परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

दैनिकी

पुस १६ गते, सोमबार ।

काठमाडौंको तापक्रम शून्यमा झरेको समाचार अनलाइनखबर समाचार पोर्टलमा प्रकाशित छ । आज बिहानैको तापक्रम ०.५ मा मापन गरिएको र चिसो अझ बढ्नसक्ने समाचारमा जनाइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थनसँग सम्बन्धित चेक बाउन्स प्रकरणमा २०६९÷०७० यता जिम्मेवारी सम्हालेका छजना महाप्रबन्धलाई बयानका लागि बोलाएको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

गण्डकी प्रदेश सरकारले चालू आर्थिक वर्षमा सबै सातैवटा प्रदेशसँग हवाइ सम्पर्क बढाउने योजना अघि सारेसँगै हिमालपारिको जिल्लामा रहेको हुम्डे विमानस्थल सञ्चालन आउने भएको समाचार पनि कारोबार दैनिकमा नै प्रकाशित छ ।

चिसो बढ्दै गएपछि सप्तरीको शम्भुनाथ नगरपालिका २, ३ र ५ का हरवा चरवा परिवारका गर्भवती, सुत्केरी र बालबालिकालाई न्यायो कपडा वितरण गरिएको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ । द फ्रिडम फण्डको सहयोगमा श्री पुर्जापुर सामुदायिक विकास केन्द्रले न्यायो कपडा वितरण गरेको समाचारमा जनाइएको छ ।

तनहूँको व्यासनगरपालिका–१ गल्वुबेंसी निवासी यशोधा भट्ट क्षेत्रीले आमा समूहको भवन निर्माणका लागि २५ पर्ने प्रदान गर्नुभएको समाचार पनि गोरखापत्र दैनिकमा नै प्रकाशित छ ।

बंगालदेशको प्रधानमन्त्री पदमा शेख हसिना वाजिद तेस्रो कार्यकालका निर्वाचित हुनुभएको सञ्चार माध्यमहरूले जनाएका छन् ।

Facebook Comments