परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

दैनिकी

पुस १२ गते, विहीबार ।

२०४६ सालको राजनीतिक परिवर्तनपछिका सबै मन्त्री र हाकिमको सम्पत्ति छानबिन गर्न कमल थापा नेतृत्वको राप्रपाले सरकार समक्ष माग राखेको समाचार अनलाइनखबर समाचार पोर्टलमा प्रकाशित छ ।

२०७२ सालको भूकम्पबाट ध्वस्त भएको धराहराको पुनर्निर्माणको शिलान्यास आज हुने सञ्चार माध्यमहरूले जनाएका छन् ।

जनसांस्कृतिक महासंघलगायत सात संगठनले नेपाल प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरूको नियुक्तिप्रति असहमति जनाएको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।

भारतबाट आयातित ४४ हजार किलो चिनी चार महिनादेखि नेपालगञ्ज भन्सारमा थन्किएको समाचार पनि गोरखापत्र दैनिकमा नै प्रकाशित छ ।

चालू आर्थिक वर्षमा धानको उत्पादन ८.८९ प्रतिशतले वृद्धि भाई ५६ लाख १० हजार टन धान फलेको समाचार कारोबार दैनिकमा नै प्रकाशित छ ।

सरकारले नेपाल प्रहरीमा तीन हजारभन्दा दरबन्दी थपेको समाचार पनि कारोबार दैनिकमा नै प्रकाशित छ ।

नेपाल दूरसञ्चार प्राधिकारणका अध्यक्ष दिगम्बर झाले पदबाट राजीनामा दिनुभएको सञ्चार माध्यमहरूले जनाएका छन् ।

Facebook Comments