परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

दैनिकी

पुस १७ गते, मंगलबार ।

संसदीय उपसमितिले वाइड बडी खरिद प्रकरणमा लगभग चार अर्ब हिनामिना भएको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।

निर्माण व्यवसायीलाई दिन बाँकी रहेको रकम चाँडै भुक्तानी गरिने जानकारी अर्थमन्त्री डा. युवराज खतिवडाले दिनुभएको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

कर्णाली प्रदेशका उद्योग पर्यटन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले पर्यटन क्षेत्रलाई ४६ प्रतिशत विनियोजन गरिएको बताउनुभएको समाचार कारोबार दैनिकमा नै प्रकाशित छ ।

संसदीय सुनुवाइ समितिले नाम सिफारिस गरेसँगै चोलेन्द्र शमसेर जबरा प्रधानन्यायाधीश बन्ने बाटो खुलेको समाचार अनलाइनखबर समाचार पोर्टलमा प्रकाशित छ ।

नारायणगढ बुटवल सडकखण्ड विस्तार कार्य माघदेखि नै शुरु भएको खबर पनि अनलाइनखबर समाचार पोर्टलमा नै प्रकाशित छ ।

नेपालमा सञ्चालित ३१ भन्सारमध्ये सातवटा भन्सारबाट निर्यात शून्य भएको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रवासी नेपाली मञ्च अमेरिकाको सहयोगमा सर्लाहीका दलित बस्तीमा न्यायो कपडा वितरण गरिएको समाचार थाहाखबर समाचार पोर्टलमा नै प्रकाशित छ ।

भारतीय चर्चित अभिनेता कादर खानको क्यानडास्थित एक अस्पतालमा निधन भएको सञ्चार माध्यमहरूले जनाएका छन् ।

Facebook Comments