परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

मैनाली समाज नेपालको पुरस्कार वितरण तथा सम्मान कार्यक्रम

काठमाडौं । मैनाली समाज नेपालले यसै हप्ता काशी मैनाली शिक्षा पुरस्कार र खिलमिका लक्ष्मी मैनाली पुरस्कार वितरण तथा सम्मान समारोह काठमाडौंमा आयोजना ग¥यो । सो समारोहका प्रमुख अतिथि नेपालका पूर्व राष्ट्रपति डा. रामवरण यादव हुनुहुन्थ्यो ।

मैनाली समाज नेपालले हरेक वर्ष नेपाली मध्येबाट कानुन तथा न्यायको क्षेत्रमा उल्लेखनीय योगदान दिने एक जना व्यक्तित्व तथा सामाजिक, शिक्षा, स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने व्यक्ति वा संस्थालाई पुरस्कृत गर्ने गरेको छ । यस वर्ष कानुन र न्यायको क्षेत्रमा श्री सर्वज्ञरत्न तुलाधर तथा सामाजिक, शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेखनीय कार्य गर्ने लक्ष्मी फाउण्डेशनलाई खिलमिका लक्ष्मी मैनाली पुरस्कारले सम्मान गरिएको छ । सो पुरस्कारको राशी जनही २० हजार रहेको छ । सम्मानित व्यक्तित्वहरुलाई पूर्व राष्ट्रपति डा. रामवरण यादवले पुरस्कार दोसल्ला ओडाएर पुरस्कार प्रदान गर्न भयो ।

यसैगरी मैनाली समाज नेपालले यस वर्ष वरिष्ठ राजनीतिज्ञ, लेखक तथा समाजसेवी राधाकृष्ण मैनाली र मैनाली समाज नेपाल झापा शाखालाई उहाँहरुले नेपाली समाजमा पु¥याएको विशिष्ट योगदानको कदर स्वरुप अभिनन्दन गरेको छ । सोही समारोहमा मैनाली समाजका वरिष्ठ व्यक्तित्व रामजी प्रसाद मैनालीलाई मरणोप्रान्त सम्मान गरिएको छ ।

 

 

मैनाली समाज नेपालले मैनाली परिवारका सदस्यहरुलाई पठनपाठनमा उत्प्रेरित तथा प्रोत्साहन गर्न मैनाली मध्येबाट एसईई परिक्षामा सर्वोत्कृष्ट अङ्क ल्याउने मेधावी छात्र तथा छात्रालाई काशी मैनाली शिक्षा पुरस्कारले सम्मान गरेको छ । यस वर्ष सो पुरस्कार पाउनेहरुमा सुप्रिया मैनाली, प्रेरक मैनाली, सुजाता मैनाली र बिबेक मैनाली छन् ।

पुरस्कार वितरण समारोह पछि मैनाली समाज नेपालको छैटौ राष्ट्रिय परिषद्को भेला पनि सम्पन्न गरिएको थियो ।

मैनाली समाज नेपालको छैटौ राष्ट्रिय परिषद्को भेलाका केही झलकहरु (फोटो किरण देउजा)

Facebook Comments