परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

दैनिकी – पुस १९

पुस १९ गते, विहीबार ।

नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले  सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपक जोशीको पेसी खोस्नुभएको समाचार नागरिक दैनिकमा प्रकाशित छ ।

सरकारको कठोर नीतिका कारण लगानीमैत्री वातावरण नबनेको र निजी क्षेत्र सशंकित भएको समाचार नागरिक दैनिकमा नै प्रकाशित छ ।

नुवाकोटको त्रिशुली जलविद्युत केन्द्रमा पुस १८ गते बेलुका आगलागी हुँदा विद्युत उत्पादन बन्द भएको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।

कृषि क्षेत्रमा घरघरेडी बनाउन नपाइनेबारे विधेयक तयार भइरहेको समाचार गोरखापत्र दैनिकमा नै प्रकाशित छ ।
हुम्लामा व्यापक हिमपात भएको सञ्चार माध्यमहरूले जनाएका छन् ।

आन्तरिक सुरक्षा विधेयकलाई लिएर संघ र प्रदेशबीच विवाद बढेको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।
नेपाली कामदार जापान पठाउनेबारे आधिकारिक धारण बनाउन आधिकारिक धारणा बनाउन जापानले नेपाल सरकारलाई आग्रह गरेको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीको भ्रष्टाचारसम्बन्धी मुद्दाको पेसी ४४ पटक सरेको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

काठमाडौंको सडकमा भिख माग्न प्रतिबन्ध लगाइएको समाचार पनि नयाँ पत्रिका दैनिकमा नै प्रकाशित छ ।

Facebook Comments