परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

दैनिकी

पुस २८ गते, शनिबार ।

संघीय राजधानीबाट निस्कने अखबारहरूमा विवेकशील साझा पार्टी फुटेको समाचार प्रकाशित छ ।

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको समयमा अधिवेशन हुन नसकेको भन्दै संस्थापन पक्षका सातजनाले राजीनामा दिएको समाचार थाहाखबर अनलाइन समाचार पोर्टलमा प्रकाशित छ ।

प्लटिङ गरेर घरेडी बिक्री गर्न नपाइने गरी जग्गाको कित्ताकाट खुला गरिएको समाचार नेपालखबर अनलाइन समाचार पोर्टलमा प्रकाशित छ ।

दूध उत्पादक किसान समस्यै समस्याले घेरिन पुगेका समाचार कारोबार दैनिकमा प्रकाशित छ ।
नवउदारवादको प्रभावस्वरूप नेपालमा धनी झन धनी गरिब झन गरिब हुँदै गएको समाचार पनि कारोबार दैनिकमा नै प्रकाशित छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मोरङ, महोत्तरी, धनुषा, रौतहट, बारा, पर्सा, चितवन, रूपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, दाङ र कञ्चनपुर गरी १३ वटा जिल्लाका स्थानीय तहलाई भूमिहीनहरूको लगत तयार पार्न निर्देशन दिएको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।

सार्वजनिक पदधारण गरेका व्यक्तिले मासिक आयको निश्चित प्रतिशत रकम आमाबाबुका नाममा प्रत्येक महिना बैङ्क खातामा जम्मा गर्नुपर्ने व्यवस्था थप गर्दै सरकारले ज्येष्ठ नागरिकसम्बन्धी ऐन संशोधनको प्रस्ताव गरिएको समाचार पनि गोरखापत्र दैनिकमा प्रकाशित छ ।

Facebook Comments