परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

गायक शिशिरको नयाँ ‘शिशिर’

काठमाडौं । नेपाली गीत संगीत क्षेत्रमा लामो समयदेखि सक्रिय सिद्धहस्त गायक शिशिर योगीले अर्को एल्बम बजारमा ल्याएका छन् । यसै हप्ता नेपालका मुर्धन्य व्यक्तित्वहरु सत्यमोहन जोशी, रत्नशंसेर थापा, कालिप्रसाद रिजाल, संतोष शर्माले संयुक्त रुपमा सार्वजनिक गरेका हुन । सार्वजनिक समारोहमा विशिष्टा श्रष्टाहरुको उपस्थितिले एल्बम सार्वजनिक कार्यक्रमको गरीमालाई वेजोड बनाएको थियो ।

गायक योगीको ‘शिशिर’ एल्वमलाई म्युजिक नेपालले प्रकाशनमा ल्याएको हो । पुराना संगीतकारहरूलाई समेटेर तयार पारिएको यो एल्बममा रत्नशम्शेर थापाका ५ वटा गीत समावेश छन् ।

एल्वममा सबैभन्दा धेरै गीत रत्नशम्शेर थापाले लेखेका छन् । सत्यमोहन जोशी, कमलमणि दीक्षित, कालीप्रसाद रिजाल, भीम बिरागका शब्दले ‘शिशिर’ एल्वमलाई अभूतपूर्व बनाएका छन् ।

नेपाली गीतसंगीत क्षेत्रका अजर श्रष्टा स्वर्गीय अम्बर गुरुङ, नोर्वु छिरिंग, राजकुमार श्रेष्ठ, सन्तोष श्रेष्ठको संगीतले एल्बम ओजपूर्ण र श्रवणीय बनाएको छ ।

स्वर सम्राट स्वर्गीय नारायण गोपालले संगीत दिएको तर रेकर्ड हुन नसकेको ऐतिहासिक गीत पनि यो एल्बममा समेटिएको छ । उकृष्ट रचना र सुललित संगीत रहेको ‘शिशिर’लाई अग्रजहरूले प्रशंसा गरेका छन् ।

‘शिशिर’मा नौ वटा गीत छन् । गायक योगीले ती सबैमा स्वर दिएका छन् ।

एउटा युगल गीतमा ज्ञानु राणाको पनि स्वर छ । शव्द र संगीत छनौट गायक योगीको तारिफ योग्य पक्ष रहेको छ ।

एल्बममा गायक योगीले आफैंले तीन वटा गीतमा संगीत भरेका गरेका छन् । शव्द, गायन र संगीतमा विशिष्ट तालमेल छ । संगीत संयोजनमा पनि उत्तिकै मिठास छ । नोर्वु छिरिंग, अमुल कार्की ढलीले एरेञ्जरको भूमिका निभाएका छन ।

एल्बममा समावेश साहित्यकार कमलमणि दिक्षीतको ‘पुतली’ बोलको गीतमा भिडियो पनि बनेको छ । वसन्त ऋतुको मौसममा बसन्तमै रमाउने पुतली गीत भिडियो सहित सार्वजनिक हुनु पनि गज्जवको संयोग हो । विसं २००० सालतिरै रचना गरिएको पुतली कबितालाई गीतमा सुन्दा अर्कै स्वाद पाइन्छ । सरल र सरस यो गीतको भिडियो पनि उत्तिकै रसिक छ ।

निरज र दिवासनाको अभिनय रहेको यो भिडियोमा जीवन शाहीको निर्देशन छ । विकास दाहालको सम्पादन र उत्सब दाहालको छायांकन रहेको छ ।

Facebook Comments