परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

दैनिकी

पुस ३० गते, सोमबार ।

चिकित्सा क्षेत्रको सुधारको माग गर्दै इलाममा अनसन बस्नुभएका डा. गोविन्द केसीको स्वास्थ्य बिग्रिएपछि उहाँलाई अस्पताल भर्ना गरिएको सञ्चार माध्यमहरूले जनाएका छन् ।

चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभामा पुगेको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वाइड बडी खरिद प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको बताउनुभएको सञ्चार माध्यमहरूले जनाएका छन् ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडाको करबाकेलीमा स्थानीयवासीले चन्दा जुटाएर सङ्ग्रहालय निर्माण शुरु गरिएको समाचार पनि गोरखापत्र दैनिकमा नै प्रकाशित छ ।

Facebook Comments