परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

काङ्ग्रेस समाप्त, नेकपा टुक्राटुक्रा

फुटानी

अाजभोलि धेरैलाई अत्यासलाग्दो चिन्ताले सताईरहेको छ। रातमा निद्रा न दिनमा भोक भएकोछ। म झन् बेजोड तनावमा छु । हाम्रो काङ्ग्रेस नभा बेला नेकपा गुटैगुटमा परिणत भयो अरे । नेकपामा कति गुट छन् र उनार्को भविष्य कस्तो छ भनेर पत्रकारले बाहेक अरू कसैले जान्दैन । उनार्ले भनेसी पत्याउनै पर्छ ।

पत्रकारका मालिकले जे लेख भन्छन् त्यही लेख्दा हुनन स्वामी भक्त पत्रकारले ! कस्ता चोटिला लेख्या हुन ज्योतिषीले जस्तो भविष्यसमेत फटाफट भन्या छन् । अस्ति एउटाले नेपाली काङ्ग्रेस समाप्त भएको घोषणाछापामा ठोकी दियो , हिजो अर्कोले नेकपा समेट्नै नसक्ने गरी टुक्रैटुक्रा भएको बम्ट्यायो ।

विचरा के गरुन पत्रकार पनि ! भनेको समाचार पाउने होइनन् , अनि अाफिसमै बसेर खोजी पत्रकारिता गर्छन् । एउटामा छापिएको अर्कैले लेखेकोन्यूजलाई अप्रेसन गरेर कुरुप बनाउँछन् र बाइलाइन ठोक्छन् । यिनार्को बानी बेहोरा देख्दा त भित्रै मुटु देखि माया पलाएर अाम्छ ।अाज भोलि काठमाडौंमा पत्रकार बिचमै भनाभन हुन थालेकोखबर हामीले पनि सुन्या छौं ।मिडिया हाउसले पत्रकारलाईन्यूनतम पारिश्रमिक दिएको प्रमाण पेस गरेसी मात्र सरकारले प्रेस पास उपलब्ध गराउने ऐन बनाउँदै छरे । पत्रकारका मालिक यसको बिरुद्धमा लाग्नु स्वभाविकै हो । तर, हाम्लाई सुन्नमा अाएको छ कतिपय पत्रकार निचोरिएको कागती जस्तो अनुहार लिएर मालिकको पछि बेतोड दौडिएका छन् रे !

भनौ भने “उकन भन्दो, मकन पेच पार्दो” भन्छन् होला पत्रकारले । त्यसो होइन । तपाईं पत्रकारहरू निश्चिन्त भएर लेख्नु होस् । हामीसँग बग्रेल्ती मुद्दाहरू छन् । काठमाडौंका गल्ली देखि दरबारसम्म, ढोरपाटनको बन्दुक देखि अालाउलीको तरबारसम्म, जे लेख्दा पनि हुने विषयहरू छन् । किन लेख्न नसक्ने अब लेख्न सक्नुपर्छ – पर्सि राजा अाउँदै छन् भनेर । निकपर्सि सैनिक कू हुदै छ भनेर , यो सरकार “फलानाले” ढाल्दै छ भनेर । म पत्रकार भएको भए किटान साथ ठोकेर लेख्ने थिएँ ।के गर्नु “रिस परो मेरो हातमा, भाउजू परिन दाजुको हातमा” भने जस्तो भाको छ ।बिहान उठेर पत्रिका पल्टायो झार्लाङेले झटारो हाने जस्तो अाबा न चाबाको खबर १० रुपैयाँ खर्च भएकोमा रोएर पढ्नुपर्छ । रेडियो सुनो समाचार बाचकलाई कसैले दबोचेर जबरजस्ती नभएको कुरा भट्यनउन लगाए जस्तो लाग्छ । टिभी खोलेर हेर्न थाल्यो वस्त्र विहिन नवतरुणीको काया देखेर तुरुन्तैब्लड प्रेसरको अौषधी सेवन गर्नुपर्छ । अनलाइनले धर्म निभाएकी भन्दा उनारु झन लगौंटी पतन भएको समेत थाहा नपाएर छरपस्ट भएको पाईन्छन् ।

मौसमको करामतले होला अस्ति पत्रकार मित्र पूर्व जाने बाटो सोध्दै थिए। विचरा हिजो पश्चिममा भेटिए । उनैले अाज पूर्वको समाचार वाइ लाइन ठोके छन् । कठै हाम्रो पत्रकारिता !सायद यिनै बेढङ्गे, उत्पट्याङ समाचार पढेर होला मलाई ननिल्नु नअोकल्नुको हात्छिउँ अाउन थालेको छ । मलाई पनि विसंगति , विनाश र बेथिति बिरुद्धका समाचार पढ्न मन लाग्छ । मलाई पनि विकास , सम्वृद्धि र सुशासनका समाचार पढ्न मन लाग्छ । तर, के गर्नु हाम्रो पत्रकारिताको धर्म भित्र यस्ता समाचार पर्दैनन् । हाम्रो धर्म पुस्तकमा काङ्ग्रेस सकिएको , नेकपा टुक्रिएको, ढिस्कानो रन्किएको र फलानो डुग्रिएकोभन्दा अरू न्यूज नबनाउनु भन्ने लेखिएको छ । यसैले गर्दा मलाई तनाव भएको छ भने धेरैलाई अत्यास लागेको छ ।

Facebook Comments