो पत्रकारहारू सल्लाह चाँई मान्छ के ! मैले उनार्लाई “यो जग्गाको छानबिन गर्न प्रधानमन्त्री ओलीले नै समिति गठन गरेको हो भनेर नलेख्नु, ओलीले ब्राह्मलुट गरो, समाप्त पारो, यो जग्गा हिनामिना गर्ने यही ओली सरकार हो भनेर लेख्नु” भनेको थें, पत्रकार केटार्ले अहिलेसम्म त्यही फलो गर्दै छ । भनेको चाँई मान्छ के हाम्रो केटारू ।

ती “त्रिताल” भन्ने मित्रले पनि अरू कुनै थर राखेको भए हुने नि । जस्तै ओली, मैनाली, पौडेल, भट्टराई, अधिकारी अादि इत्यादि । पत्रकारले नबुझ्ने थर पनि राख्नु हुन्छ ? हेर कति दुख पाए पत्रकारले ! एकताल, दुईताल पनि होइन त्रिताल ! अलि अोर एकतालसम्म हुने हो भने हाम्रो पत्रकारले सोधी खोजी गरेर सबै कुरो पत्ता लगाई सक्थे । अब त्रिताल भनेपछि पत्रकारका लागि धेरै टाढा भयो । त्यति टाढा पुगेर सोधिखोजी गरेर, अन्तर्वार्ता लिएर वास्तविकता के हो छर्लङ्ग पार्दा अर्कोतिर भ्वाङ पर्छ हाम्रो पत्रकारले पनि बुझ्याँ छ क्या । मैले पनि एकताल चाई देखेको छु त्यो हो राराताल । अनि अर्को धेरै सुन्नमा अाएको तालको नाम हो फेवाताल । अनि यो त्रिताल चाई कहाँ छ ?

त्रिताल खोजेर पत्ता लगाएर हाम्रो पत्रकारले उसको अन्तर्वार्ता लिन्छ र भको कुरो जसरी नि बाहिर ल्याउँछ, ल्याउँछ । छानबिन गर्दा भेटिएका प्रमाण, सरकारी जग्गा कति, ब्यक्तिको कति, गलत नियतले निर्णय गर्ने कोको, कुन सरकारका पालामा केके भए, बेच्ने कोको, किन्ने कोको हुन, कतिपटक किनबेच भयो ? आदि इत्यादि बाहिर ल्याउन बेर लाउँदैन है । अनि हाउ पत्रकार कान्छा ! बालुवाटारमा आठाना मात्रै जग्गा हो र ! अरु जस्को नाममा, कुनाममा, सुनाममा भए पनि ल्यान बाहिर । ११३ रोपनीमा आठाना त भक्कै पत्ता लाग्यो अरू सबै सरकारकै नाममा छ र ! यदि छैन भने खोज्न केटा हो कसको नाममा छ ? यो प्रधानमन्त्री केपी शर्मा ओलीले बनाको समितिले जति देख्यो त्यति मात्रै पत्रकारले देख्नु र लेख्नु पर्छ भन्ने छ`र !

पत्रकार, बालुवाटार, त्रिताल हुनुपर्नेमा बालुवाटार, त्रिताल अनि निकै पछि पत्रकार भ´र बर्वाद भयो । सरकारले लौ लेख भनेर प्रतिवेदन दिएपछि मात्र लेख्नु पर्छ भन्ने छ`र । चाख्लास् म पत्रकार बनेपछि !

Facebook Comments