परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

आजबाट एसईई परीक्षा सुरु, अङ्ग्रेजीको प्रश्नपत्रमा त्रुटि

काठमाडौँ। यस वर्षको माध्यमिक शिक्षा (एसईई) को पहिलो दिनको परीक्षा आज सम्पन्न भएको छ ।  बिहान ८ बजेदेखि सुरु भएको यो परीक्षामा आज अङ्ग्रेजी विषयको जाँच लिइएको थियो ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार, परीक्षामा देशभरबाट कुल ४ लाख ७५ हजार ३ परीक्षार्थी परीक्षामा सहभागी भएका छन् । चैत २१ गतेसम्म सञ्चालन हुने यो परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक धारका परीक्षार्थी सहभागी छन् ।

परीक्षार्थीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा रहेका छन् । परीक्षामा सबैभन्दा बढी प्रदेश नं ३ बाट एक लाख ६०२ र सबैभन्दा कम कर्णाली प्रदेशबाट ३५ हजार ६२४ परीक्षार्थी सहभागी भएका छन्। यसैगरी प्रदेश नं १ बाट ८३ हजार ८१८, प्रदेश नं २ बाट ७० हजार ५१८, गण्डकी प्रदेशबाट ४८ हजार ६३, प्रदेश नं ५ बाट ७६ हजार ९८३ र सुदूरपश्चिम प्रदेशबाट ५३ हजार ९७२ परीक्षार्थी सामेल भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

देशभर एक हजार ९६९ परीक्षा केन्द्र निर्धारण गरिएका छन् भने एक हजार ९६९ केन्द्राध्यक्ष, तीन हजार १६७ सहकेन्द्राध्यक्ष र २९ हजार ५३५ सुरक्षाकर्मी परिचालित छन् ।

प्रश्नपत्रमा त्रुटि

यसैबीच आजको अङ्ग्रेजी परीक्षाका प्रश्नपत्रमा त्रुटि भेटिएपछि यस विषयलाई लिएर सामाजिक सञ्जाल र मिडियामा टिप्पणी गरिएका छन् । यसै सन्दर्भमा बीबीसी नेपाली सेवाका प्रमुख जीतेन्द्र राउतले प्रश्नपत्रको तस्बिर राख्दै ट्वीटर स्टाटसमार्फत् सरकारको ध्यानाकर्षण गराए । उनले भने – ‘SEE को अंग्रेजी प्रश्न पत्रमा टन्नै गल्ती पो देख्छु! जाँच दिने भाइबैनीलाई कति अन्योल भयो होला! यस्तो महत्त्वपूर्ण कुरामा किन हेलचेक्र्याईँ? यसै कारणले गर्दा नम्बर कम आउनेहरूमाथि न्याय कसरी होला? सरकार सुनुवाई होस्!’ 

 

 

 

 

 

Facebook Comments