परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

संस्कृत भाषाको उपादेयता

श्याम अधिकारी

संस्कृत भाषाको महत्व संस्कृति र भाषाका सन्दर्भमा अधिक हुनु स्वाभाविक हो । त्यस अतिरिक्त प्राग् एतिहासिक कालदेखिको सिन्धुस्तानी आर्यहरुको सभ्यताको अध्ययनका लागि त यो भाषा प्रामाणिक दस्तावेज नै हो । यस दृष्टिले पनि यसको पुरातात्विक महत्व छ । त्यसो त प्राग् एतिहासिक कालमै पाली र प्राकृतजस्ता भाषा लोक भाषाका रुपमा प्रचलित नभएका पनि होइनन् तर परिमार्जित र सांस्कृतिक रुपले शिक्षा र विद्याको क्षेत्रमा आधिकारिक व्याख्या र निर्णय गर्ने अधिकार भएका ब्राम्हणहरुले संस्कृत भाषा नै प्रयोग गर्ने हुनाले तत्कालीन सभ्यता र संस्कृतिको अध्ययनका लागि सम्पूर्ण प्रतिनिधित्व संस्कृत भाषाले गर्दछ । हाम्रो देशमाचाहिँ संस्कृत भाषा जातीय आन्दोलनको विवादको विषय बनेकाले यो राजनीतिक महत्वको विषय पनि बनेकोछ । पहिलेदेखि नै अव्यक्त विद्रोहका रुपमा संस्कृत भाषाप्रति नकारात्मक सोच राख्दै आएका व्यक्तिले माओवादी आन्दोलनका दौरानमा त खुलेर नै संस्कृत भाषाको विरोध गरे र यसलाई नेपालमा घोषित हिन्दू राज्यको वैचारिक आधार स्तम्भ अर्थात् ब्राम्हणवादको सांस्कृतिक आधार भन्दै संस्कृत भाषाको पठन पाठन नै वन्द गराउन हिंसात्मक उपायसमेत अपनाए । यसले गर्दा अहिलेको गणतन्त्रात्मक शासन प्रणालीको मुख्य सम्वाहक रहेको माओवादी आन्दोलन र संस्कृत भाषाप्रेमीहरुबीच केही असमझदारी पनि कायम छदैछन् । यो असमझदारी हटाएर पुरातात्विक र इतिहासको अध्ययनमा संस्कृत भाषाको पठन पाठनलाई प्रोत्साहन गराउनु पनि अहिलेको आवश्यकता हो । सवैभन्दा महत्वको कुरा त केहो भने संस्कृत वाङमय स्वयं नै एक जीवन्त विश्व सम्पदा हो त्यसैले सिन्धुस्तानका आर्यजातिको योभाषा संरक्षण र पठन पाठनकार्यबाट विश्वमा गौरव ने बढ्दछ । हाम्रो इतिहासमा पनि किराँत कालका केही शव्द र सरचना बाहेक अरु सामग्री उपलब्ध हुनसक्ने अवस्था नरहेको र एैतिहासिक अध्ययनका लागि ब्राम्ही लिपि र संस्कृत भाषाका सामग्रीमात्र रहेकाले र प्रचलित धर्म र संस्कृति पनि आर्यप्रभावित नै बढी भएकाले संस्कृत भाषा यस दिशामा अगाडि बढ्न अत्यावश्यक साधन हो ।

नेपालमा नेपाल एकीकरणपछि शासकहरुले खासगरी राणाशासकहरुले जसरी वैदिक बर्णाश्रम धर्म नमान्ने जनजातिहरुलाई बर्णाश्रम धर्मअनुसार जातपातको वर्गीकरण गरे त्यसबाट गुम्सिएको असन्तोष माओवादी आन्दोलनताका विस्फोट नै भयो । यो विस्फोट कुनै भोजभतेर गरेर वाजागाजा र मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम गरेर भएको त थिएन बरु हिंसात्मक भयो । जोरजवर्जस्ती पनि भयो । त्यसले संस्कृत भाषाका सकारात्मक पक्षलाई नोक्सान पनि पु¥यायो । तर संस्कृत भाषाप्रतिको यो विद्रोह नेपालका ऐतिहासिक शासकहरुको गलत र प्रतिगामी नीतिको परिणाम हो भन्ने कुरालाई नयाँ शासनप्रणालीले सर्बसधारणलाई बुझाउन अबेर गर्दा संस्कृत भाषालाई धर्म र अध्यात्म दर्शनको प्रयोजनका लागि मात्र हो भन्ने प्रचारमा लागेका प्रतिगामीतत्वले वैदिक बर्णाश्रम धर्म लाद्ने, वैदिक धर्म र आध्यात्मिक दर्शनलाई सर्बश्रेष्ठ घोषणा गरेर अरुलाई होच्याउने उद्देश्यले संस्कृत भाषाको महत्व उजागर गरिरहेका छन् । संस्कृत भाषाप्रेमीको अगुवाई तिनले गरिरहेका छन् जो संस्कृतलाई केवल धर्म र अध्यात्म दर्शनको आधार र माध्यम ठान्दछन् । उनीहरु क्रियानाशाद्भवेत्चिन्तानाशोस्माद् वासना क्षयः । वासनाप्रक्षयो मोक्षः सा जीवन्मुक्तिरिष्यते भनेर मानिसलाई दक्षप्रजापतिलाईजस्तै मानिसको शरीरमा बोकाको टाउको त्यो पनि उल्टो फर्काएर लगाइदिन चाहन्छन् । अर्थात् पहिले पशुजस्तै रहेको मानिसलाई उसका जुन कृयाकलापले उसलाई मानिस बनायो त्यसलाई पनि नास गरिदिनु रे त्यसो भए पछि चिन्ता पनि नष्ट हुन्छ र सांसारिक मोह पनि नास हुन्छ र त्यस्तो मानिस मोक्ष हुन्छ रे । त्यही नै जीवन मुक्ति हो रे ।

