परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

दैनिकी

माघ १ गते, मंगलबार ।

आज माघे संक्रान्ति थारु तथा मगर समुदायले भव्यताका विविध कार्यक्रमसहित संक्रान्ति मनाउँदैछन् ।

सुदूरपश्चिम प्रदेशका प्रदेश (प्रमुख गभर्नर) ले मोहनराज मल्लले २८ वर्षअघि नेपाल बैंकबाट लिनुभएको ऋण नतिरेकाले उहाँ बैकको कालो सूचीमा पर्नुभएको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।

नेपाल तरुलमा पनि परनिर्भर बन्दै गएको र भारतको उत्तर प्रदेशबाट एक साताको अवधिमा दुई करोड रूपैयाँको तरुल खरिद गरेको समाचार अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।

सिंहदरबारभित्र अब थोत्रा गाडी राख्न नपाइने भएको समाचार राजधानी दैनिकमा प्रकाशित छ ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गतको कृषि तथा पशु विज्ञान अध्ययन संस्थानको बीएस्सी इन एग्रिकल्चर भर्ना प्रक्रियामा व्यापक अनियमितता भएको समाचार पनि राजधानी दैनिकमा नै प्रकाशित छ ।

पर्यटकीय महत्व बढाउने अभिप्रायले तनहूँको व्यासनगरपालिका—१० दुम्सीचौरमा कृत्रिम ताल निर्माण गर्न लागिएको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।

विभिन्न पाँच देशका लागि सिफारिस गरिएका राजदूत विरुद्ध संसदीय सुनुवाइ समितिमा कुनै उजुरी नपरेको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।

कैलालीको सहजपुरदेखि डोटीको बडीकेदारसम्मको ५० किलोमिटर लामो सडक शिलान्यास भएको ३३ वर्षपछि कालोपत्रे हुन लागेको समाचार पनि गोरखापत्र दैनिकमा नै प्रकाशित छ ।

अफगानिस्तनको उत्तरी प्रान्त बाघलानमा भएको मानवरहित विमान आक्रमणमा तालिबानका प्रमुख कमाण्डरसहित आठजनाको मृत्यु भएको सञ्चार माध्यमहरूले जनाएका छन् ।

Facebook Comments