परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

दैनिकी

माघ २ गते, बुधबार ।

राजधानीस्थित रानीपोखरीको पुनःनिर्माण कार्य तीन वर्षदेखि अलपत्र बनेको समाचार अनलाइनखबर समाचार पोर्टलमा प्रकाशित छ ।

राजधानीको गोंगबुस्थित पिस ग्लास हाउसमा सिलिण्डर ग्याँस विष्फोटन हुँदा एकजनको मृत्यु भएको समाचार पनि अनलाइनखबर समाचार पोर्टलमा नै प्रकाशित छ ।

सिक्टा सिंचाइ आयोजनामा भ्रष्टाचार गरेको आरोपमा थुनामा रहेका पूर्वमन्त्री विक्रम पाण्डे चार करोड रूपैयाँ धरौटी बुझाएर रिहा हुनुभएको सञ्चार माध्यमहरूले जनाएका छन् ।

एक वर्षको अवधिमा एक अर्ब ६२ करोड अमेरिकी डलर बराबरको वैदेशिक सहायता पाएको समाचार नेपालखबर अनलाइनखबर समाचार पोर्टलमा नै प्रकाशित छ ।

नेप्से सात विन्दुले घटेको समाचार कारोबार दैनिकको अनलाइन संस्करणमा प्रकाशित छ ।

घोडेपानी—घान्द्रुक पदमार्गमा एक वर्षमा ६५ हजार पर्यटक आएको समाचार पनि सोही दैनिकको अनलाइन संस्करणमा प्रकाशित छ ।पश्चिम नवलपरासीको सरावल गाउँपालिकास्थित धनेवा खोलामा निर्माणाधीन पुल ६ वर्ष बित्दा पनि बन्न नसकेको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।

Facebook Comments