पाणिनीको व्याकरण, पतञ्जलीको आयुर्वेद, कालीदासका साहित्य आदि संस्कृत भाषाका देन हाम्रो युगका लागि पनि गौरवका विषय हुन् । ऋग्वेद स्वयम् अदभूत स्वैर कल्पना र यथार्थ जीवनको चित्रण गरिएको ग्रन्थ हो । यो सव छोडेर संस्कृत भाषालार्इृ केवल कर्मकाण्ड र आध्यात्मिक दाशताको भाषा भनी परिभाषित गर्न खोज्ने पण्डाहरुले राष्ट्रिय वा अन्तर्राष्ट्रिय सम्मेलन जे गरेपनि यसले संस्कृत भाषाकोउपादेता वड्दैन बरु द्वन्द्व झन् बढ्छ ।

अन्य आकर्षणहरू

च्यातिएको रुपियाँ

मिलेन दक्ष सारथी

देउवा दाइसंग अनुनय विनय !

बोलाउँछु फोन गरेर

यसरी पशुत्व अवस्थादेखि निरन्तर क्रियाशील भएर नै अहिलेको बौद्धिक क्षमता प्राप्त गरेको मानव जातिलाई नै निस्कृय वन भनेर आव्हान गर्ने अध्याम उपनिषदलाई मात्र संस्कृतको प्रयोजन ठान्नेहरुले संस्कृत भाषाको जति वकालत गर्छन् यसको विरोध झन् बढ्छ किनभने आजको मानिस प्रगतिको दौडमा छ । अझै प्रगति गर्न चाहन्छ । अझै धेरै कार्य गर्नचाहन्छ । गरेका कार्यको नाशबाट मोक्ष हुन सकिन्छ भन्ने शव्दाडम्बर केवल मानवविरोधी हो । आजको विश्वमा सवैभन्दा बढी हिंसा धर्म र अध्यात्मकै नाममा भैरहेकोछ । जवकि संस्कृतको महत्व त्यतिमात्र होइन र थिएन पनि । द्वन्द्वात्मक भौकिवादी दृष्टिबाट संस्कृत वाङ्मयबारे भन्नुपर्दा यसमा एकातिर अपार विद्वतत्ता पनि छ, तर यसको अर्कोपाटोमा संकीर्ण वर्गीय चिन्तन पनि छ । तत्कालीन समाज व्यवस्थामा भाषा र संस्कृतिमाथिल्लो वर्गको पेवाजस्तै हुन्थ्यो । वर्गीय भए पनि त्यो अद्भूत रुपमा विकसित सभ्यता थियो त्यसैले त्यसको अध्ययन आवश्यक छ । संस्कृत भाषामा शव्द निर्माण गर्ने व्युत्पत्तिका आश्चर्यजनक क्षमता पनि देखिन्छन् ।

गणित र ज्षोतिषका अद्भूत वैज्ञानिक सूत्रहरु छन् । वैज्ञानिक कसीमा संस्कृत भाषा शव्द संग्रहणीय छ । सूक्ष्म चिन्तनका असंख्य परिभाषात्मक शव्दावली पनि छन् यो भाषामा । मानिसले अहिले पनि कल्पना नगरेका अद्भूत अवधारणा पनि छन् । जस्तै कुनै पुरातात्विक अवशेष वा प्रमाण नभेटिए पनि आकाशमाउड्ने पुष्पकनामको विमानको वर्णन संस्कृत साहित्यमा छ । जवकि चेतनाको लागि कुनै भौतिक वस्तुको अस्तित्व हुनुपर्दछ भन्ने वैज्ञानिक सोच पनि छ । अहिलेप्रामाणिक रुपमा भन्नुपर्दा त्यो एक अवधारणा मात्रै हो तर अवधारणा स्वयम् पनि ठूलो वैज्ञानिक चिन्तन हो । यस्ता अनेकौ विशेषता संस्कृत वाङमयमा छन् । पाणिनीको व्याकरण, पतञ्जलीको आयुर्वेद, कालीदासका साहित्य आदि संस्कृत भाषाका देन हाम्रो युगका लागि पनि गौरवका विषय हुन् । ऋग्वेद स्वयम् अदभूत स्वैर कल्पना र यथार्थ जीवनको चित्रण गरिएको ग्रन्थ हो । यो सव छोडेर संस्कृत भाषालार्इृ केवल कर्मकाण्ड र आध्यात्मिक दाशताको भाषा भनी परिभाषित गर्न खोज्ने पण्डाहरुले राष्ट्रिय वा अन्तर्राष्ट्रिय सम्मेलन जे गरेपनि यसले संस्कृत भाषाकोउपादेता वड्दैन बरु द्वन्द्व झन् बढ्छ । संस्कृत भाषाका विरोधी भनौं संस्कृतको अवनतिका कारक संस्कृतका ती ठेकेदारहरु वा पण्डाहरु नै हुन् जसले संस्कृतलाई केवल धर्मको ,केवल दाशतापूर्ण अध्यात्मको अनि,आफुलाई मात्र श्रेष्ठ ठान्ने र अरुलाई होच्याउने अहङ्कारको माध्यम वनाएका छन् ।

Facebook Comments