परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

पदक, विभूषण, सम्मान

/fi6«klt ljBfb]jL e08f/Laf6 cfOtaf/ /fi6«klt ejg lztn lgjf;df cfof]lht sfo{qmddf g]kfn sDo'lgi6 kf6L{sf ;+:yfks dxf;lrj k'iknfn >]i7 -d/0ff]k/fGt_ nfO{ …g]kfn/TgÚ åf/f lje"lift ug'{x'Fb} . t:jL/ M /Tg >]i7, /f;; .

राज्यले संविधान दिवस २०७५ को उपलक्षमा घोषणा गरेको ‘नेपालरत्न’ विभूषणबाट नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठलाई (मरणोपरान्त) विभूषित गरेको छ । राष्ट्रपति भवनमा हिजो वैशाख १ गते आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुष्पलाल श्रेष्ठका सुपुत्र उमेशलाल श्रेष्ठले सो ‘नेपालरत्न’ विभूषण ग्रहण गर्नुभयो ।

त्यस्तै राष्ट्रपतिले सङ्गीतज्ञ अम्बर गुरुङ (मरणोपरान्त) र वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई महाउज्ज्वल राष्ट्रदीप प्रथम श्रेणी मानपदवीद्वारा विभूषित गर्नुभयो । कार्यक्रममा पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई सुप्रसिद्ध प्रबल जनसेवाश्री प्रथम श्रेणी एवं साहित्यकार दिनेशहरि अधिकारी, गायक तथा अभिनेता हरिप्रसाद रिमाल (मरणोपरान्त) र इतिहासकार प्रा. दिनेशराज पन्तलाई सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणी पदकद्वारा विभूषित गरियो ।

राष्ट्रका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याउनु हुने करिव तीन सय जना महानुभावहरुलाई विभिन्न्न विभूषण र मान पदवीबाट सुशोभित गरिएको छ । यसरी सुशोभित हुने पत्रकारहरुमा तीर्थ कोइराला, शम्भु श्रेष्ठ, रघु मैनाली, माघव विद्रोही, गोपाल वुढाथोकी, मिन वज्राचार्य, पुन्य पौडेल, श्रीओम श्रेष्ठ, निर्मला शर्मा, उजीर मगर, अमृता अनमोल, प्रताप विष्ट, गणेश पाण्डे, भगवान भण्डारी, देबेन्द्र चुडाल, गया यादव लगायत हुनुहुन्छ ।

 

 

Facebook Comments