परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

रामेशको ‘बालापन जीवन’ सार्वजनिक

अस्ति शनिवार जन गायक रामेशद्वारा लिखित संस्मरणात्मक कृति “बालापन जीवन” को मण्डला थिएटरमा लोकार्पण भयो । वयोबृद्ध कवि तथा साहित्यकार कृष्णदेव शर्मा, सीमाविद् वुद्धिनारायण श्रेष्ठ, लेखक तथा साहित्यकार हरिमाया भेटवाल, लेखक तथा पत्रकार संगीत श्रोता र पुस्तकका लेखक – नेपाली जनसङ्गीतका शिखर व्यक्तित्व  – रामेशद्वारा पुस्तकको लोकार्पण गरिएको थियो ।

लेखक साहित्यकार राजन मुकारुङ्गद्वारा सञ्चालित उक्त कार्यक्रममा कवि तथा साहित्यकार कृष्णदेव शर्माले जनगायक रामेशको बाल्यकालको सम्झना गर्दै ‘यो पुस्तक बाल्यकालको सम्झना मात्र नभएर त्यस कालखण्डको इतिहास पनि हो, जसभित्र त्यस बखतको समाजको चित्र, राणाहरूको दबदबाको कथा रहेका छन्’ भन्नुभयो ।

यसैगरी सीमाविद् बुद्धिनारायण श्रेष्ठले रामेश आफैंमा इतिहास हुनुका साथै उहाँको बाल्यकालीन संस्मरण अत्यन्तै निष्कपट र सुललित रहेको बताउनुभयो । साहित्यकार हरिमाया भेटवाल र युवा समीक्षक संगीत श्रोताले अहिलेसम्म पढिएका संस्मरणात्मक कृतिहरुमध्ये रामेशको यो कृति सबै पक्ष समेटिएको पूर्ण दस्ताबेज रहेको र रामेशको युवाकालीन संस्मरणात्मक कृति पढ्न आतुर रहेको बताउनुभयो।

पुस्तक फिनिक्स बुक्सले प्रकाशन गरेको हो ।

Facebook Comments