परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

दैनिकी

पुस २४ गते, मंगलबार ।

प्रतिनिधिसभामा सांसदहरू मेलाम्ची खानेपानी आयोजनाको काम अवरुद्ध गर्ने ठेकेदारहरूमाथि कारबाही हुनुपर्ने माग गरेको समाचार अनलाइनखबर समाचार पोर्टलमा प्रकाशित छ ।

राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी सरकारी आश्वासन समितिले संविधान र कानुनसँग बाझिने गरी निर्देशिका जारी नगर्न सूचना प्रविधि तथा सञ्चार मन्त्रालयलाई निर्देशन दिएको समाचार नेपालखबर अनलाइनसमाचार पोर्टलमा प्रकाशित छ ।

डा गोविन्द केसीसँगको सहमतिविपरीत चिकित्सा शिक्षा ऐन पारित गर्ने तयारी भइरहेको समाचार सेतोपाटी अनलाइन समाचार पोर्टलमा प्रकाशित छ ।

नेपालका छवटा विमान स्थलबाट रातको समयमा पनि उडान भइरहेको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।
राष्ट्रपतिका लागि ५० करोडभन्दा बढी रकम खर्चेर ल्याइएको हेलिकप्टर डेढ महिनादेखि एयरपोर्टमा रोकिएको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

सेयरको मूल्यमा सामान्य गिरावट आएको समाचार पनि कारोबार दैनिकमा नै प्रकाशित छ ।

Facebook Comments