परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

पहिलोपल्ट ब्ल्याकहोलको तस्बिर सार्वजनिक

काठमाडौं । पहिलोपटक ब्ल्याकहोल (कृष्णगर्त) को तस्बिर सार्वजनिक भएको छ । अमेरिकी अन्तरिक्ष संस्था नासाको वेबसाइटका अनुसार, यथार्थमा यो तस्बिर ब्ल्याकहोलकै नभएर त्यस वरिपरिका ताराको उज्यालोका बीचमा रहेको कालो भाग हो ।

अन्तरिक्षको अति धेरै टाढा रहेको द्रब्यसहित अणुसमूहको भार ज्यादै धेरै भएका कारण ब्ल्याकहोललाई प्रकाशका किरण पनि भित्रै थुनिन गई देख्न सकिँदैन । चुनौतीको रूपमा रहँदै आएको यसको तस्बिर लिन विश्वका दुई सय वैज्ञानिकले अमेरिकाको हवाइद्विपदेखि दक्षिणी ध्रुवलगायतमा स्थापना गरिएका आठ वटा ग्राउण्डबेस रेडियो टेलिस्कोप प्रयोग गरेका हुन् ।

तस्बिरः इभेन्ट होराइजन टेलिस्कोप कोलाब्रेसन एटअल

Facebook Comments