परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

लुक्लामा बिमान दुर्घटना: ३ को मृत्यु, छानबिन समिति गठन

सर्लाहीमा सडक दुर्घटना: चारको मृत्यू, ४० घाइते

काठमाडौं । लुक्ला विमानस्थलमा  हवाईजहाज र  हेलिकोप्टर दुर्घटनाको छानबिन गर्न नेपाल उड्डयन प्राधिकरणले चार सदस्यीय छानबिन समिति गठन गरेको छ । छानबिन समितिमा नेपाल उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक राजेशराज दली संयोजक तोकिनुभएको छ भने नेपाल वायु सेवा निगमका इन्जिनयर राजेश श्रेष्ठ, तारा एयरका क्याप्टेन रबिन्द्र डङ्गोल र पर्यटनमन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने सदस्य हुनुहुन्छ ।

लुक्ला विमानस्थलमा आज बिहान हवाईजहाज र  हेलिकोप्टर ठोक्किँदा तीन जनाको मृत्यु हुनुका साथै  २ जना घाइते भएका थिए । समिट एयरको जहाज उड्ने बेलामा चिप्लिएर पार्किङ गरिराखेको मनाङ एयरको हेलिकोप्टरसँग ठोक्किएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

यसैबीच सर्लाहीमा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु हुनुका साथै ४० जना घाइते भएको खबर छ ।

 

 

 

Facebook Comments