परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

दैनिकी

पुस २९ गते, आइतबार ।

जग्गाको कित्ताकाट भूमाफियालाई खुला भएको तर सवसाधारणका लागि भने झन कडाइ भएको समाचार अनलाइनखबर समाचार पोर्टलमा प्रकाशित छ ।

सरकारले काठमाडौंको टुकुचा खोलामा अत्याधुनिक ढल प्रशोधन केन्द्र स्थापना गर्ने भएको समाचार पनि अनलाइनखबर समाचार पोर्टलमा नै प्रकाशित छ ।

प्रदेश नं. २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले सचिव विद्यानाथ झालाई कार्यकक्षमै कुट्नुभएको समाचार नेपालखबर समाचार पोर्टलमा प्रकाशित छ ।

पूmल्चोकी वनमा हराइरहेका १२ किशोर र चार किशोरीको प्रहरीले सकुशल उद्दार गरेको समाचार सेतोपाटी समाचारपोर्टलमा प्रकाशित छ ।

बुद्धको तीन थान मूर्तिसहित एकजना राजधानीमा पक्राउ परेको समाचार छ ।

भोजपुरमा रहेको धातु उद्योग कच्चा पदार्थको अभावमा संकटमा परेको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

नवलपरासीको अरुणखोला, दमार हुँदै पूर्वी पाल्पाको मिल्याल जोड्ने सडक ट्रयाक ६० वर्षमा खुलेको समाचार पनि कारोबार दैनिकमा नै प्रकाशित छ ।

ललितपुरको बालकुमारीस्थित क्याथफोर्ड इन्टरनेसनल कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टको परिसरमा प्रविधिसम्बन्धी दुई दिवसीय मेला ‘क्याथफेष्ट २०१९’ आजदेखि शुरु समाचार छ ।

चीनको एक कोइलाखानीमा पुस २८ गते भएको दुर्घटनामा ज्यान गुमाउनेको संख्या २१ जना पुगेको सञ्चार माध्यमहरूले जनाएका छन् ।

Facebook Comments