परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

दैनिकी

पुस १५ गते, आइतबार ।

आज देशभरका गुरुङ तथा दुरा समुदायले ल्होसार पर्व मनाएका छन् ।

धितोपत्र बजारमा सेयरको भाउ दोहोरो अङ्कले घटेको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

बाँकेमा निर्माणाधीन हुलाकी सडकको मुआब्जाका सम्बन्धमा वर्षौदेखिको विवाद समाधान भएको समाचार कारोबार दैनिकमा नै प्रकाशित छ ।

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा प्राकृतिक कारणबाट २१ वटा गैंडा मरेको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।

नागढुङ्गा सुरुङमार्ग निर्माणका लागि चीन र जापानका छवटा कम्पनी इच्छुक रहेका समाचार नेपालखबर समाचार पोर्टलमा प्रकाशित छ ।

प्रदेश नं. १ को नाम र राजधानी घोषणा अन्तिम चरणमा पुगेको समाचार थाहाखबर अनलाइनमा प्रकाशित छ ।

बंगलादेशमा आइतबार सम्पन्न आमनिर्वाचनमा १२ जनाको मृत्यु भएको सञ्चार माध्यमहरूले जनाएका छन् ।

Facebook Comments