परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

नयाँ वर्षसँगै विद्यार्थी भर्ना अभियान सुरु

भर्ना अभियान २०७६

काठमाडौं । नयाँ वर्ष २०७६ लाग्नासाथै मुलुकमा आजदेखि विद्यार्थी भर्ना अभियान सुरु भएको छ ।

यो अभियान यसै महिनाको १४ गतेसम्म चल्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । भर्ना अभियानले संस्थागत र सामुदायिक दुवैतर्फ करीब १० लाख विद्यार्थी लाभान्वित हुनसक्ने अनुमान मन्त्रालयले गरेको छ ।

‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुर्‍याउँ’ भन्ने नाराका साथ यो साल भर्ना अभियान सुरु गरिएको हो ।

भर्ना अभियानका साथसाथै यसको प्रभावकारितामा समेत जोड दिनुपर्ने यस क्षेत्रका विज्ञहरूको राय छ ।

Facebook Comments