परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

दैनिकी

पुस १८ गते, बुधबार ।

सार्वजनिक लेखा समितिले वाइड बढी प्रकरणमा बहालवाला तथा पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीहरूलाई कारबाहीको सिफारिस गरेको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलको दबाबमा झण्डै पाँच सय कलेजलाई सम्बन्धन दिइएको समाचार नागरिक दैनिकमा प्रकाशित छ ।

नेपालमा भ्रमण संस्कृति बढेको समाचार अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ । नेपालीले घुमेरै ३५ अर्ब खर्च गरेको समाचार गरेको समाचारमा जनाइएको छ । नस ऐन संशोधनविरुद्ध निजी क्षेत्र उभिएको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

निर्माणाधीन ठूला परियोजनाले आवश्यकताअनुसार दक्ष कामदार राख्ने अवसर नपाएपछि परियोजनाका कामकाज प्रभावित भएको समाचार पनि कारोबार दैनिकमा नै प्रकाशित छ ।

संसदबाट कर्मचारी समायोजन विधेयक पारित भएको सञ्चार माध्यमहरूले जनाएका छन् ।

Facebook Comments